२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
–नारायण शर्मा
काठमाडौँ, असार २१ । जापान नेपाली एकता समाज, क्षेत्रीय समिति ओसाकाले मृगौला पीडित बागलुङका भीम बहादुर बोहरालाई सहयोग प्रदान गरेको छ । समाजको पहलकदमीमा नेपालबाट जापानका विभिन्न क्षेत्रमा पुगी रोजगाररत रहेका नेपालीहरूबाट सङ्कलन गरिएको ८५,००० नेरु सहयोग राशी २०७४ असार २१ गतेका दिन एक कार्यक्रमका बीच पीडित भीम बहादुर बोहरालाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय जनमोर्चाको पहलकदमीमा काठमाडौँ थानकोटस्थित पीडित भीम बहादुरको अस्थायी निवास रहेकै स्थानमा पुगेर जापान नेपाली एकता समाज क्ष्ँेत्रीय समिति ओसाकाकोतर्फबाट रितु केसीले सो सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
राजमो चन्द्रागिरीको सम्पर्क कार्यालय भवनमा आयोजित उक्त सहयोग रकम हस्तान्तरण समारोहमा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नारायण शर्मा, राजमो बागमतीका सदस्य गणेश कुँवर, रक्तिम सांस्कृतिक अभियान काठमाडौँ महानगर समितिका अध्यक्ष विष्णु शर्मा र स्थानीय निर्वाचनमा चन्द्रागिरी नगरपालिकामा राजमोकातर्फबाट उपमेयरका उम्मेदवार समेत रहनु भएका त्यस क्षेत्रका लोकप्रिय युवा नेता रोशन दानी लगायतको उपस्थिति रहेको थियो । समारोहमा राजमोका नेता आनन्द शर्माले सङ्क्षिप्त मन्तव्य राख्दै राजमो सधैँ पीडित जनहरूको पक्षमा क्रियाशील रहने गरेको बताउनु भएको थियो । जापान नेपाली एकता समाज जस्तै विभिन्न देशहरूमा रहेका राजमो आबद्ध नेपाली एकता समाजहरूले बेला बेलामा पीडितहरूलाई यसरी सहयोग जुटाएर पठाउने गरेको जानकारी गराउँदै नेता शर्माले सहयोगको यो सिलसिला आगामी दिनमा पनि जारी रहने बताउनु भयो । नेता आनन्द शर्माको सङ्क्षिप्त मन्तव्य पश्चात् राजमो काठमाडौँ महानगरकी अध्यक्ष रितु केसीले जापान नेपाली एकता समाज, ओसाका क्षेत्रीय समितिले पठाएको ८५ हजार नेपाली रूपैया सहयोग राशी पीडित भीम बहादुर बोहरालाई हस्तान्तरण गर्नु भएको थियो । 
सो अवसरमा केसीले जापानबाट त्यसरी सहयोग प्रदान गर्ने सहयोग दाताहरूको नामावली समेत वाचन गरेर सुनाउनु भएको थियो । घोषणा गरिएको सहयोग दाताहरूको नामावलीमा जपान नेपाली एकता समाज केन्द्रीय समितिबाट जापानीज ऐन २०,०००÷–, कृष्ण गौतम (विन्दीका रेस्टुरेन्ट परिवार) बाट ८१००÷–, कमल बहादुर कार्की (हिमालयन रेस्टुरेन्ट परिवार) बाट १००००÷–, मान कार्की ५०००÷–, डम्बर पुन १०००÷, हरि न्यौपाने २२२२÷–, टङ्क थापा १०००÷–, विपिन सापकोटा १०००÷–, मिलन शर्मा २०००÷–, जनक क्ष्ँेत्री ५०००÷–, राजु के.सी. ५०००÷–, संजय सहानी २१००÷–, युवराज गौतम (प्रवेश रेस्टुरेन्ट परिवार) ४०००÷–, भिम काउचा ३०००÷–, भुवन नरसिंह राजभण्डारी ११००÷–, इन्द्रमणि चालिसे १०००÷–, कृष्ण प्रसाद चालिसे ११०००÷–, नन्दु सापकोटा २१००÷–, नारायण सापकोटा १०००÷–, रघुनाथ शर्मा १०००÷–, सुमित खत्री २०००÷–, रेनु गौतम २०००÷–, भिम के.सी. ५०००÷–, निसान गौतम २०००÷–, लक्ष्मण कार्की ११११÷–, राजकुमार बन्जरा १०००÷–, नारायण थापा १०००÷–, सुरेस थापा १०००÷–, केशव वैरागी दास २०००÷– र ऋषिराम कंडेल २०००÷– गरी कुल (जापानीज यान ९५८३३ अर्थात् नेपाली रूपैयाँ )८५०००÷– सहयोग गरेका छन् । सोही सहयोग रकम मृगौला पीडित भिमबहादुरलाई हस्तान्तरण गरिएको हो । 
नगद सहयोग राशी बुझ्दै पीडित भीम बहादुर बोहराले सहयोग सङ्कलन गर्ने जापान नेपाली एकता समाज, सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोग दाताहरू र सहयोग वितरणको पहलकदमी गर्ने राष्ट्रिय जनमोर्चाप्रति आभार व्यक्त गर्नु भएको थियो । सो सहयोग हस्तान्तरण समारोहमा पीडित भीम बहादुरकी जीवन सङ्गिनी तिल कुमारी बोहरा समेत उपस्थित हुनु हुन्थ्यो । 
गल्कोट–२ हटिया बागलुङ स्थायी घर भएका भीम बहादुर बोहरा विगत १४ वर्षदेखि दुवै मृगौला फेल भएर उपचाररत हुनु हुन्छ । २०३८ वैशाख १ गते बुबा मन बहादुर बोहरा र माता नन्नकली बोहराको कोखबाट कान्छो सन्तानका रूपमा जन्मनु भएका भीम बहादुर परिवारको एक मात्र छोरा हुनु हुन्छ । २०५८ सालमा २० वर्षको उमेरमा तिल कुमारी बोहरासँग वैवाहिक बन्धनमा बाधिनु भएका पीडित बोहराका दुवै मृगौलाहरूले २०६० सालदेखि काम गर्न छोडेका थिए । सामान्य किसान परिवारका बोहरासँग उपचार गर्ने पैसा थिएन । “त्यो समय मृगौला प्रत्यारोपणको व्यवस्था नेपालमा नभएको बुझेपछि भारतको पुणेमा गएर ६ महिना बसी एउटा मृगौला बदलिएको थियो” पीडित बोहरा भन्नु हुन्छ– “उपचार गर्नका लागि भएको खेतीयोग्य जमिन सबै बेचियो । भारतको पुणेमा उपचार गर्दा ६ लाख भारु खर्च भयो । त्यसपछि ७ वर्षसम्म त राम्रै थियो । तर त्यसपछि त्यो फेरेको मृगौलाले फेरि काम गर्न छाड्यो । २०६८ सालदेखि लगातार रूपमा डाइलोसिस गराउँदै बाची रहेको छु । अहिले पनि मैले काठमाडौँको वनस्थलीस्थित वनस्थली मृगौला केन्द्रमा डाइलोसिस गराई रहेको छु ।” भारत पुणेमा उपचारकै क्रममा घरको श्रीसम्पत्ति सकिएपछि उहाँ वृद्ध बुबा र श्रीमतीका साथमा काठमाडौँको थानकोटमा डेरामा बस्दै आउनु भएको छ । देश–विदेशमा रहेका आफन्तहरूले जुटाई दिएको सहयोग रकमबाट उहाँले डाइलोसिस गराउँदै आउनु भएको छ । २०६८देखि सहयोगी मनहरूले जुटाई दिएको सहयोगबाटै उहाँको जीवन अहिलेसम्म धानिएको छ ।
“डाइलोसिस गर्न पनि पहिला निकै महङ्गो शुल्क तिर्नु पर्दथ्यो । २०७३ सालदेखि भने नेपाल सरकारले नै मृगौला पीडितहरूको डाइलोसिस निःशुल्क गरी दिने व्यवस्था गर्‍यो । तर चेकजाँच र औषधिहरूको खर्च आफै जुटाउनु पर्दछ । फेरि मृगौला बदल्दा कति खर्च हुने हो ? त्यसको कुनै ठेगान छैन । ८१ वर्षीया वृद्ध बुबा दमको रोगी हुनु हुन्छ । दैनिक गुजारा चलाउनका लागि सामान्य चिया पसल राखिएको छ” पीडित बोहराले भन्नु भयो– “यस्तो अवस्थामा रहेको मेरो व्यथा बुझेर सहयोग जुटाई दिने जापान नेपाली एकता समाज र सहयोग दाता सम्पूर्णप्रति म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु । जापान नेपाली एकता समाजको यो गुन मैले कहिल्यै बिर्सन सक्ने छैन ।” 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
मतको अवमूल्यन
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
व्यक्तिगत सम्पत्ति
खोक्रा युवाहरूको देश
सात वर्षमा दुलही, १२ वर्षमा आमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal