२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
भाषा विवादको आन्दोलन गोर्खाल्यान्डमा परिणत
काठमाडौँ । पश्चिम बङ्गाल सरकारले माध्यमिक तहभन्दा तल बङ्गाली भाषा लागु गर्नेसम्बन्धी विधेयक पारित गरेपछि यतिखेर दार्जिलिङ आन्दोलित छ । विवाद चर्कदै जाँदा आन्दोलन पृथक गोर्खाल्यान्ड राज्यको रूपमा डाइभर्ट हुन पुगेको छ ।
यतिखेर दार्जिलिङको स्थिति दिन–प्रतिदिन तनावपूर्ण बन्दै गई रहेको छ । त्यहाँका दुई वटा राज्य सरकारी कार्यालयमा आगजनी र एउटा कार्यालयमा तोडफोड भएपछि स्थिति अझै तनावमा छ । २०७४ जेष्ठ २८ गते मध्यरातमा त्यहाँको बिजनबारी खण्ड विकास कार्यालयमा आन्दोलनकारीहरूले आगो झोसेको बताइएको छ । आगजनीले खण्ड विकास अधिकारीको च्याम्बरमा रहेका केही दस्तावेज र छेवैमा रहेको कम्प्युटरलाई क्षति पुगेको छ ।
जेष्ठ २९ गते बिहान यो घटना प्रकाशमा आएको केही घण्टा नबित्दै सोनादास्थित विद्युत कार्यालय पनि तोडफोड भएको थियो । तोडफोडमा विद्युत कार्यालयलाई आंशिक क्षति पुगेको छ । यता, आन्दोलनकारीहरूले सोही दिन अपराह्न यहाँको सरकारी महाविद्यालय नजिकै रहेको पिडब्ल्युडी कार्यालयमा आगो झोस्ने प्रयास गरेको बताइएको छ । आगोले सो कार्यालयमा आंशिक क्षति पुगेको छ ।
आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दै जेष्ठ २९ गतेदेखि जिटिए (गोर्खा टेरिटोरियल एडमिनिस्टे«सन), राज्य र केन्द्र सरकारका कार्यालयमा अनिश्चित कालीन बन्द घोषणा गरेपछि तनावले अझ उग्र रूप लिएको छ । मोर्चाको यस्तो आन्दोलनका विरुद्ध राज्य सरकारले कठोर कदम चाल्ने घोषणा गरेको छ । सम्भावित हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । दार्जिलिङ पहाड अहिले छाउनीमा परिणत भएको छ । सुरक्षालाई ध्यानमा राख्दै मिरिकमा धारा ११४ लगाइएको छ ।
दार्जिलिङमा अनिश्चित कालीन बन्दको व्यापक प्रभाव देखिएको छ । राज्य सरकारको कठोर निर्देश हुँदा हुँदै पनि दार्जिलिङ, कालेबुङ र खरसाङका मोर्चा कार्यकर्ताहरू बन्द गर्न सबै कार्यालयमा भेला भएका थिए । भेला भएका मोर्चा समर्थकहरूले प्रहरी विरुद्ध नारा लगाएका थिए । बन्दलाई विफल बनाउन राज्य सरकारले पनि सबै कार्यालयमा बाक्लो सङ्ख्यामा सुरक्षा बल खटाएको थियो । सबै कर्मचारीहरूलाई निर्धारित समय अघि नै कार्यालय पुग्न निर्देश दिइएको थियो । कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई कारवाही गर्ने सरकारको चेतावनी थियो ।
दर्जनौँ मोर्चा कार्यकर्ता पक्राउ
हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आन्दोलनरत मोर्चाका दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । पाँच जनालाई मङ्पुको निर्माणाधीन आइटिआईमा आगजनी गरेको आरोपमा जेष्ठ २८ गते पक्राउ गरिएको थियो । मङ्पुमा जेष्ठ २७ गते बिहान आगो झोसिएको थियो । अन्य १० जनालाई जेष्ठ २९ गते पक्राउ गरिएको हो । प्रहरीले पक्राउ पर्नेहरूको नाम भने खुलाएको छैन ।
जेष्ठ ३० गते १२ घण्टे आम हडताल
आन्दोलनकारीले जेष्ठ ३० गते १२ घण्टे दार्जिलिङ बन्द कार्यक्रम राखेको थियो । चियाकमानहरूसँग सम्बन्धित श्रमिक सङ्गठनको संयुक्त ‘ज्वाइन्ट फोरम’ ले जेष्ठ ३० का दिन आम हडताललाई आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले समर्थन जनाएको थियो । आम हडतालबाट दार्जिलिङ पहाड फेरि ठप्प बनेको थियो । गत जेष्ठ २७ गते पनि मोर्चाले आह्वान गरेको बन्दले दार्जिलिङ ठप्प बनेको थियो । जेष्ठ ३० कै दिन गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डका लागि क्षेत्रीय दलहरूको सर्वदलीय बैठक डाकेको थियो ।
पृथक दार्जिलिङका लागि त्यहाँका नेपालीभाषीको आन्दोलनको लामो पृष्ठभूमि छ । सुभाष घिसिङको नेतृत्वमा उठेको उक्त आन्दोलन सर्वप्रथम दार्जिलिङदेखि सुरु भएको थियो ।पछि विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा लगायतका सङ्गठनको पहलमा सो आन्दोलन दिल्लीसम्म पुगेर धर्नासम विस्तार पाएको थियो । अहिले पनि दार्जिलिङमा मोर्चाले बन्द कार्यक्रम गरी रहेकै बेला दिल्लीको जन्तर मन्तरमा भने गोर्खाल्यान्डका पक्षधरहरूले धर्नामा बसी रहेका छन् । आन्दोलनकारीको दावी छ– दार्जिलिङदेखि दिल्लीसम्मको आन्दोलनले सरकार गोर्खाल्यान्डको माग पुरा गर्ने छ ।
यसैबीच, प्राडा खगेन्द्र प्रसाद लुइटेल नेतृत्वको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आफ्नो भाषाको पक्षमा दार्जिलिङमा चलेको आन्दोलनप्रति एक्यबद्धता जाहेर गरेको छ । अध्यक्ष लुइटेलको हस्ताक्षरमा २०७४ जेष्ठ २५ गतेजारी प्रेस विज्ञप्तीमा एक्यबद्धता जनाइएको हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजपाको सङ्घर्षप्रति मसालको कडा विरोध
राजमो घरदैलो अभियानमा व्यस्त
गिरफ्तार कार्यकर्ता रिहा गर्न माग
तलब भत्ता नपाउने !
प्रन्याका लागि छ न्यायाधीश सिफारिस
१० महिनामा १८ सय उद्योग दर्ता
नेपाल आइएलओ सञ्चालक समितिको सहायक सदस्य निर्वाचित
अमेरिकाले तिब्बत टुक्राउने सहयोग रोक्यो
आइएमईले सत्रौँ वार्षिकोत्सव मनायो
एनबी इन्सुरेन्सको जावलाखेलमा
कुटी उपन्यासको समीक्षा कार्यक्रम
ग्लोबल आईएमईको निशुल्क आस्वा
संगठनात्मक समाचा
कल्पना फाउन्डेसनद्वारा छात्रवृत्तिलाई निरन्तरता
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal