२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
साहित्य
सम्झना ः कर्णाली बचाउन ‘रक्तिम यात्रा’ को
नारायण शर्मा
संसारकै सबैभन्दा सस्तो, सुलभ, सुन्दर र स्वदेशी लगानीमै निर्माण गर्न सकिने बहुआयामिक माथिल्लो कर्णाली परियोजना जब सत्तासिनहरूले भारतीय कम्पनी जिएमआरको हातमा सुम्पिने निर्णय गरे, त्यो बेलादेखि नै मनमा एक प्रकारको आक्रोशको ज्वाला दन्दी रहेको थियो । देशकै समृद्धिको ढोका खोल्ने क्षमताको माथिल्लो कर्णाली परियोजना बचाउनका लागि त्यस क्षेत्रका जनताले चलाई रहेको देशभक्तिपूर्ण आन्दोलनलाई नजिकबाट नियाल्न मन निकै आतुर थियो । माथिल्लो कर्णालीलाई बचाउन सङ्घर्षको मैदानमा कुदी रहेका त्यस क्षेत्रका स्वाभिमानी देशभक्त नेपालीहरूको समिपमा पुगेर ऐक्यबद्धता जाहेर गर्ने समयको व्यग्र प्रतिक्षा मनले गरी रहेको थियो । आखिर मनले खोजी रहेको त्यो परिस्थिति जुटाई दियो– कर्णाली बचाउने आन्दोलनको नेतृत्व गरी रहेको माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान केन्द्रीय समितिलेरु। जनगायक जीवन शर्मा, चर्चित हास्य व्यङ्ग्यकार मनोज गजुरेल र रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय टोलीका साथमा बाँके, सुर्खेत र दैलेखमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि रक्तिम यात्रामा सहभागी हुने अवसर मिल्यो– २०७३ चैत्र ११देखि २१ गतेसम्मरु। रक्तिम यात्राको त्यो अवधिमा मिठा, रमाइला र केही नौला अनुभूतिहरू समेत सङ्लिएका छन् । प्रस्तुत संस्मरणमा मानसपटलमा सङ्लिएका तिनै अनुभूतिहरूलाई समेट्ने जमर्को गरिएको छ ।
उद्देश्यमूलक कुनै पनि यात्राहरू त्यति सहज हुने गर्दैनन् । त्यसमा पनि सीमित साधन र श्रोतका सहारामा जन सांस्कृतिक कर्मीहरूले सञ्चालन गर्ने अभियानहरू त अनेकौँ कठिनाइका पहाडहरू छिचोल्दै अघि बढ्नु पर्ने हुन्छ भन्ने तथ्यसँग हामी धेरै पहिल्यैदेखि नै परिचित थियौँ । माथिल्लो कर्णाली बचाउनका लागि त्यही क्षेत्रमा सांस्कृतिक अभियान अघि बढाउँदा आई लाग्ने समस्याहरूसँग जुध्न हामी मानसिक रूपमा पहिल्यै तयार थियौँ । कर्णाली बचाउन सुरु गरिएको हाम्रो त्यो सांस्कृतिक यात्रामा कठिन मोडहरू नआएका होइनन्, तर हामीले ती कठिनाइहरूलाई सजिलै पार गर्‍यौँ । ज्वारभाटाहरूसँग जुध्ने साहस बोकेर हिडेकाहरूलाई भुमरीसँग पौठेजोरी खेल्नु ठुलो कुरा थिएनरु। जुन उद्देश्यका लागि अभियानको यो कार्यक्रम तय गरिएको थियो, त्यो महान् थियो । त्यो उद्देश्यमा सफल हुन कठिनाइहरूको सामना त हामीले गर्नैै पर्ने थियो र हामीले गर्‍र्यौँ पनि
मौरीसँग लुकामारी गर्दै रिहर्सल
अभियानमा प्रस्तुत गर्ने कार्यक्रममा लागि तयारी गर्न रक्तिम केन्द्रीय टोलीका कलाकार साथीहरू चैत्र २ गतेदेखि नै बाँकेको खजुरामा जुट्न थाल्नु भएको थियो । चैत्रको महिना प्रचण्ड गर्मी सुरु भई सकेको थियो । स्थानीय साथीहरूले रिहर्सलका लागि खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखाना हलमा व्यवस्था मिलाउनु भएको रहेछ । छापाखानाका निम्ति निर्माण गरिएका उक्त हल सुुरुदेखि नै प्रयोगविहीन अवस्थामा रहेछ । लत्ता–कपडा र भाडाकुडा जुटाएर साथीहरूले खाने, बस्ने सबै व्यवस्था त्यही मिलाउनु भएको थियो । म हाँकमा आफ्नै काममा व्यस्त थिएँ । चैत्र ५ गते रिहर्सल स्थलबाट भाइ सुमन रोकाको फोन आयो– “दाइ यहाँ त बर्बाद छ, यो त पुरै बनमौरीको घर रहेछ । जताततै बनमौरीका पोका छन् । अहिलेसम्म पाँच÷छ जनालाई टोकी सक्यो । कसरी बस्ने हो र यस्तोमा पनि ? यो ठाउँ सार्न भन्नु पर्‍यो दाइ ।” मैले आयोजक साथीहरूसँग फोनमै सल्लाह त गरेँ, तर तत्काल अर्को ठाउँको व्यवस्था मिलाउन सम्भव भएन । चैत्र ११ मा मात्र म खजुराको उक्त रिहर्सल स्थानमा पुगेँरु। पुग्दा देखिन्थ्यो– एकान्तमा रहेको उक्त छापाखाना भवनमा पाँच वटा त बनमौरीका गोला रहेछन् । ट्वाइलेट, बाथरुम सबै प्रयोगहीन अवस्थाका, शौचका लागि खुल्ला आकाशमुनि अरहर बारीतिर दगुर्नु पर्नेरु। त्यो छापाखानाको जग्गा भने धेरै नै रहेछ । खुल्ला, शान्त ठाउँ भएकै कारणले साथीहरूले त्यो स्थान छनौट गर्नु भएको रहेछ । मौरीको टोकाइबाट दुई जना साथीहरूलाई त अस्पताल भर्ना गर्नु पर्ने अवस्था आएछ । तर पनि कलकार साथीहरूले हिम्मत हारेनन्रु। मौरी आक्रमणबाट जोगिदै १५ चैत्रसम्म त्यही स्थानमा डेरा जमाई रहेँ । नजिस्क्याउनेर नचलाउने गरेपछि मौरीले पनि टोक्न छोड्यो ।
रक्तिम सल्लाहकार मित्र मान बहादुर भण्डारी र राजमोकी केन्द्रीय सदस्य मोमिना खातुनको घर त्यही खजुरामा पर्दथ्यो । उहाँहरूले नै रिहर्सलमा जुटेका कलाकारहरूको रेखदेख गरी रहनु भएको थियो । मोमिनाजीका श्रीमान, जो आफै स्वयं बिरामी हुनु हुन्थ्यो र पनि प्रत्येक दिन रिहर्सल स्थलमा पुगेर कलाकारहरूलाई परेका दुःखबारे चासो व्यक्त गर्नु हुन्थ्यो । वास्तवमा उहाँहरूबाट प्राप्त आत्मीय मायाले नै कलाकारहरूले आफ्ना सबै दुःख–कष्टहरू बिर्सन पुगेका थिएरु। तुल्सी आचार्य, कृष्णराज पाण्डे, गौरीलाल कार्की, टङ्क आचार्य, गुणनिधि आचार्य, जगदीश ढकाल, शरद लामिछाने लगायतका राजमो बाँकेका नेताहरू पटक पटक रिहर्सल स्थलमा पुग्ने र पुग्न नसकेको अवस्थामा पनि फोन गरेर त्यहाँका समस्याका बारेमा जानकारी लिने गर्नु हुन्थ्यो । रिहर्सलको अवधिमा त्यहाँ बसुञ्जेल उहाँहरूले हामीलाई कुनै चिजको कमी हुन दिनु भएन ।पछि त हामीले पनि बुझ्यौँ, त्यो खुल्ला र शान्त ठाउँ रिहर्सलका अति नै उपयुक्त थियो । त्यस्तो ठाउँ अन्त भेट्न मुश्किल थियो ।
रङ्गीलाल र नन्काईसँगको भेट
रङ्गीलाल धोवी र नन्काई धोवी, जसकी माइली छोरी हेम कुमारीलाई दुई वर्ष अगाडि दाइजो नल्याएको निहुँमा ज्युँदै जलाइएको थियोरु। अत्यन्त निम्न आर्थिक अवस्थाका उनीहरूले न्यायका निम्ति गरेको सङ्घर्षको कथा साच्चै हृदय विदारक थियो । दुई वर्ष अगाडि नेपाली छापाहरूमा निकै छाएको थियो, बाँकेमा दाइजो नल्याएको निहुँमा हेम कुमारी धोवीलाई ज्युँदै जलाइएको उक्त घटनारु। चैत्र ११ गते रिहर्सल स्थल बाँके खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानाको भवनमा पुग्दा खाना बनाउन खटिई रहेका एक दम्पत्तिलाई देखेपछि मैले उनीहरूका बारेमा जिज्ञासा राखेँ । मित्र मान बहादुर भण्डारीले चिनाई दिनु भयो– “यी तिनै आमाबाबु हुन्, जसकी माइली छोरी हेम कुमारी धोवीलाई दुई वर्ष अगाडि भनेजति दाइजो नदिइएको निहुँमा ज्युँदै जलाइएको थियो र उनको मृत्यु भएको थियोरु।” उहाँको कुरा सुनेपछि मन एकछिन भावविभोर भयो । उहाँहरूको नजिक पुगेर कुरा गर्न मन लाग्योरु। कुरा गर्दै जाँदा थाहा लाग्यो– उनीहरू त राष्ट्रिय जनमोर्चाका पुराना र पाका कार्यकर्ता पनि रहेछन्रु। पार्टीले आयोजना गर्ने हरेक आन्दोलन, शिविर र अभियानहरूमा उनीहरू प्रायः नछुट्दा रहेछन् । पार्टी र क्रान्तिप्रतिको रङ्गीलालको त्यो अटल विश्वास साँच्चै नै सलामयोग्य थियोरु। गरिबी र अभावलाई झेल्दै अघि बढी रहेको उनको जीवन कथा साँच्चै नै कारुणिक खालको थियो । तर उनी कुनै पनि बेला निराश देखिन्थेनन् । निकै जोशिला जोशिला मात्र होइनन्, रङ्गीलाल मान्छे रङ्गिलो पनि हुनु हुँदो रहेछ । उहाँहरूसँगको त्यहाँ मेरो बसाइँ पाँच दिनको मात्र भयो– १६ चैत्रसम्म । यो पाँच दिनको अवधिमा उहाँसँग यति घुलमिल भइएछ कि हाँसोठट्टा र मजाक पनि प्रशस्तै गरियो । उहाँहरूसँग केही तस्बिर पनि खिचायौँ हामीले । फोटा खिच्न भनेपछि रङ्गीलाल तुरुन्त तयार भई हाल्नेरु। निकै जोशिला, फुर्तिला, रङ्गिला थिए, रङ्गीलाल ।
सफल तीन कार्यक्रम
“रक्तिम विविध सांस्कृतिक कार्यक्रम” नाम दिइएको कार्यक्रम हामीले २०७३ चैत्र १६ गते बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको प्राङ्गणमा, १७ चैत्रमा घण्टाघर पार्क सुर्खेतमा र १९ गते टुडिखेल मैदान दैलेखमा प्रस्तुत गर्‍यौँ । तीन वटै स्थानका कार्यक्रमहरू सफल रहे । जीवन शर्मा, मनोज गजुरेल र रक्तिमको केन्द्रीय टोली सबैका प्रस्तुतिहरू सशक्त रहे । जीवन शर्माले प्रायः सबै ठाउँमा “सिमली छाया”, “फोकल्यान्डको टापुबाट”, “मधेशी–पहाडी”, “तलमा पर्‍यो” र “म डुल्डै हिँड्दा तराईका फाँटमा” बोलका गीतहरू प्रस्तुत गर्नु भयो । जनगायक जीवन शर्मा स्वयंले रक्तिमका ती कालजयी गीतहरू मञ्चबाट प्रस्तुत गर्दा प्रत्येक स्थानका दर्शकहरू मन्त्रमुग्ध भएको देखिन्थ्यो । प्रशिद्ध हास्य व्यङ्ग्यकार मनोज गजुरेलका प्रस्तुतिलाई प्रायः ठाउँहरूमा हामीले विशेष प्रस्तुतिका रूपमा कार्यक्रमको अन्तमा राखेका थियौँ । तत्कालीन राजनैतिक विषयवस्तुमाथि गजुरियल विश्लेषण गर्दै मनोज गजुरेलले प्रस्तुत गर्ने व्यङ्ग्य निकै रोचक र घोचक हुन्थ्यो । उहाँको प्रस्तुतिबाट दर्शकले पेट मिची मिची हास्ने मात्र होइन, राजनैतिक ज्ञान समेत हासिल गर्न पाउँथे । प्रमुख राजनैतिक दलका शीर्ष नेतादेखि भारतीय प्रधानमन्त्री मोदीसम्मको क्यारिकेचर गर्दै गजुरेलले कसिलो व्यङ्ग्य प्रहार गर्नु हुन्थ्यो । हसाउनका लागि हसाउने होइन, हाँसोका साथमा शिक्षाप्रद सन्देश र जनचेतनाको बिजारोपण गर्ने उहाँको शैली साँच्चै नै प्रशंसनीय र अनुकरणीय थियो । व्यङ्ग्य कस्न कसैलाई छोड्नु हुन्नथ्यो उहाँलेरु। मनोज गजुरेल मञ्चमा पुगेपछि दर्शकहरूबाट तालीको वर्षा हुन थाल्थ्यो । कलाकार गजुरेलले प्रत्येक स्थानमा प्रस्तुति दिदा देशको राष्ट्रिय स्वाधीनता, नदीनाला र प्राकृतिक श्रोत–साधनहरूको रक्षा गर्न जनता स्वयं अघि बढ्नु पर्नेमा जोड दिनु हुन्थ्योरु। एउटा व्यावसायिक कलाकार देशको स्वाधीनता, सार्वभौमिकता र अखण्डताप्रति यति सचेत र चिन्तित मैले अरू कोही देखेको थिइनँ ।
कार्यक्रममा रक्तिमको केन्द्रीय टोलीले तयार पारेको “कर्णालीको आवाज” नामक नाटक, “सिमानाको पीडा” नामक मिनी अपेरा, राष्ट्रियताको रक्षा गर्न आह्वान गरिएका जोशिला नृत्यहरू प्रस्तुत गरिएको थियो । सुरुको दिन नाटक त्यति प्रभावकारी भएन। रक्तिमका महासचिव नारायण योगीद्वारा लेखिएको यो नाटक हामीले अत्यन्त छोटो समयमा तयार पार्ने कोशिस गरेका थियौँ । यो नाटक हाम्रो अभियानको उद्देश्यसँग प्रत्यक्ष रूपमा जोडिएको थियो । यसमा माथिल्लो कर्णाली जोगाउन त्यस क्षेत्रका स्वाभिमानी, देशभक्त नेपालीहरूले चलाएको आन्दोलनको गौरव गाथा समेटिएको थियो । सीमित साधन, श्रोत र अनुभवका बाबजुद पनि हामीले यसलाई प्रदर्शनमा लगेका थियौँ । सुरुको दिन नाटक कार्यक्रमको अन्तमा राखिएको थियो, मनोजजीको प्रस्तुतिभन्दा पनिपछि । कार्यक्रम ३ः३० बाट सुरु गरिएको थियो । मनोजजीको प्रस्तुति सक्दा ६ः३० भई सकेको थियो । त्यसपछि मात्र नाटक सुरु गरियो । झमक्क साँझ पर्दै थियो, दर्शकहरू क्रमशः बाहिरिदै गए । तर पनि हामीले नाटक रोकेनौँ । प्राक्टिस पनि हुन्छ भनेर दर्शकहरूको वास्ता नगरी हामीले नाटकलाई जारी राख्यौँ । नाटक सक्दा अगाडि दर्शकहरू पनि सकिएका थिए । यो प्राक्टिसलेपछि सुर्खेत र दैलेखमा निकै राम्रो गर्‍यो । सुर्खेत र दैलेखमा नाटक तुलनात्मक रूपमा धेरै राम्रो भएको प्रतिक्रिया पाइयो ।
कार्यक्रममा रक्तिमकी वरिष्ठ गायिका निलिमा पुनले “आएन परदेशी” बोलको गीत प्रस्तुत भयो । केन्द्रीय सदस्य लक्ष्मी रिजालले “यो देशलाई माया गर्ने जमात” बोलको गीत र अर्का केन्द्रीय सदस्य समिर विकले “आकासैमा बादलु छैन” बोलको गीत प्रस्तुत गर्नु हुन्थ्यो । निलिमा पुन, लक्ष्मी रिजाल, सुमन रोका र समिर विकले सामूहिक रूपमा चिनियाँ साहित्यकार लुसुनको कविताबाट बनाइएको गीत “यो संसारमा जन्मिएर मैले” बोलको गीत, प्रस्तुत गर्नु भएको थियो । कोहलपुरमा प्रचण्ड गर्मीका बीचमा हामीले कार्यक्रम प्रस्तुत गरेका थियौँ । आयोजक साथीहरू र कार्यक्रम हेरेका दर्शकहरूले त सबै ठाउँमा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिनु भएको थियो । कार्यक्रममा मेरो मुख्य जिम्मेवारी उद्घोषणको थियो । मैले आफ्नो भूमिकालाई सकभर सन्तुलित प्रकारले अघि बढाउने प्रयत्न गरेँरु। त्यस बाहेक नाटक “कर्णालीको आवाज” मा मैले भारतीय शासक वर्गको प्रतिनिधि पात्र (मोदी) को भूमिका निभाएँ । कार्यक्रम प्रस्तुत गर्ने रक्तिमको केन्द्रीय टोलीमा जीवन शाही, मान बहादुर भण्डारी, निलिमा पुन, लक्ष्मी रिजाल, सुमन रोका, समिर विक, सतिष कुँवर, उषा तरामू, वन्दना राना, जनक श्रीस, भूवन बस्याल, प्रेम चौधरी र पवित्रा बडू रहनु भएको थियोरु। रक्तिमकी केन्द्रीय सदस्य खिमा पुन, इजरायल नेपाली एकता समाजकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ र दक्षिण कोरिया नेपाली एकता समाजका अध्यक्ष विदुर शर्मा पनि अभियान टोलीमा हामीसँगै हुनु हुन्थ्यो । कल्पनाजीले नाटकमा जिएमआरको एजेन्टको भूमिकामा अभिनय समेत गर्नु भएको थियो । सबै कलाकारहरूले आ–आफ्नो भूमिकाप्रति न्याय गरेका थिए । हरेक स्थानका कार्यक्रमहरूमा रक्तिमको केन्द्रीय टोलीद्वारा प्रस्तुत मिनी अपेरा “सिमानाको पीडा”लाई दर्शकहरूले विशेष रूपमा मन पराएको देखिन्थ्यो । त्यसमा कलाकार साथीहरूले भारतीय सुरक्षा बलद्वारा सिमानाका नेपालीहरूमाथि गरेको ज्यादतीलाई मर्मस्पर्शी तरिकाले प्रस्तुत गरेका थिए । यसरी बाँके, सुर्खेत र दैलेखमा प्रस्तुत तीन वटै कार्यक्रमहरू भव्य रूपमा सफल भएका थिए ।
मनोज गजुरेलसँगको रमाइलो यात्रा
चर्चित हास्य व्यङ्ग्यकार मनोज गजुरेल मञ्चमा मात्र होइन, बाहिर पनि उस्तै हसिलो, जोशिलो र मिजासिलो व्यक्ति हुनु हुँदो रहेछरु। चिनजान त मेरो पुरानै थियो, तर पाँच÷छ दिनसम्म निरन्तर उहाँसँगै यात्रारत रहने अवसर यस अघि मलाई जुटेको थिएन । व्यावसायिक कलकारहरू प्रायः आफूलाई महान् ठानेर सामान्य कलाकारहरूसँग नबोल्ने, घुलमिल नहुने खालका हुन्छन् भन्ने सुनिएको थियोरु। तर मनोजजीसँग त्यस्तो प्रवृत्तिको सानो अंश पनि देखिएन । टोलीसँगै यात्रारत रहँदा अनेकौँ किस्सा र व्यङ्ग्यहरू सुनाउँदै साथीहरूलाई हसाई रहनु हुन्थ्यो । सबैसँग चाडै घुलमिल हुन सक्ने रत्तिभर पनि आडम्बरपन नभएको निकै मिजासिलो स्वभावको । राजनैतिक रूपमा पनि उत्तिकै सचेत । उहाँसँग यात्रारत रहँदा सबै कलाकार साथीहरूको मुहार हसिलो हुन्थ्यो । जीवन दाइसँगको उहाँको अत्यन्त घनिष्ट सम्बन्ध । बेला बेलामा मजाक गर्दै उहाँले भन्नु हुन्थ्यो– “जबसम्म जीवन साथमा छ, तबसम्म मृत्युले छुन सक्दैन ।” उहाँसँगको यात्रा अनुभवले हामीलाई पनि सिकायो– “जबसम्म मनोज गजुरेल साथमा छ, तबसम्म टेन्सन र निराशाले छुन सक्दैन ।” मान्छेलाई निराश हुने र टेन्सनमा बस्ने त उहाँले फुर्सद नै नदिने । उहाँ साथमा हुँदा सबै कलाकार साथीहरू प्रफुल्ल । कार्यक्रमको अलवा सुर्खेतको बुलबुले ताल र काक्रेविहार, दैलेखको पञ्चदेवल उहाँसँगै घुम्ने अवसर पनि मिल्योरु। त्यो बेला हासीमजाक मात्र होइन, देशको राजनीतिबारे पनि गम्भीर कुराहरू भए हाम्राबीचमा ।
१९ चैत्रको बिहान जीवन दाइ र मनोजजीका साथमा मर्निङ वाक गर्दै हामी दैलेखको पञ्चदेवल घुम्न जादै थियौँरु। त्यहाँ पानीको अति दुःखरु। बाटोमा साना बच्चाहरू कुवाभित्र पसेर पानी निकाल्दै थिएरु। त्यो देखेपछि मनोजजीले भन्नु भयो– “ऊ हेर्नु त जीवन दाइ, बच्चाहरूले वाइफाई खोजेका ।” अघिल्लो दिन समाचार आएको थियो– माओवादी–केन्द्रले गाउँ गाउँमा निःशुल्क वाइफाई पुर्‍याउने । उहाँको व्यङ्ग्य शायद त्यतैतिर लक्षित थियो ।पछि दैलेखको कार्यक्रममा मञ्चबाटै उहाँले भन्नु भयो पनि– “दैलेखको गाउँमा वाइफाई होइन, पहिला पानी पुर्‍याऊ । जसले पानी ल्याई दिन्छ, तपाईहरूले पनि उसैलाई भोट दिनु होला ।” आफूलाई बोलाएर लैजाने आयोजकहरूका कमजोरीहरूमाथि पनि उहाँले व्यङ्ग्य गर्न छुटाउनु हुन्नथ्यो । हिड्दा डुल्डा बाटाघाटामा देखेका विषयवस्तुहरूलाई टिपेर उहाँले व्यङ्ग्यको विषय बनाई हाल्नु हुन्थ्यो । बाटामा हिड्दा जुनसुकै अनचिनारु मान्छेसँग पनि त्यतैको शैलीमा बोलेर साइनो जोडी हाल्नेरु। यात्रारत रहदा र उहाँसँगै बस्दाका प्रत्येक पलहरू अविश्मरणीय खालका थिएरु। मैतिर इङ्गित गर्दै कविता भनेको त्यो दृष्य, काक्रेविहार घुम्न जाँदा झम्के झोलाको घोडा चढेर बसेका ससुरा–ज्वाइँलाई बिल्याउँदाको त्यो दृष्य, कमरेड शब्दको बहुअर्थ बुझाउँदै कम्युनिस्ट आन्दोलनभित्रैका विकृतिहरू औल्याउँदै गरेको दृष्य, कर्णाली बचाउने रक्तिम यात्राका क्रममा उहाँसँग बितेका ती प्रत्येक क्षणहरू अहिले पनि यो मानसपटलमा घुमी रहेका छन् ।
माथिल्लो कर्णालीको यथार्थता
यात्राको क्रममा माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, केन्द्रीय समितिका अध्यक्ष भरत बहादुर शाही हामीसँगै रहनु भएको थियो । उहाँको अभिभावकीय नेतृत्वले हाम्रो यात्रालाई एकदमै सहज बनाएको थियो । अध्यक्ष शाहीको समिपमा रहँदा हामीले माथिल्लो कर्णाली परियोजनाको यथार्थताबारे तथ्यमूलक धेरै जानकारी लिने अवसर पायौँ । माथिल्लो कर्णाली वास्तवमा अपार क्षमताको खानी रहेछ । त्यहाँको प्राकृतिक बनोट नै यस्तो कि स्वदेशी लगानीमै सस्तो, सुलभ र बहुआयामिक खालको जलासययुक्त ४,१८० मेगावाटको जलविद्युत परियोजना निर्माण गर्न सजिलै सकिने रहेछ । त्यसरी स्वदेशी लगानीमा परियोजना सञ्चालन गर्ने हो भने त्यसबाट त्यस क्षेत्रको मात्र होइन, समग्र देशकै समृद्धिको ढोका खुल्न सक्दो रहेछ । तर विडम्बना, यति महत्वपूर्ण परियोजना सरकारले कौडीको भाउमा भारतीय कम्पनी जिएमआरको हातमा सुम्पिएको छ । जिएमआर आफैमा एक बदनाम कम्पनी, त्यो परियोजना सम्पन्न गर्नेभन्दा पनि कर्णाली नदीलाई आफ्नो मुट्ठीमा पारी रहने मनसायका साथ अघि बढी रहेको छ । यही तथ्यलाई बुझेरै त्यस क्षेत्रका स्वाभिमानी देशभक्त नेपालीहरूले भारतीय कम्पनी जिएमआरको हातबाट माथिल्लो कर्णालीलाई छिनेर स्वदेशी लगानीमै ४,१८० मेगावाट क्षमताको जलबिद्युत परियोजना सञ्चालन गर्न लामो समयदेखि आन्दोलन चलाई रहेका रहेछन्रु। दैलेख पुगेपछि माथिल्लो कर्णालीको त्यो यथार्थतालाई हामीले झनै नजिकबाट बुझ्न पायौँ । भरत शाहीजी लगायत माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अन्य साथीहरूसँगको बसाइँबाट हामीले धेरै कुरा बुझ्ने अवसर पायौँ । बुझेका तिनै कुराहरू हामीले आफ्नो सांस्कृतिक कार्यक्रम मार्फत् अरू जनतालाई बुझाउने कोशिस गर्‍यौँ । जनगायक जीवन शर्मा र चर्चित हास्य व्यङ्ग्यकार मनोज गजुरेलका साथमा रक्तिमको केन्द्रीय टोलीले प्रस्तुत गरेको त्यो “रक्तिम विविध सांस्कृतिक कार्यक्रम” मार्फत् अपार क्षमताको खानी त्यो माथिल्लो कर्णालीको यथार्थता त्यहाँका जनता समक्ष राख्यौँ । माथिल्लो कर्णाली बचाउनका लागि सङ्घर्ष अगाडि बढाई रहेका स्वाभिमानी देशभक्तहरूलाई अभिनन्दन गर्दै उनीहरूलाई हौसला र उर्जा थप्ने प्रयास गर्‍यौँ । बाँके, सुर्खेत र दैलेख पुगेर माथिल्लो कर्णाली बचाउन आह्वान गर्दै आफ्ना सांस्कृतिक प्रस्तुतिहरू राखेपछि त्यसबाट त्यहाँका स्वाभिमानी देशभक्त नेपालीहरूलाई थप बल र हौसला मिलेको अनुभूति हामीले गरेका छौँरु। हामीलाई विश्वास छ– देशको समृद्धिको ढोका खोल्ने माथिल्लो कर्णालीलाई जोगाउन देशभक्त नेपालीहरू अन्ततः सफल हुनेछन् । विस्तारवादको एजेन्ट कम्पनी जिएमआर र विदेशी ‘प्रभु’ सामु लम्पसार पर्ने देशको सरकार अन्ततः स्वाभिमानी देशभक्तहरूको त्यो आन्दोलन सामु झुक्न बाध्य हुनेछन् । अन्ततः जीत जनताको हुने छरु। आन्दोलनलाई त्यो उचाइमा पुर्‍याउने क्षमता त्यस क्षेत्रका स्वाभिमानी देशभक्तहरूमा निहित रहेको हामीले अभियानको क्रममा अनुभूत गरेका छौँ । समग्रमा हाम्रो अभियान सफल रहेको हामीले महशुस गरेका छौ ।
अझ परियोजना स्थलमै पुगेर निरीक्षण र अवलोकन गर्ने चाहना थियो । भरतजी स्वयंले त्यो प्रस्ताव पनि गर्नु भएको थियो । तर हाम्रै समय अभावका कारण हाम्रो त्यो चाहना पुरा हुन सकेन । पत्रिकातिरको कामले गर्दा म रक्तिम केन्द्रको बैठकमा समेत पुरा बस्न सकिनँ । रक्तिम केन्द्रका साथीहरू सुर्खेत वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बैठक बस्नु भयो । म मनोजजीका साथमा नेपालगञ्जतर्फ झरेँ । साँझसम्मको समय कोहलपुरस्थित अनन्य मित्र पर्शुराम लामिछाने र शरद लामिछानेजीको घरमा उहाँहरूसँगै रमाइला कुरा गर्दै बिताइयोरु। माथिल्लो कर्णाली बचाउन सुरु गरिएको त्यो रक्तिम यात्राका स्मरणीय पलहरूलाई मानसपटलमा सजाउँदै आखिर २० चैत्रको राती म कोहलपुरबाट काठमाडौँतर्फ फर्किएँ ।
अभियान सकिएको पनि आज महिनादिनभन्दा बढी भई सकेको छ । परियोजना स्थल र प्रभावित प्रत्येक क्षेत्रमा पुग्ने गरी एउटा छुट्टै सांस्कृतिक जागरण अभियान चलाउन सके त्यो अझ झनै राम्रो हुने थियो । खुल्ला सांस्कृतिक कार्यक्रम या सडक सांस्कृतिक कार्यक्रम चलाउँदा राम्रो हुने सुझाव भरत शाहीजी लगायत माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका साथीहरूलाई प्रत्यक्ष रूपमा मैले दिएको पनि छु । हेरौँ, उहाँहरूले त्यस्तो कार्यक्रम बनाउनु भयो भने परियोजना स्थल र प्रभावित क्षेत्रहरूमा पुगेर त्यहाँका जनतासँग प्रत्यक्ष रूपमा भलाकुसारी गर्ने मेरो मनको धोको पनि पुरा हुन्थ्यो कि ? 
२०७४ वैशाख २४ काठमाडौँ )

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal