२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
रास्कोट
– पूर्ण बहादुर शाही
सान्नि–रास्कोट देवभूमि, ठौर ठौर पानी
जैविकताको भन्डार हो यो, हामी भाग्यमानी ।।
माथिअल्का कैलासधुरा, तल सान्नि घाट
लालु–लैफु बाटो जोडाँै, बस्ती बस्ती बाट ।।

रसिगाड मालुवागुफा, गाड खर्क र तोली
छेत्तडिदै भात्तडीसम्म, यही छ जन बोली ।।
रास्कोट रसिलो जग्गा, फुक्गाडका दयाले
सिकु जिउला घाम लाग्दैन, चुलिकानयाले ।।

उपरकोट पोरि बाटी, तुरु तुरे पानी
डेढघडी मन्डपु चिट्न्या, चम्फावती रानी ।।
सिउना डाँडा रजन्थली, चाट्या खोलाखम्म
खस भाषा संरक्षण गराँै, जुनीजुनीसम्म ।।

ऐतिहासिक कोट विशेषता, नौ सय रास्कोट
इतिहास मेटिन पुग्यो, मर्म लाग्छ चोट ।।
खाम डाँडा, वली काँडा, अटिल्याका डिल
सनातनहो, संस्कृति हो, जोगाउनलाई जुट ।।

ठाडा मेला, चल्याकाँध, उदाउनी अनाहा
पान्डव शिला पञ्चदेवल, बन्याका मुग्राहा ।।
बहलतोला, सिचु शौनी, सिप्टी र विशाली
फलफूल खेती पकेट क्षेत्र, बनाऊँ है निसानी ।।

साङग्री बाङग्री, आठे पाङग्री हुँदै बरुकाली
जुगभरि सुवाइलो भयैं, सुन्तलाका डाली ।।
स्युना डाँडा शिवपुरी, देउराकी मालिका
रक्षा गरे मष्टादेव, दाहिना हौँ कालिका ।।

कर्णाली घुमाउरो पर्‍यो, जान भै कठिन
पञ्चाल झर्ना ओझलमा छिन्, खोजी भैन किन ।।
लिग र तिलेली खोला, सियाली र गेरु
मुल भै बग्न्या खोला झर्ना, नयाकया हेरु ।।

गोठी, ताम्ती, भिडमाथा, डङसिल्याका काँध
पराई भयो जन्मभुमी, बिराईनो भई आज ।।
देउपाटाको देउनी गालो, भुजेनीका भुज
प्रकृति नै जननी हुन्, संरक्षणमा जुट ।।

युवा जति मुग्लानतिर, खेत पाखा बाझै छन्
द्वन्द्वका घाउ मेटिदैछन्, घटना ताजै छन् ।।
पर्यटन प्रवद्र्धन गरौँ, सम्पदा जोगाऔँ
सर्जनको खोजी गरौँ, दुर्जनलाई भगाऔँ ।।

रातउदै दिनउदै बगी जान्या पानी
उपयोग ल्याउन सके, बन्छौ स्वाभिमानी ।।
सागसब्जि अन्नपात उब्जाऔँ, आत्मनिर्भर बनौँ
बस्ती विकास खानेपानी, सडकले जोडौँ ।।

कलकारखाना उद्योगधन्दा, हामी खोल्न सक्छौँ
अन्धकार छन् गाउँबस्ती, बत्ति बाल्न सक्छौँ ।।
उपयोगको नितिबनाउ, जल जमिन पानीको
बल्ल खोजी हुन थाल्यो, नेपाल सुनखानीको ।।

पाटन राम्रा चुनबुकीले, लेक राम्रा लालीले
पुस्तौँदेखि लुटी खाया, फटाहा जालीले ।।
कैले भलो नहोस् प्रभु, लोभी लाचारीको
खोजी गरौँ डकैतीको, लगाउनु छ थानको ।।

कर्णाली किनारको बाटो, खुलालु दै हिल्सा
नरनारी सबै जुटाँै, चलाउ साबेल बेल्चा ।।
लाला पाट्न हिरा बिस्कुन, उकेर्नु रै’गयो
उठ जाग शोषित पीडित, अबेला भैगयो ।।
(रास्कोट न.पा ५ विजयपुर, कालिकोट)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
सम्झना ः स्थानीय निर्वाचनमा स्वदेश यात्राको
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal