२०६४ कार्तिक १ गते, बुधबार   वर्ष ३४, अङ्क ४३
मिति(२०७४ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमो घरदैलो अभियानमा व्यस्त
काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएसँगै राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । दोस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुन गई रहेका प्रायः जिल्लाहरूका स्थानीय तहमा राजमोले व्यापक रूपमा “घरदैलो अभियान” सञ्चालन गरी रहेको छ । प्रत्येक जिल्लामा अभियान उत्साहजनक रूपमा अघि बढी रहेको राजमोका विभिन्न जिल्ला कार्यालयहरूले जनाएका छन् । अभियान चलेका प्रत्येक जिल्लाहरूका प्रत्येक स्थानीय तहमा विशेष जिम्माका साथ प्रचार प्रसार टोली बनाएर राजमोले चुनावी प्रचार प्रसार टोली बनाएर राजमोले चुनावी प्रचार प्रसारको कार्यलाई तिव्रता दिई रहेको छ । राजमोको चुनावी अभियानप्रति स्थानीय जनताको आकर्षण पनि निकै बढी रहेको छ । देशको राजनीतिमा राजमोले खेलेको स्वच्छ, इमान्दार र जनपक्षीय भूमिकाका कारण नै राजमो जन नजरमा आकर्षणको केन्द्र बन्दै गई रहेको उसले सञ्चालन गरेको चुनावी घरदैलो अभियानको क्रममा प्रष्ट हुँदै गएको छ ।
प्युठान ः
राजमोको विशेष साङ्गठनिक आधार भएको जिल्लाको रूपमा हेरिने प्युठान जिल्लामा दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिलाई पनि तीव्रता दिएको छ । जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकाहरूमा छुट्टाछुट्टै टोली बनाएर चुनावी प्रचार प्रसारको कार्यलाई अगाडि बढाइएको राजमो प्युठानले जनाएको छ । “चुनावी प्रचारप्रसारको कार्यक्रम निकै उत्साहजनक रूपमा अगाडि बढी रहेको छ” राजमो लुम्बिनी–राप्ती क्ष्ँेत्रीय समितिका अध्यक्ष बोम बहादुर खत्रीले भन्नु भयो– “प्रत्येक नगरपालिका र गाउँपालिकाहरूमा विभिन्न साथीहरूलाई विशेष जिम्माका साथ प्रचार प्रसार टोली बनाएर खटाइएको छ । ती टोलीहरूले प्रत्येक दिन बिहानदेखि साँझसम्म त्यस क्ष्ँेत्रका जनताको घरघरमा पुगेर जन भेटघाट गरी रहेका छन् । जनताबाट प्राप्त समर्थनले हाम्रा साथीहरू उत्साहित हुनु भएको छ ।”
दुई नगरपालिका र ७ गाउँपालिका रहेको प्युठान जिल्लाका प्रत्येक स्थानीय तहमा आफ्नो प्रतिनिधित्वलाई सुनिश्चित बनाउने गरी राजमोले चुनावी प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेको समेत खत्रीले बताउनु भयो । चुनावी अभियानलाई सफल पार्न राजमोका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको नेतृत्वमा पूर्व महासचिव हरि आचार्य लगायत सम्मिलित रहनु भएको टोली स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिका क्ष्ँेत्रमा खटिएको छ । अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको नेतृत्वमा, आनन्द शर्मा, विमल पोख्रेल, सुवास जिसी लगायत सम्मिलित रहनु भएको टोली झिम्रुक गाउँपालिकामा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष्ँ दुर्गा बहादुर केसीको नेतृत्वमा राम पहाडी, धन प्रसाद घर्ती र वसन्ता केसी लगायत सम्मिलित रहनु भएको टोली नौबहिनी गाउँपालिका क्ष्ँेत्रमा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको नेतृत्वमा एक टोली ऐरावती गाउँपालिका क्ष्ँेत्रमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाको नेतृत्वमा ज्ञामुराम न्यौपाने र भरत केसी लगायत सम्मिलित रहनु भएको टोली गौमुखी गाउँपालिका क्ष्ँेत्रमा खटिएको छ । यस्तै, राजमो लुम्बिनी राप्ती क्ष्ँेत्रका अध्यक्ष बोम बहादुर खत्रीको नेतृत्वमा गोपाल नेपाली, लाल बहादुर राउत र दुर्गा भुसाल सम्मिलित रहनु भएको टोली प्युठान नगरपालिका क्ष्ँेत्रमा, राजमो प्युठानका अध्यक्ष कृष्ण खड्काको नेतृत्वमा गणेश अधिकारी र गोपाल राज शर्मा लगायत सम्मिलित रहनु भएको टोली मल्लरानी गाउँपालिका क्ष्ँेत्रमा विशेष जिम्माका साथ निर्वाचनको परिचालन र प्रचार प्रसारमा खटिएको छ ।
प्युठानमा राजमो र एमालेका बीचमा पहिले चुनावी तालमेल गर्ने घोषण गरिए पनिपछि एमालेकै कारण उक्त तालमेल भङ्ग भएको घोषणा राजमोले गरेको थियो । प्युठानमा एमालेसँगको तालमेल भङ्ग भए पनि अन्य पक्षहरूसँग तालमेलका लागि कुराकानी चली रहेको समेत नेता बोम बहादुर खत्रीले बताउनु भयो ।
रूपन्देही ः
रूपन्देही जिल्लामा पनि राजमोले चुनावी प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । रूपन्देहीमा राजमोले केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष बद्रे आलमको नेतृत्वमा सात सदस्यीय निर्वाचन परिचालन समिति र जिल्ला सचिव दिपक पौडेलको संयोजकत्वमा २१ सदस्यीय मूल प्रचार प्रसार समिति गठन गरी जिल्लाव्यापी रूपमा निर्वाचन प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेको छ । राजमोका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष्ँ बद्रे आलमले दिनु भएको जानकारी अनुसार रूपन्देहीका राजमो चुनाव लड्ने प्रत्येक स्थानीय तहमा प्रचार प्रसार समितिहरू गठन गरी निर्वाचन प्रचार प्रसारको कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाइएको छ । बुटवल उपमहानगर पालिकामा टान बहादुर केसीको संयोजकत्वमा ५१ सदस्यीय, सिद्धार्थ नगरपालिकामा नेत्र आचार्यको संयोजकत्वमा १५ सदस्यीय, तिलोत्तमा नगरपालिकामा बालानन्द घिमिरेको संयोजकत्वमा १५ सदस्यीय, सैनामैना नगरपालिकामा नर बहादुर थापाको संयोजकत्वमा २५ सदस्यीय र देवदह नगरपालिकामा धनु केसीको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन प्रचार प्रसार उपसमितिहरू गठन गरिएको छ । त्यसै गरी कञ्चन गाउँपालिकामा लीलाराम खनालको संयोजकत्वमा ७१ सदस्यीय, रोहिणी गाउँपालिकामा शेर बहादुर आचार्यको संयोजकत्वमा सात सदस्यीय, सुद्धोधन गाउँपालिकामा लीलाधर घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय, सिपारी गाउँपालिकामा यम बहादुर पुनको संयोजकत्वमा पाँच सदस्यीय, ओमसतिया गाउँपालिकामा जर्नेल केवटको संयोजकत्वमा पाँच सदस्यीय र लुम्बिनी सांस्कृतिक नगरपालिकामा योगेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन प्रचार प्रसार उपसमिति गठन गरी निर्वाचन प्रचार प्रसारको कार्यलाई अघि बढाइएको छ । रूपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । राजमोले एक÷दुई वटा गाउँपालिका बाहेक रूपन्देहीका अन्य सम्पूर्ण स्थानीय तहमा उम्मेदवारी दिने नेता आलमले बताउनु भयो ।
रूपन्देहीमा अन्य दलहरूसँग तालमेलका लागि सामान्य छलफल चले पनि तालमेल हुने सम्भावना भने निकै क्षीण रहेको नेता आलमले बताउनु भयो । “प्रत्येक स्थानीय तहमा राजमोका प्रचार प्रसार टोलीहरू दैनिक रूपमा परिचालित भई रहेका छन्” राजमो रूपन्देहीका अध्यक्ष्ँ बद्रे आलमले भन्नु भयो– “हाम्रा साथीहरू पुगेका प्रत्येक ठाउँहरूमा जनताबाट हार्दिकतापूर्ण समर्थन हामीलाई प्राप्त भएको छ । हाम्रँे उम्मेदवारीले जनतामा उत्साह जागेको हामीले पाएका छौँ । सबै ठाउँमा प्रचार प्रसारको कार्य निकै उत्साहपूर्ण किसिमबाट अघि बढी रहेको छ । विशेष गरेर कञ्चन गाउँपालिकामा जुन प्रकारले व्यापक उभार आएको छ, त्यसले त्यहाँ हाम्रो जीतलाई सुनिश्चित जस्तै बनाएको छ ।” उहाँका अनुसार रूपन्देहीका प्रत्येक स्थानीय तहमा प्रत्येक दिन बिहानदेखि साँझसम्म राजमोको प्रचार प्रसार टोली घरदैलो गर्दै हिडी रहेको छ । कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा दैनिक रूपमा जन भेटघाट, कोणसभा, घरदैलो, मतदाता प्रशिक्षण र सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रमहरू भई रहेका छन् । ती कार्यक्रमहरूमा स्थानीय जनताको उत्साहजनक सहभागिता रहने गरेको छ । त्यहाँ गाउँपालिकाको अध्यक्षका लागि राजमोले जिल्ला सचिव दीपक पौडेललाई उम्मेदवार बनाएको छ । 
दाङ ः
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङ जिल्लामा राजमोले सबै स्थानीय तहमा उम्मेदवारहरू उठाउने भएको छ । “जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिने गरी हामीले तयारी अगाडि बढाएका छौँ” राजमो दाङका सचिव गणेश आचार्यले भन्नु भयो– “प्रत्येक स्थानीय तहमा निर्वाचनको प्रचार प्रसारको कार्यक्रम अगाडि बढाउन समितिहरू बनाएर परिचालित गरिएको छ । ती टोलीहरूले उम्मेदवारका साथमा दैनिक रूपमा प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेका छन् ।” निर्वाचन प्रचार प्रसारका लागि घोराही उपमहानगरपालिकामा जिल्ला अध्यक्ष रेशम विसीको संयोजकत्वमा, तुलसीपुर उपमहानगरपालिकामा भरत भण्डारीको संयोजकत्वमा, राप्ती गाउँपालिकामा जिल्ला सचिव गणेश आचार्यको संयोजकत्वमा, लमही नगरपालिकामा नारायण योगीको संयोजकत्वमा, गढवा गाउँपालिकामा गुणनिधि शर्माको संयोजकत्वमा, राजपुर गाउँपालिकामा महेश रिजालको संयोजकत्वमा, बबई गाउँपालिकामा देव बहादुर विक, शान्तिनगर गाउँपालिकामा शशिराम बुढाथोकी, दङ्गी शरण गाउँपालिकामा तुल बहादुर योगी र बङ्गलाचुली गाउँपालिकामा भिम बहादुर अधिकारीको संयोजकत्वमा गठित निर्वाचन प्रचार प्रसार समितिहरूले निर्वाचन प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेका छन् । दाङमा एमाले र माओवादी केन्द्र लगायतका अन्य दलहरूसँग तालमेलका लागि सामान्य कुरा चले पनि तालमेल हुने सम्भावना निकै कम रहेको जानकारी समेत सचिव गणेश आचार्यले दिनु भयो । 
कपिलवस्तु ः
छ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तु जिल्लामा राजमोले चार नगरपालिका र एक गाउँपालिकामा उम्मेदवारी दिने भएको छ । निर्वाचन प्रचार प्रसारका लागि राजमो कपिलवस्तुले उम्मेदवारी दिने प्रत्येक स्थानीय तहहरूमा प्रचार प्रसार समिति गठन गरी परिचालित गरी रहेको छ । वाणगङ्गा नगरपालिकामा निर्वाचन प्रचार प्रसारका लागि राजमो कपिलवस्तुले जिल्ला अध्यक्ष दधिराम आचार्यको संयोजकत्वमा एक सय तीन सदस्यीय समिति बनाएको छ । त्यस्तै विजयनगर गाउँपालिकामा शिव पौडेलको संयोजकत्वमा, बुद्धभूमि नगरपालिकामा हिमलाल वाग्लेको संयोजकत्वमा, एक सय ५१ सदस्यीय, शिवराज नगरपालिकामा छन्द बहादुर केसीको संयोजकत्वमा ५१ सदस्यीय र कपिलवस्तु नगरपालिकामा रामचन्द्र पौडेलको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरी निर्वाचन प्रचार प्रसारको कार्यक्रमलाई अगाडि बढाई रहेको राजमो लुम्बिनी–राप्ती क्ष्ँेत्रीय समितिका सदस्य हिमलाल वाग्लेले बताउनु भयो । “कपिलवस्तुमा निर्वाचन प्रचार प्रसारको कार्यक्रम उत्साहजनक किसिमबाट अगाडि बढी रहेको छ” नेता वाग्लेले भन्नु भयो– “चुनावमा तालमेलका लागि नेकपा (एमाले), माओवादी–केन्द्र र नेपाली काङ्ग्रेससँग पटक पटक वार्ता भए पनि त्यसबाट कुनै सकारात्मक निष्कर्ष निस्किएन । त्यसैले कपिलवस्तुमा राजमो एकल रूपमै चुनाव लड्दै छ ।” प्रचार प्रसारको क्रममा राजमोका टोलीहरूले जनताबाट निकै राम्रँे साथ समर्थन पाएको समेत उहाँले बताउनु भयो । प्रचार प्रसारको कार्यक्रम अघि बढ्दै जाँदा वाणगङ्गा नगरपालिकाको वडा नम्बर ६ मा राजमोले जित्ने प्रबल सम्भावना देखिएको जानकारी पनि उहाँले दिनु भयो । राजमोले उक्त वडाको वडा अध्यक्षमा हरि प्रसाद बेलबासे (राम प्रसाद बेलबासे) उम्मेदवार बनाउने घोषणा गरेको छ । 
गुल्मी ः
राजमो गुल्मीले जिल्लाका अधिकांश स्थानीय तहहरूमा एकल रूपमै चुनाव लड्ने भएको छ । केही स्थानमा भने राजमो र एमालेका बीचमा तालमेल भएको छ । कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकामा राजमो र एमालेका बीचमा तालमेल भएको छ । तालमेल अनुसार कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष र विभिन्न वडाका चार वटा सदस्यहरू राजमोलाई र अध्यक्ष सहित बाँकी वडा अध्यक्ष्ँ र सदस्यहरूमा एमालेकातर्फबाट उम्मेदवार रहनेछन् । त्यस्तै, सत्यवती गाउँपालिकाको वडा नम्बर ३ मा पनि राजमो र एमालेका बीचमा तालमेल भएको छ । जस अनुसार राजमोले एक महिला सदस्यमा उम्मेदवारी दिने छ भने वडाका बाँकी पदहरूमा राजमोले एमालेका उम्मेदवारलाई समर्थन गर्ने छ । यस गाउँपालिकाको अध्यक्ष्ँ, उपाध्यक्ष र बाँकी वडाहरूमा भने राजमो र एमालेका आ–आफ्नै उम्मेदवारहरू हुनेछन् ।
गुल्मीमा २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी कुल १२ वटा स्थानीय तह रहेका छन् । तालमेल भएका उक्त स्थान बाहेकका अन्य प्रायः सबै तहहरूमा राजमोले एकल उम्मेदवारी दिने छ । “दुई वटा नगरपालिकामध्ये एकमा हामीले मेयर र उपमेयर सहित र अर्को नगरपालिकामा भने हामीले वडाहरूमा मात्र उम्मेदवारी दिने छौँ” राजमो गुल्मीका सचिव छविलाल सर्तुङीले भन्नु भयो– “जिल्लाका दश गाउँपालिकाका प्रायः वडामा हाम्रो उम्मेदवारी रहने छ ।” निर्वाचन प्रचार प्रसारको कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन राजमो गुल्मीले टेक बहादुर केसीको संयोजकत्वमा ५१ सदस्यीय मूल प्रचार प्रसार समिति गठन गरेको छ । त्यस बाहेक निर्वाचन लड्ने प्रत्येक स्थानीय तहहरूमा छुट्टाछुट्टै प्रचार समितिहरू बनाएर निर्वाचन प्रचार प्रसारको कार्यलाई अगाडि बढाइएको जानकारी समेत सचिव सर्तुङीले दिनु भयो । 
अर्घाखाँची ः
अर्घाखाँची जिल्लामा पनि निर्वाचन प्रचार प्रसारको कार्य उत्साहजनक रूपमा अघि बढी रहेको छ । राजमो अर्घाखाँचीका अध्यक्ष्ँ झवि थापाले दिनु भएको जानकारी अनुसार शेर बहादुर विसीको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ । यसका अलवा प्रत्येक स्थानीय तहहरूमा परिचालित रहने गरी छुट्टाछुट्टै निर्वाचन प्रचार प्रसार समितिहरू गठन गरेर अर्घाखाँचीमा निर्वाचन प्रचार प्रसारको कार्यलाई अगाडि बढाइएको छ ।
तीन नगरपालिका र तीन गाउँपालिका गरी जम्मा ६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा राजमोले सबै स्थानीय तहमा आफ्ना उम्मेदवार उठाउने भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका क्ष्ँेत्रलाई राजमोको साङ्गठनिक आधार राम्रो भएको क्ष्ँेत्रका रूपमा मानिन्छ । भूमिकास्थान नगरपालिका लगायतका स्थानीय तहहरूमा राजमोले दैनिक रूपमा निर्वाचन प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । जन भेटघाट, निर्वाचन प्रशिक्षण, कोणसभा, घरदैलो लगायतका कार्यक्रमहरू दिनहुँ भई रहेका छन् । भूमिकास्थान नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा त विशाल जनसभाका कार्यक्रमहरू समेत भएका छन् । ती जनसभाहरूमा स्थानीय जनताको उत्साहजनक सहभागिता रहने गरेको छ । जनताको त्यो विशाल उपस्थितिमा भूमिकास्थानमा राजमोको विजयलाई सुनिश्चित देखाएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजपाको सङ्घर्षप्रति मसालको कडा विरोध
भाषा विवादको आन्दोलन गोर्खाल्यान्डमा परिणत
गिरफ्तार कार्यकर्ता रिहा गर्न माग
तलब भत्ता नपाउने !
प्रन्याका लागि छ न्यायाधीश सिफारिस
१० महिनामा १८ सय उद्योग दर्ता
नेपाल आइएलओ सञ्चालक समितिको सहायक सदस्य निर्वाचित
अमेरिकाले तिब्बत टुक्राउने सहयोग रोक्यो
आइएमईले सत्रौँ वार्षिकोत्सव मनायो
एनबी इन्सुरेन्सको जावलाखेलमा
कुटी उपन्यासको समीक्षा कार्यक्रम
ग्लोबल आईएमईको निशुल्क आस्वा
संगठनात्मक समाचा
कल्पना फाउन्डेसनद्वारा छात्रवृत्तिलाई निरन्तरता
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal