२०६४ कार्तिक १ गते, बुधबार   वर्ष ३४, अङ्क ४३
मिति(२०७४ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
सम्झना ः स्थानीय निर्वाचनमा स्वदेश यात्राको
नविन बस्याल
देशमा दुई दशकपछि स्थानीय निर्वाचन हुँदै थियो । देशको एक जिम्मेवार नागरिक भएका नाताले त्यसमा सहभागी बन्नु मेरो पनि कर्तव्य थियो । परदेशको ठाउँ, समय निकाल्न मुश्किल थियो । तर मैले अठोट लिई सकेको थिएँ– यो दोस्रो चरणको स्थानीय निर्वाचनमा म स्वदेश पुगेर जसरी नि सहभागी बन्नु छ । हाम्रो अभिभावकीय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रष्ट निर्देशन दिएको थियो– भारतमा क्रियाशील प्रवासी नेपालीहरू समय मिलाएर स्थानीय निर्वाचनमा सहभागी बन्न स्वदेश जानका लागि । त्यही निर्देशनलाई शीरोधार्य गर्दै मैले पनि आफ्नो कामको चाँजोपाजो मिलाएर चुनावमा जाने निधो गरेँ ।
२०७४ जेष्ठ ३० गते स्वदेशमा स्थानीय चुनाव सफल पार्नका लागि मेरो यात्रा प्रारम्भ भएको थियो । जेष्ठ ३० गते बिहानै ५ बजे लखनऊबाट सुरु भएको यात्रा बिहान ९ बजेतिर बाँके जिल्लाको कोहलपुरमा करिब पाँच घण्टाको लामो बाइक यात्रापछि पुग्न सफल भइयो । त्यहाँ स्थानीय तहका निकै आत्मीय मित्र पर्शुराम लामिछाने, शरद लामिछाने, ज्वाला लामिछानेसँग मिठो भेटघाट पश्चात् चुनावी चहलपलबारे चर्चा÷परिचर्चा गरियो । बाँके जिल्ला र स्थानीय कोहलपुरको चर्चा हुँदै गर्दा ३१ गते बैजनाथ गाउँपालिका राष्ट्रिय जनमोर्चा जातीय समता समाजका नेता मन बहादुर सुनार र अखिल (छैठौँ) का केन्द्रीय सदस्य प्रतिभा आचार्य उम्मेदवार रहेको टिमको जन भेटघाट र सांस्कृतिक कार्यक्रमका बारेमा समेत आपसी चर्चा गरियो । त्यस दिनको बसाइँ त्यही कोहलपुरमा नै भएको थियो । दिउँसो १२ बजेतिर सङ्गठनप्रति निकै सक्रियतापूर्वक लाग्नु हुने आदरणीय मित्र पर्शुराम लामिछाने लगायत अन्य चार÷पाँच जना साथीहरूसँग कार्यक्रम स्थलसम्म पुगियो । करिब १ बजेदेखि त्यहाँको कार्यक्रम सुरु भएको थियो । करिब डेढ सय जनाको टोली बैजनाथ गाउँपालिकाका बस्तीहरूतर्फ जनभेटघाट गर्दै अगाडि बढ्यो । त्यो दिनभरिको जन भेटघाट कार्यक्रममा गाउँका केही टोलहरूमा जनतासँग निकै मिठो सुखानुभूति पाइयो । केही गीत–सङ्गीतका कोशेलीहरू जनताबीचमा प्रस्तुत गरिएको थियो । साँझ करिब सात बजेतिर सबै साथीहरू आ–आफ्नो गन्तव्यतिर लाग्नु भयो । 
अर्को दिन मेरो यात्रा दाङ जिल्लाको घोराहीतर्फ अघि बढ्यो । घोराही पुग्दा राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयमा जिल्ला अध्यक्ष्य रेशम बिसी, राजमो दाङका वरिष्ठ नेताहरू सुरेश थापा र काशिनाथ पोखरेल, घोराही उपमहानगरपालिका राष्ट्रिय जनमोर्चाका मेयर पदका उम्मेदवार राम बहादुर जिएम लगायतका नेता÷कार्यकर्ता साथीहरूसँग भेटघाट भयो । त्यो रात त्यहीँ साथीहरूसँग सुख–दुखका बेलीविस्तारका साथ काटियो । २ गते करिब आठ बजेतिरबाट कार्यक्रम आरम्भ भयो । निकै स्मरणीय जन भेटघाट भयो । कार्यक्रमामा भारतबाट चुनाव सफल पार्नका निम्ती खटिनु भएका साथीहरू सुरेश कुमार पाण्डे, वसन्त भुसाल सहित स्थानीय साथीहरूको उपस्थिति थियो । साँझ सात बजेसम्मको कार्यक्रमपछि अर्को दिनको यात्रा आफ्नै जन्मथलो प्युठान स्वर्गद्वारी नगरपालिकातिर अघि बढेको थियो ।
स्वर्गद्वारी नगरपालिकामा कार्यकर्ताको नेतृत्व र जनताको सेवा गर्न तम्तयार मेयर पदमा राष्ट्रिय जनमोर्चाकातर्फबाट जनजाति नेता वीर बहादुर पुन लगायतका साथीहरूसँग भेट भयो । अहिलेको स्थानीय निर्वाचनमा स्वदेश यात्राको मेरो मुख्य उद्देश्य यही स्थानका लागि थियो । अन्य जिल्लाका केही स्थानमा केही दिन भूले पनि मैले मुख्य रूपमा यही ठाउँमा खट्ने जिम्मा लिएर आएको थिए । त्यहाँको यात्रा चुनाव प्रसार प्रचारमा प्रारम्भ भैसकेको थियो । म करिब १२÷१३ दिन स्वर्गद्वारी नागरपालिकाको प्रत्येक वडाहरूमा पुगेर चुनावी प्रचार प्रसारमा खटिए मैले बाइक चलाउने, विरबहादुरजीपछि बसेर सङ्घर्ष र जितका कुरा गर्दै निकै रमाइला दिनहरू पार गरियो । लगातार दिन बित्दै गएका थिए । यात्राका दौरान निकै कठिनाइपूर्वक गाउँबस्तीहरूमा यात्रा गरियो । मलाई पहाडका कच्ची सडकहरूमा गाडी चलाउन खासै बानी नभए पनि हामी कठिनाइको सामना गर्दै स्वर्गद्वारी नगरपालिकाका प्रत्येक वडाहरूमा पुग्यौँ, १ नम्बर कोचीबाङ, खाल २ र ३ माथिल्लो भिङ्ग्री, ४ भिङ्ग्री बाझीपुर, ५ सारी, ६ बेलवास, ७ सोत्रे ताप, ८ बर्जिबाङ, ९ गोठिबाङका गाउँबस्तीहरूमा विभिन्न कठिनाइसँग सङ्घर्ष गर्दै अघि बढ्यो । सबै ठाउँका गरिब, किसान, मजदुर, महिला, पुरूष, विद्यार्थी, व्यापारी, शिक्षक–शिक्षिका, डाक्टर, इन्जिनियरहरू लगायतका व्यक्तित्वहरूसँग भेटघाट निकै उत्साह र मिठासका साथ चुनावी प्रचारात्मक यात्रालाई अगाडि बढाइएको थियो । 
विभिन्न वडाहरूमा भारत प्रवासमा नेपालीहरूको सबैभन्दा ठुलो छाता सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधिहरू खटिनु भएको थियो । एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसी, केन्द्रीय सदस्य भीम बहादुर थापा, ओबिराम जिएम, यम प्रसाद शर्मा, चेन्नई पूर्व नगर समितिका अध्यक्ष बोमलाल बसेल, चेन्नई उत्तर नगर समितिका तिलक गोराथोकी, त्यस्तै, केन्द्रीय परिषद सदस्य शिव पन्थी, ग्रेटर नोएडा नगर समितिका उपाध्यक्ष केशर विक, नेल्लोर नगर समितिका कोषाध्यक्ष दिनेश खत्री, केन्द्रीय समितिका पूर्व केन्द्रीय उपाध्यक्ष इन्द्र बहादुर खड्का लगायत रक्तिम अभियानका कलाकार टोली र राष्ट्रिय जनमोर्चाका नेता÷कार्यकर्ता, प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रमका दौरानमा हामीलाई लक्ष्य प्रािप्तका लागि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्य र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गङ्गा पौडेलले दिशा–निर्देश दिई रहनु भएको थियो । सोही दौरानमा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको प्रत्यक्ष उपस्थितिले हामी पूर्ण रूपमै सफल हुन्छौँ भन्ने दृढ विश्वासका साथ लागी परेका थियौँ । 
सामाजिक रूपमा जनताको मायाँ र साथ हुँदा हुँदै पनि झिनो मतले हामीले प्युठानको स्वर्गद्वारीमा पराजय स्वीकार्न बाध्य भयौँ । तर पराजयले हामीलाई गौरव गर्ने कैयौँ छाप र अवसरहरू छाडेर गयो । हामी कुनै स्वार्थको पोका पन्तुराहरू झोलामा कोचेर भ्रमका खेती गर्दै हिडेका थिएनौँ, न त लालचको र कुबेरको सम्पत्तिको वितरण नै गरेका थियौँ । जे जति मत जनताले हामीलाई दिए, त्यो हाम्रो इमान्दारिता र निष्कलङ्कताको आधारमा विश्वासका साथ दिएका थिए ।
हाम्रो देशको राजनीति कस्तो विडम्बनापूर्ण छ घ् नेपाली जनतालाई हरेक पटक भ्रमको जालमा पारेर रगतका आँशु झारी दिनेहरूले नै आज स्थानीय चुनावको परिणामलाई पनि उनीहरूले आफ्नो पक्षमा पारे । भ्रम र झुटा आश्वासनले आज हाम्रो कार्यकर्तामा पनि सङ्कीर्णता उत्पन्न नभएको छैन भन्न सकिदैन । तर पनि झुट झुट नै हो । त्यो सत्य हुन सक्दैन । भ्रष्टहरूले नै जनतामा झुटको महल निर्माण गर्दै त्यही महलको चुचुरोमा पुग्ने दिवा सपनामा धेरैलाई डुबाए । विकास निर्माणमा महत्वपूर्ण भूमिका खेली रहेको छ भन्ने जस्ता अश्वासनले जनतालाई ढाँटेर धेरै ठाउँमा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका जित्न सफल भए । झुटको पनि हद हुन्छ होला तर यस पालिको स्थानीय निर्वाचनमा झुटको पनि हदै पार गरेको पाइयो । यहाँसम्म कि एउटै पार्टीका नेताहरूले कसैले पाल्पालाई ५ नम्बर प्रदेशको राजधानी बनाउने अभिव्यक्ति दिए भने कसैले बुटवल त उही पार्टीका नेताहरूले घोराही वा तुल्सीपुरलाई राजधानी बनाउने अन्धाधुन्द भाषण पनि दिए । यो कसरी हुन सक्छ एउटै प्रदेशको राजधानी तीन ठाउँमा ? योभन्दा झुटको पुलिन्दा अर्को केही हुन सक्छ र ? तर पनि नेपाली जनताले उनीहरूलाई विश्वास गरे र विजय पनि बनाए । यस्ता भ्रमित कुरा जनतामा फैलाएको आधारमा के साँच्चै देशको विकास होला त ? त्यसको परिणाम हेर्न भने पुरा ५ वर्षको अवधिलाई पर्खी बस्नुको विकल्प छैन । 
आज राष्ट्रिय जनमोर्चा धेरै जनताका मन मस्तिष्कमा बस्न सफल भएका छ । आज सबैलाई थाहा छ– राजमोका उम्मेदवारहरू धेरै ठाउँमा मत गणनाको प्राविधिक रूपमा पराजित भएका छन् । भने सामाजिक सैद्धान्तिक रूपमा राजमोको जीत भएको छ । किनकि राजमोले भ्रष्टाचार, हत्या, हिंसा, झुटको आडम्बर, भोजभतेर गर्ने, पैसा बाड्ने, गरिब असहायलाई ठग्ने जस्ता काम भने कतै गरेन । जनताका विश्वासको पात्र एक दिन राजमो बन्ने छ नै । राणा शासन, पञ्चायती व्यवस्था, २३८ वर्ष पुरानो राजतन्त्र ठिक नभएको कुरालाई नेपाली जनताले लामो समय पश्चात् स्वीकारेका छन्, त्यस्नै यो पूँजीवादी व्यवस्था पनि हुनेखानेहरूको पक्षपोषण गर्ने व्यवस्था हो । हुँदा खानेहरूको व्यवस्था हैन, यसलाई जरैदेखि नमिल्काएसम्म सर्वहारा वर्गको पक्षको जित भने कदापि हुँदैन । यसलाई पनि जनताले एक दिन अवस्था स्वीकार गर्ने छन् । हो, प्रजातान्त्रिक व्यवस्थामा चुनावको आफ्नै महत्व छ, तर यही चुनावको जीतबाट नै जनताका समग्र समस्या समाधान हुने कुरा एमाले, काङ्ग्रेस र माकेहरूले जनतालाई सपना बाँड्दै हिडेका छन् । यो कुरा बुझ्ने दिन पनि अवश्य आउने छ । 
यो चुनावको राम्रा पक्ष पनि हाम्रो अगाडि आएको छ । हिजो जातीयता तथा क्षेत्रीयताको कुरा गरेर हिडेका सङ्घीयतावादीले यस पटकको चुनावमा अपेक्षित सिट हासिल गर्न सकेको देखिएन । राजमोले सङ्घीयता र योसँग मिसिएर आएको जातीय र क्षेत्रीय सङ्घ नेपालको लागि ठिक नभएको कुरा लगातार गर्दै आएको थियो । तर नेपाली जनतालाई यो कुराको पहिचान गर्न पनि करिब १० वर्ष लाग्यो । अहिले यो कुरा नेपाली जनताले धेरै बुझी सकेका छन् । त्यस्तै एक दिन नेपाली जनताले यो पनि बुझ्ने छन् कि पूँजीवादी व्यवस्था र यो फोहरो चुनावी खेल ठिक नएको कुरा । अनि, सदा सदाका लागि मिल्काई दिने छन् । त्यसपछि मात्र हामी सर्वहारा गरी खाने वर्गको पक्षमा राज्यसत्ता स्थापित हुने छ । मात्रै निरन्तरता र अविचलित सङ्घर्ष आज, भोलि र भविष्यमा पनि आवश्यकता रहन्छ । वीर बहादुर पुन वा कविराज खनाल एवं अन्य कैयौँ राजमोका योग्य उम्मेदवारहरूले यो चुनावमा हार्नु भएको छ तर सामाजिक, राजनैतिक र सैद्धान्तिक रूपमा भने उहाँहरूले जित्नु भएको छ । जनताको मन जित्न सफल हुनु भएको छ उहाँहरू । जनताको जितिएको यही शक्तिले नै भविष्यमा व्यवस्था परिवर्तनको लक्ष्यसम्म पुर्‍याउन ठुलो मद्दत पुग्ने छ ।
(बस्याल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गतको रक्तिम विभाग उत्तर भारतका क्षेत्रीय संयोजक हुनु हुन्छ)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
रास्कोट
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal