२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
जातिवादी अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध अमेरिकी राजदूत
अपत्य शर्मा
अमेरिकी श्रमजीवी जनता जहिले पनि अमेरिकी साम्राज्यवादीका हस्तक्षेप, आक्रमण र नरसंहारका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । अमेरिकी जनता विश्व शान्ति चाहन्छन् । अमेरिकी जनताका छोराहरूलाई मुट्ठीभर खर्बपतिका आर्थिक र राजनैतिक स्वार्थसिद्ध गर्न दिनहुँ मारिने, अपाङ्ग गराउने पक्षमा छैनन् । शान्तिका विरुद्धको विश्वव्यापी सङ्घर्ष शिथिल देखिएको छ । नेपालमा नै पनि अमेरिकी हस्तक्षेपका विरुद्ध केही दशक पहिलेको जस्तो साम्राज्यवाद विरोधी भावना कमजोर बन्दै गएको प्रष्ट छ । यसरी साम्राज्यवादी भारतीय विस्तारवादी विरोधी जनभावना कमजोर हुनुका पछाडि नेपालका वामशक्तिको सैद्धान्तिक विचलन आउनुमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादी साम्राज्यवादीका एनजिओ र आइएनजिओको हात रहेको छ । दुश्मन शक्तिको कठपुतली बनेकाले दिन–प्रतिदिन नैतिक साहस नै गुमाउँदै छन् । एनजिओ, आइएनजिओ तथा अमेरिकी साम्राज्यवादको विरोध गर्नेहरू त हाँसोका पात्र बन्दैछन् । विश्वव्यापी रूपमा साम्राज्यवादी तथा विस्तारवादीका गैर सरकारी संस्थाहरूको प्रभुत्व बढ्दो छ । वर्तमान रिपब्लिकन राष्ट्रपति चुनिनुभन्दा पहिले नै उनका फट्याइँ, धुत्र्याइँ, जातिवादी रङ्गभेद, लिङ्गभेदका बारेमा अमेरिकी सञ्चार माध्यममा ठुलो परिमाणमा टीका–टिप्पणीहरू प्रशस्तै आएता पनि ट्रम्प नै राष्ट्रपति चुनिएपछि पनि अमेरिकी जनताले ट्रम्पलाई आफ्नो राष्ट्रपति नै नमान्ने उद्घोष गरेर अमेरिकाका अधिकांश सहरहरूमा व्यापक विरोध प्रदर्शनहरू गरिए । अमेरिकी राष्ट्रपति ट्रम्पका बहुलट्ठीपूर्ण निर्णय र अभिव्यक्त विचारहरूका विरुद्ध विभिन्न मुलुकहरूमा काम गरी सकेका र गर्दै रहेका अमेरिकी राजदूतहरूले ट्रम्पको नीतिको बचावट गर्न उनीहरूको पँुजीवादी नैतिक मूल्य–मान्यता विपरीत भएकाले विरोधस्वरूप राजनीतिमा दिने क्रम बढ्दो छ । 
अमेरिकी राजदूतहरू ट्रम्पको विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताबाटपछि हट्नाले युरोपेली युनियनका सदस्य राष्ट्रहरूले एक स्वरले आलोचना गरेका छन् भने अमेरिकामै पनि ट्रम्पको जलवायुसम्बन्धी नीतिको व्यापक विरोध अमेरिकी जनताले पनि गर्दैछन् । अहिले अमेरिकाका प्रमुख महत्वपूर्ण कूटनैतिक क्ष्ँेत्रमा काम गरेर लामो समय बिताएका सम्मानित अनुभवी राजदूतहरूले शान्त विद्रोहको रूपमा ट्रम्पसँगको सम्बन्ध विच्छेद गरेका छन् । जुनको ६ तारिखमा बेइजिङको सार्जडेआफ्यार रहेका अमेरिकी राजदूत डाभिड एच. रान्कले राजीनामा दिए । राजीनामा दिँदा आफ्ना स्टाफहरूलाई के बताए भने ट्रम्पको प्रशासनको पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाटपछि हट्ने निर्णयको समर्थन गर्न सक्दैनन् । त्यस्तै, एक दिन पहिले बेलायतका लागि अमेरिकी कायम मुकायम राजदूत लिबिस ए. लुकेन्सले ट्विटरद्वारा लन्डनका मेयर सार्दिक खानलाई त्यहाँ भएको घातक आतङ्कवादी आक्रमणका सम्बन्धमा मेयरले गरेको सुरक्षा व्यवस्थाका समर्थन गरे । यस विषयलाई लिएर राष्ट्रपति ट्रम्पसँग विवादै चल्यो । ट्रम्पले एफबिआईका निर्देशक जेम्स बी. कोमीलाई पदबाट निकालेपछि कजारमा अमेरिकी राजदूत डाना सेल स्मिथले विरोधी प्रतिक्रिया ब्रिटरद्वारा व्यक्त गरेका थिए । अमेरिकी विदेश विभागका कर्मचारीहरूले सात वटा प्रमुख मुस्लिम राष्ट्रहरूलाई भिसामा अस्थायी प्रतिबन्ध लगाएपछि करिब १००० ले त्यसको विरोध गरेर प्रतिक्रिया दिएका थिए, जसको परिणाम अमेरिकी विदेश विभागमा उल्लेख्य रूपमा कर्मचारीहरूको कमी भएको थियो । यो अमेरिकी विदेश मन्त्रालयको कूटनीतिक क्ष्ँेत्र र ह्वाइट हाउसका बीचको गम्भीर नमूना हो । यो अमेरिकी विदेश मन्त्रालयका प्रमुख कूटनीतिज्ञहरू दशकौँ विदेश विभागमा काम गरेर राजदूत स्तरमा सेवा गर्दै थिए । यस विषयका सम्बन्धमा जर्ज डब्लु. बुसको विदेश मन्त्रालयका राजनैतिक मामलाहरूमा काम गरी सकेका उच्च पदाधिकारी आर. निकोलस बन्र्सले यस घटनालाई असाधारण र अस्वाभाविक भने । 
एच. रान्कको राजीनामाले अमेरिकाको विदेश मन्त्रालयमा ठुलो हलचल ल्यायो । किनभने रान्कले २७ वर्षसम्म विदेश मन्त्रालयमा काम गरी सकेका र राम्रोसँग मान्डारिन भाषा बोल्न सक्थे भने टाइवान, ग्रीक र मौरिटियसमा पनि काम गरी सकेका थिए । हालैका वर्षहरूमा अफगानिस्तानमा अफगान डेस्क डाइरेक्टर भएर वासिङटनमा काम गरेका र काबुलमा राजनैतिक काउन्सलर पनि भएका थिए । अफगानिस्तान र पाकिस्तानमा पूर्व विशेष प्रतिनिधि भएका डानियल एफ. फिल्डम्यानले रान्क एक जना अत्यन्त आदरणीय व्यक्त भन्दै एक जना विदेश सेवाका अधिकारीसँग लामो समय काम गर्दा पनि उनको राजनीतिक हो भन्ने थाहा नपाएको बताउँछन् । 
कुनै पनि मुलुकमा राजदूत भएर जाने व्यक्तिले आफ्नो सरकारकातर्फबाट त्यस मुलुकमा हुने दुर्घटना वा आतङ्कवादी हमलाबाट हुने दुःखद परिस्थितिप्रति समवेदना सहानुभूति प्रकट गर्नु कर्तव्य हुन्छ । त्यही कर्तव्य पालन गर्ने क्रममा कार्यकारी राजदूत बनेर लन्डनमा बसेका ५३ वर्षीय मिस्टर लुकेनले नियमित रूपले दिने समवेदना दिएपछि विशेष चर्चाको विषय बन्यो । लुकेनले लण्डनका मेयरलाई आपतकालीन सेवाहरूमा लन्डनका अधिकारीहरूले दिएको राम्रो असाधारण सेवा र कानुनको परिपालन भएकोमा प्रशंसा गरेर समवेदना दिए, जब कि राष्ट्रपति ट्रम्पले ट्विटरमा के पोस्ट गरे भने लन्डनमा “करिब ७ जना मारिए भने ४८ जना घाइते हुँदा लन्डनका मेयरले डराएर तर्सिनु पर्ने कुनै कारण छैन” भनेर लन्डनका मेयर खानलाई पोस्ट गर्नाले गलत सन्देश गएको बताइन्छ । 
लुकेनले हिलारी क्लिन्टन अमेरिकाले विदेश मन्त्री हुँदा सञ्चारको राम्रँे प्रबन्ध मिलाएका थिए, जसले गर्दा क्लिन्टनलाई निजी क्ष्ँेत्रका इमेल पाउन र पठाउन सजिलो भएको थियो । लुकेनसलाई बाराक ओबामाले सेनेगल र गिनी विसाओका राजदूतमा सिफारिस गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई चुनिएका तानाशाह राजा÷महाराजा पनि भन्ने गरिन्छ । उनका बारेमा थुप्रै टीका–टिप्पणीहरू पूर्व एफबिआई निर्देशक जेम्स कोभीलाई पदबाट हटाइएपछि मात्र नभएर पपिहले पनि कैयौँ अन्तर्राष्ट्रिय मामिलामा गलत निर्णय गरेर अमेरिकी विदेश नीतिमा गम्भीर असर पारेको बताइन्छ । हालै ट्रम्पले सउदी अरबको समर्थन गरेपछि सउदी अरेबिया, द युनाटेड अरब इमिरेट, इजिप्ट र बहराइनले इस्लामिस्ट उग्रवादी समूहलाई समर्थन गरेको हुनाले दोहासँगको सम्बन्ध विच्छेद गरेका छन् । यसरी कतारलाई इरानको आड लिन बाध्य पारेको छ भने इरानले पनि कतारलाई सबै किसिमको सहायता र समर्थन गर्ने जनाएको छ । 
अमेरिकी सञ्चार माध्यममा बहुचर्चित विषय एफबिआईका पूर्व निर्देशक जेम्स कोमीले आफ्नो बयानमा राष्ट्रपति ट्रम्पको र उनका बीचमा भएको विवादबारे खुलस्त प्रकाश पारेका छन् । कोमीको भनाइमा रूससँग अमेरिकी राष्ट्रपतिको सम्बन्धमा गरिने अनुसन्धानको कारणले गर्दा उनलाई पदबाट हटाएको बताएका छन् । कोमीले यो तथ्य सिनेट इन्टिलिजेन्स कमिटीमा यस्तो बयान दिएका हुन् । कोमीले ट्रम्पलाई फटाहा भन्दै ट्रम्पले कोमीलाई र एफबिआईलाई बदनाम गरेको अभियोग पनि लगाए । कोमी ट्रम्पको अनुरोध सुनेर जिल्ल परे किन भने एफबिआईले माइकेल फिल्नका बारेमा अनुसन्धान नगरोस् । फिल्नलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिन दबाब दियो । जब उनले रूससँगको सम्बन्धबारे झुट बोले । २०१६ को चुनावमा ट्रम्पलाई जिताउन रूसले महत्वपूर्ण प्रविधि गोप्य सहायता गरेकोबारे अनुसन्धान नगर्न दबाब ट्रम्पले दिएको र त्यसको पालना गर्नु एफबिआईको नीति नभएको बताइन्छ । एफबिआईको आधारभूत सिद्धान्त अमेरिकी प्रजातन्त्रको रक्षा गर्नु कानुनी अधिकार बताइन्छ ।
उपर्युक्त विवरणले के प्रष्ट हुन्छ भने पँुजीवादी प्रजातन्त्र भनेको खोक्रो आडम्बरी सर्वहारा वर्गको क्रुरतम रूपले शोषण गर्ने र पँुजीवादी यन्त्र मानव बनाउने व्यवस्था हो । अमेरिकी साम्राज्यवादीले विश्व प्रभुत्व कायम गर्ने महाशक्ति बनी रहने सपना देखी रहन्छन् । अमेरिकी प्रजातन्त्र खर्बपति, अरबपतिको लोकतन्त्र हो, जहाँको शासनको बागडोर मुट्ठीभर तिनै खर्बपतिको हातमा हुन्छ र जातिवाद, रङ्गभेद, लिङ्गभेद, वर्गभेद र अन्धराष्ट्रवादको प्रतिनिधित्व वर्तमान राष्ट्रपति ट्रम्पले गर्दै छ । यस कारण प्रजातन्त्रवादी विश्वका शान्तिप्रेमी, अमेरिकी साम्राज्यवाद विरोधी सर्वहारा अन्तर्राष्ट्रवादी शक्ति अमेरिकी श्रमजीवी जनतासँग एक भएर सङ्घर्ष गर्नु आजको आवश्यकता हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
दोस्रो संविधान संशोधनबाट के गर्न खोजिएको छ ?
देउवाको पुनरागमनले उब्जाएका आशङ्काहरू
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal