२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
मूल लेख
गणतन्त्रमाथि कालो बादल मडारिएको छ
–चित्रबहादुर के.सी.
गणतन्त्र प्राप्तिको १० वर्षमा १० जना प्रधानमन्त्री बनाउन हामी सफल भएका छौँ । यसरी दश वर्षमा दश वटा प्रधानमन्त्री बनाएर दुनियालाई देखाएका छौँ कि नेपालमा कति अस्थिरता छ । हामीले ७० वर्ष लगाएर नयाँ गणतान्त्रिक संविधान बनाएका छौँ । त्यो संविधानलाई संस्थागत गर्न, गणतन्त्रलाई संस्थागत गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने कुरा अहिले पनि जटिल छ । समस्या छ । ‘माघ गए, फागुन गए खबर नपाए’ भने जस्तो चैत गयो, वैशाख गयो, जेठ गयो, हामीले निर्वाचन असार १४ गतेलाई लैजादै छौँ । यो किन भई राखेको छ ? अहिले पनि गणतान्त्रिक संविधानमाथि कालो बादल मडारिएको छ । हामी मध्य वर्षामा चुनाव गर्न गई रहेका छौँ । 
प्रधानमन्त्रीमा शेर बहादुरजी नयाँ मान्छे हुनु हुन्न । योभन्दा पहिले तीन पटक हामीले उहाँलाई ब्यहोरी सकेका छौँ । यस पालि त झन् उहाँका लागि अप्ठ्यारो स्थिति पनि छ । तीन तहको चुनाव गराउनु छ । हामीले हिजो स्थानीय ऐन संशोधन गर्‍यौँ । तर जसका लागि संशोधन गरियो, उहाँहरूले नै खुलेआम चुनावमा भाग लिइन्नँ भनी रहनु भएको छ । प्रधानमन्त्रीको चुनाव भयो र भोट हाल्नु पर्‍यो भने उहाँहरूले संविधान मान्नु हुन्छ र भोट हाल्नु हुन्छ । तर जब स्थानीय चुनावको कुरा आउँछ, उहाँहरूले संविधान मान्दिनँ भन्नु हुन्छ । के यो आश्चर्य होइन ? उहाँहरूले संविधान मान्नु हुन्न भने यही संविधान अन्तर्गत संसदमा भएको चुनावमा तीन÷तीन जना प्रधानमन्त्रीलाई भोट हाल्न उहाँहरू कसरी आउनु भयो ? संविधान नमानेकाले त त्यसो गर्नु नपर्ने हो । अनि, स्थानीय चुनावको कुरा आउँदा उहाँहरूले त्यस्तो कुरा मान्दैनौँ, संविधान मान्दैनौँ भन्नु हुन्छ ।
उहाँहरूले संविधान संशोधनको रटान लगाई रहनु भएको छ, हामीले विरोध गर्दै आएका छौँ । हामीले संविधान संशोधनको विरोध गर्नुका पछाडि खास कारणहरू छन् । प्रचण्डजीकै पालामा संसदमा ल्याइएको त्यो नयाँ संशोधन प्रस्तावमा स्थानीय निकायलाई कमजोर गराउन कुरा उल्लेख छ । गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷उपाध्यक्ष्ँहरूलाई राष्ट्रिय सभाका सदस्यहरूलाई भोट हाल्न दिनु हुँदैन, तिनीहरूको अधिकार कटौती गर्नु पर्छ भन्ने कुरा छ । अनि, सीमाङ्कन गर्दा प्रदेशको पनि स्वीकृति लिनु पर्ने प्रावधान छ । संविधानमा तर संशोधन प्रस्तावमा त्यसलाई हटाउनु पर्छ भन्ने कुरा आई रहेको छ । नयाँ संविधानमा स्थानीय निकायलाई जुन खालका अधिकार दिइएको छ, जुन खालको प्रावधान भा’छ त्यसलाई खोस्ने खालको संशोधन आई रहेको छ । सङ्घीयताले तलका स्थानीय निकायलाई बलियो बनाउनु पर्छ, स्थानीय निकायलाई पावर दिनु पर्छ भन्ने छ कि दिई सकेको पावर खोस्नु पर्छ भन्ने संशोधन आई रहेको छ ? अब कुरा जस्तो कुरा गरौँ भने चित्त फाट्ला ।
अहिलेको बखतमा शेर बहादुर देउवा प्रधानमन्त्री बन्नु भा’छ । राष्ट्रिय जनमोर्चाले उहाँलाई यत्तिकै भोट दिएन । हाम्रँे असहमति रह्यो, तैपनि अब तीन तहको चुनाव गर्नु छ । उहाँले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई जति मजबुत गराउनु हुन्छ, राष्ट्रिय जनमोर्चाले त्यसमा मद्दत नै गर्ने छ । राम्रा कामका लागि हामीले काङ्ग्रेससँग पनि कार्यगत एकता गर्ने गरेका छौँ । स्वयं रामवरण यादव राष्ट्रपति हुँदा हामीले भोट हालेका छौँ । गिरिजा बाबुलाई हामीले भोट हालेका छौँ । प्रतिपक्षको भूमिका यही हुन्छ कि सत्तापक्षले राम्रो गर्दा सहकार्य गर्ने, मद्दत गर्ने, नराम्रो गर्दा खुलेर विरोध गर्ने । प्रतिपक्षमा बसेर पनि जनमत तयार गर्ने र गलत कामको विरोध गर्ने—यही नै राष्ट्रिय जनमोर्चाले हिजोदेखिको नीति लिदै आई रहेको छ । अब तीन तहको चुनाव सफल पार्न उहाँलाई असाध्य ठुलो समस्या छ । तर त्यो सफल पार्नका निम्ति राष्ट्रिय जनमोर्चाले उहाँलाई मद्दत नै गर्ने छ ।
अन्तमा उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना दिदै यो मन्त्रीमण्डलमा जो जो साथीहरू मन्त्री बन्नु भा’छ, उहाँहरूलाई पनि हार्दिक बधाइ दिन चाहान्छु । (२०७४ जेष्ठ २६ गते व्यवस्थापिका–संसदको बैठकमा अध्यक्ष केसीले दिनु भएको सङ्क्षिप्त मन्तव्यका सम्पादित अंश)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal