२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
व्यक्तिगत सम्पत्ति
दुर्गानाथ खरेल
आदिम साम्यवादी समाजको अन्तिम अन्तिम अवस्थातिर सम्पत्तिको विकास भएको हो । बाहिरी समूहसँग साटफेर गर्दै गर्दा आदिम साम्यवादी समाज र जनतन्त्र दुवैमा मातृसत्ताको प्रधान्यता थियो । त्यतिखेर व्यक्तिगत सम्पत्तिका लागि कम स्थान थियो । कबिला प्रथासँगै मातृसत्ताको ठाउँ पितृसत्ताले लियो । पितृसत्तासँगै वर्गभेद पनि सुरु भयो । धेरै समयसम्म राख्न सकिने र उपयोगका लागि अन्य वस्तुहरूसँग साट्न सकिने छाला, हाड, सुकेका फल आदि जन समाजका सम्पत्ति हुन्थे । पशुधन पनि व्यक्तिको सम्पत्ति स्वीकार गरिने थिएन । त्यतिखेर व्यक्तिगत सम्पत्ति हुन्छ भनेर सोच्न त्यतिकै अप्ठ्यारो थियो, जति आजकल सामूहिक सम्पत्ति हुन्छ भनेर सोच्न अप्ठ्यारो पर्छ । जन समाजको आधार सिधासाधापन थियो । व्यक्तिगत सम्पत्ति नहुनेले चोरी गर्ने काम गर्दैनथे । सामूहिक जिवन नसानसामा सञ्चार भएकाले समाज विरोधी काम नगर्ने बानी बसेको थियो । सम्पत्तिमाथि सामूहिक अधिकार हटाएर व्यक्तिगत बनाएपछि चोरी र दुराचार बढेको हो । जनस्तरको जनतान्त्रिक र साम्यवादी रूप व्यक्तिगत सम्पत्तिको बोलबाला हुने र रक्त सम्बन्धमा आधारित समाज नरहने भएपछि समाप्त भएको हो । पशुधनको उत्पादन गर्ने मुख्य जिम्मा पुरुषलाई थियो । त्यही कारणले गर्दा पुरुषलाई समाजको प्रमुख बनाइयो । त्यसले वैयक्तिक सम्पत्तिको बाटो खोली दियो । पितृसत्ताको स्थापनासँगै आदिम साम्यवादको बचेको प्रभाव पनि समाप्त हँुदै गयो । कृषि उत्पादन गर्ने र सिल्प प्रयोग गर्ने, साथै तामा, पित्तल, फलामका हतियार उत्पादन गरेर लडाइँ गर्ने कामबाट व्यक्तिगत सम्पत्तिद्वारा व्यक्तिको प्रभाव बढाउने र समाजलाई आफ्नोपछि लगाएर शक्तिको केन्द्रीकरण गर्ने काम भयो । व्यक्तिगत सम्पत्तिले समाजमा ठुलाठुला झगडाको सूत्रपात्र गर्‍यो । व्यक्तिगत सम्पत्तिको स्थापना पितृसत्ताको समयमा भएको थियो । पशुपालन र कृषिको आविष्कारले व्यक्तिगत सम्पत्तिका लागि सहयोग गरेका थिए । कृषिले मान्छेलाई घुमन्ते अवस्थाबाट स्थिर अवस्थामा ल्यायो । पितृसत्ता कालमा सत्ताको प्रारम्भ भयो । त्यसबाट अघि बढ्दै गएर दास र मालिक दुई वर्ग बने । 
सिल्प व्यवसायहरूका सङ्ख्या परिणाम र गुणस्तर बढ्नुका साथै मान्छेहरूलाई वस्तुहरू सुलभ पनि भए । श्रमको स्थायी विभाजन पनि भयो । वर्गभेद र वर्गसङ्घर्ष पनि बढ्दै गयो । जनताभन्दा बेग्लै र उच्च वर्ग भएर शासन यन्त्र बन्यो । वर्गभेदसँगै राज्यको उत्पत्ति पनि भयो । दासहरूलाई दबाएर काम गराउनका लागि राज्यको सुरुवात गरिएको हो । पितृसत्ता कालमा नै युद्धबन्दीहरूलाई मार्नुको साटो दास बनाएर काममा लगाउने प्रथा सुरु भई सकेको थियो । मानव समाजको आर्थिक, राजनैतिक र बौद्धिक विकासका लागि दासता आवश्यक थियो र त्यो सर्वस्वीकृत थियो । दासयुग, पितृसत्ता र सामन्ती युगबीचको सङ््क्रमण कालीन अवस्था हो । दास युगमा पितृसत्ता भएको अवस्थामा जस्तै सम्पत्तिमा पुरुषको अधिकार र उत्तराधिकारी रही रह्यो । पशुपालन, कृषि, सिल्प विनिमय आदि धन कमाउने उपाय र मालिक वर्गले दान गर्न र बिक्री गर्न पाउने अधिकार भएको नियमका साथसाथै वर्गीय स्वामित्व कायम रह्यो । दास काम गर्ने र शोषित हुनका लागि थियो भने मालिक शासन र शोषण गर्नका लागि थियो । त्यसैका लागि श्रम विभाजन भएको थियो । पितृसत्ता स्थापित भएपछि पुरानो वर्गविहीन समाज समाप्त भयो र वर्गीय समाज स्थापित भयो । लाखौँको सङ्ख्यामा रहेका दास र कामदारहरूद्वारा उत्पादित धनको उपयोग गर्दै श्रममुक्त व्यक्तिहरूले साहित्य, कला र दर्शन निर्माण गरे । वर्गहरूको सीमा सिधा नभएको हुनाले शोषक र शोषित परस्पर विराधी भएर लडन सक्दैनथे । मालिक वर्गले धार्मिक र सामाजिक सम्मेलनहरूमा मध्यम वर्गीय र तल्ला स्तरका श्रमजीवी जनतालाई सम्मानित गरेर उनीहरूलाई दासहरूभन्दा बेग्लै बनाउने प्रयास गर्दथे । समाजमा मालिक वर्गको स्वार्थलाई दासहरूबाट धक्का लाग्न नदिन र स्वतन्त्र श्रमजीवी जनतालाई समेत आफूहरू दासहरूभन्दा बेग्लै र उच्च स्तरका भएको भन्ने सोचाइ बनाउन मालिकहरू सचेत र सतर्क थिए । सामन्ती समाज, मुख्यत खेतीमा आधारित थियो । जमिनका मालिक धेरैजसो सामन्त र सेना नायक नै थिए । पुरोहितहरू गठीको मालिकको रूपमा स्वयं सामन्त र सामन्तहरूका प्रजा थिए । किसान सबैभन्दा तल्लो वर्ग थियो । किसानहरू सामन्तका अर्धदास थिए । उनीहरूको मुख्य काम सामन्तलाई खुशी पार्नु नै हुन्थ्यो । सानो सङ्ख्यामा रहेका व्यापारी र दस्तकारहरू जग्गासित नबाधिएको हुनाले उनीहरूमाथि बढी दमन भए बसाइँ सर्न सक्थे । उनीहरूको माग जताततै हुन्थ्यो ।
पित्तृसत्ता र दासयुगमा सुरु भएको व्यक्तिगत सम्पत्तिको पवित्रता सामन्ती युगमा झन चुलीमा पुगेको थियो । मातृसत्ता, पितृसत्ता र सामन्तवाद तीन वटा व्यवस्थामा फरक फरक आर्थिक सम्बन्धहरू थिए । राजनीति छरिएको अर्थतन्त्रको एकीकृत सार हो । विरोधी वर्गहरूका विरोधी आर्थिक स्वार्थहरूको रक्षाका लागि एउटा वर्गको पक्षमा र अर्को वर्गको विरुद्धमा राजनीतिले काम गर्छ । विरोधी वर्गलाई राज्यसत्ता मार्फत् दमन गरेर व्यवस्था सञ्चालन गरिन्छ । क्रान्ति राजनीतिक क्रान्ति मात्रै नभई त्यो सामाजिक क्रान्ति हुन्छ र त्यो एउटा वर्गको विजय र अर्को वर्गको पराजयमा टुङ्गिन्छ । त्यस कारण क्रान्तिका लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तर्विरोधको अवस्थामा ध्यान दिइनु पर्छ । हरेक सामाजिक क्रान्ति राजनैतिक क्रान्ति हो र त्यसैले एउटा वर्गको ठाउँमा अर्को वर्गलाई सत्तारूढ बनाउँछ । दास व्यवस्थापछिको सामन्ती व्यवस्थामा किनबेच नहुने र केही हदसम्म आफ्नो खुशीले काम गर्न पाउने सुविधा भूदासले पाए । उद्योग खुल्न थालेपछि सामन्तले जग्गामा कृषि फार्मका लागि र उद्योगका लागि किसानलाई जग्गाबाट हटाउँदै गर्दा सहरमा सर्वहारा मजदुरको सङ्ख्या बढ्दै गयो । पँुजीवादी प्रणालीको मुख्य शार नाफा कमाउनका लागि मालको उत्पादन गर्ने, पुर्नउत्पादन गर्ने र बिस्तार गर्ने नै हुन्छ । अठारौँ शताब्दीमा पँुजीवादी सम्पत्तिले समाजमा प्रभुत्व जमाउन सकेको हो । निजी सम्पत्तिका सबै रूपहरूको अन्तिम रूप पँुजी हो । सम्पत्तिका रूपहरू परिवर्तन हँुदै पँुजीसम्म आई पुगेका छन् । यो अवस्थामा पनि अनिवार्य रूपमा परिवर्तन हुने छ । प्राचीन युगमा साझा सम्पत्तिको सामुदायिक जमिन थियो । त्यही जमिन धेरै शताब्दीदेखि सामन्त वर्ग र पँुजीपति वर्गबाट अतिक्रमणमा परी रहेको छ । सामूहिक सम्पत्तिको रूपको साटो व्यक्तिगत सम्पत्तिको रूपमा अस्तित्वमा छ । आधुनिक रूपका साझा सम्पत्ति सार्वजनिक सेवा अन्र्तगत र राज्यको मातहतमा सार्वजनिक बाटो, म्युजियम, विद्यालय र महाविद्यालय, पुस्तकालय, अड्डा, अदालत र प्रशासनिक केन्द्र आदि विभिन्न रूपमा रहेका छन् ।
निजी सम्पत्ति व्यक्तिगत उपयोगको सम्पत्तिबाट सुरु हुन्छ । खाने खाना, लाउने लुगा बस्ने घर, पढ्ने पुस्तक जस्तै व्यक्तिगत आवश्यकताका वस्तुहरू निजी सम्पत्ति हुँदै पँुजीवादी सम्पत्तिको रूपमा रूपान्तरित भएर पनि व्यक्तिगत सम्पत्तिकै रूपमा नै दर्ता गरिएका छन् । मान्छे बस्ने घर मालिकको हुने र बस्नका लागि भाडा तिर्नु पर्ने हुनाले त्यो पँुजीवादी सम्पत्तिको रूपमा वा नाफा कमाउने सम्पत्तिको रूपमा उपयोग भई रहेको छ । खाना खाने घर पनि भव्य होटलको रूपमा व्यवस्थित भई पूँजीवादी सम्पत्ति भएको छ । स्कुल र अस्पतालको त्यस्तै अवस्था छ । व्यक्तिगत उपयोगका निजी सम्पत्ति साना साना छाप्रा बाढी पहिरो आदिको जोखिमयुक्त अवस्थामा मात्रै रहन सकेका छन् । होइन भने ती चिजहरू नाफा कमाउने भब्य महलहरू पूँजीपति वर्गको निजी सम्पत्तिको रूपमा पँुजीवादी सम्पत्तिको रूप धारण गरी सकेका छन् । सम्पत्तिको यो अवस्थामा मालिकले श्रमिकमाथि आफ्नो कुनै जिम्मेवारी बहन गर्दैन । घण्टा, महिना, दिन आदि निश्चित समय काम गराउँछ र ज्याला दिन्छ । श्रमिकका भोक, तिर्खा, रोग, अशक्त अवस्था आदिबारे मालिकको कुनै जिम्मेवारी रहन्न । यो पहिलेका व्यवस्थाहरूभन्दा पनि शोषण व्यवस्थित भएको अवस्था हो । उत्पादनको प्रकृति सामूहिक भए पनि स्वामित्व व्यक्तिगत भएकाले अन्तर्विरोध खडा भई वर्गसङ्घर्ष सञ्चालन गरेर स्वामित्व पनि सामूहिक बनाउने हो भने वर्गको अस्त्तिव समाप्त पार्न सकिन्छ । पँुजी सामूहिक सम्पत्ति भएकाले स्वामित्व पनि सामूहिक बनाएर समस्या समाधान गर्नु पर्छ । त्यसका लागि श्रमजीवी वर्ग सचेत, सङ्गठित र अनुशासित भई वर्गीय लडाइँ जित्नु पर्छ । त्यही रोक्नलाई स्वर्ग, नर्क, देवता, धर्म, ईश्वर, राजा, धनी, नेता आदि विभिन्न रूप र रङका अध्यात्मिक शक्तिलाई मान्न पर्ने र आफूले केही गर्न नसक्ने गरी शक्तिहीन बनाउने प्रयत्न शोषक वर्गले गरी रहन्छन् । 
श्रमका औजारहरू पनि सुरुमा निजी सम्पत्ति नै थिए । धनु, वाण र अन्य ढुङ्गे हतियारहरू सुरुमा व्यक्तिगत सम्पत्तिको रूपमा नै उपयोग हुने गर्दथे । सामन्ती व्यवस्थासम्म औजारहरू निजी सम्पत्तिको रूपमा श्रमिकले प्रयोग गरेर उत्पादन बढाउने काम गर्दथे । अहिलेसम्म श्रमका औजारहरूमा निजी सम्पत्तिका अवशेषहरू रहेको भए पनि तिनीहरू छिटो छिटो बिलाउँदै गई रहेका छन् । तिनीहरूको स्थानमा उद्योगहरूले यन्त्रको रूपमा कब्जा जमाएका छन् । ज्यावल बनाएर प्रयोग गर्न सक्ने भएपछि मान्छे अरू जनावरभन्दा फरक र विकसित जनावर भएको हो । श्रमका औजारहरू सिकर्मीको रन्दा, सल्य चिकित्सकको सानो चक्कु, शरीर रचनाविदको शुक्ष्म दर्शक यन्त्र, किसानको हलो आदि सबै आ–आफ्ना खाँचोहरूलाई पूर्ति गरेर सजिलो बनाउने व्यक्तिगत औजारहरू हुन् । साना साना हाते उद्योगको प्रचलन रहेसम्म स्वतन्त्र उत्पादकहरू आफ्नो श्रमको औजारहरूको मालिक आफै हुने गर्दथे । श्रमका औजारहरूमा निजी सम्पत्तिका अवशेषहरू अझै केही बाँकी छन् । मुख्य रूपमा तिनीहरूको ठाउँ यन्त्र औजारहरूले लिएको छ । यन्त्र औजार उत्पादकको सम्पत्ति बन्न सक्दैनन् । आफ्ना परिपुरक औजार र प्रतिरक्षाका हतियारहरू धनुर्वाण जस्ता शस्त्र समेत वञ्चित गरेर पँुजीपतिका निर्देशनमा चल्ने आधुनिक सर्वहारा वर्ग अस्तित्वमा छन् । स–साना हाते उद्योगको प्रचलन हँुदासम्म स्वतन्त्र उत्पादक आआफ्नो श्रम औजारका मालिक भए । मध्य युगमा दक्ष कारिगरहरू आफ्ना औजारको झोला बोकेर यात्रा गर्दथे । निजी सम्पत्तिको व्यवस्था हुनुभन्दा पहिले जोताहा व्यक्ति आफ्नो भागमा परेको जग्गाको मालिक हुन्थ्यो । पँुजीवादी समाजले सर्वहारा वर्गको व्यक्तिगत सम्पत्तिलाई न्यूनतम मात्रासम्म घटाएको छ । त्योभन्दा पनि घटाउने हो भने उसको जिवन सम्भव हुन्न । उत्पादकहरूलाई उनीहरूको श्रम गर्ने औजारबाट पुरै बञ्चित पारेको छ । अब उनीहरू सचेत, सङ्गठित र अनुशासित भएर ती ठुला ठुला यन्त्र कारखानाहरूलाई सामूहिक स्वामित्वमा ल्याउने बाहेक अर्को विकल्प उनीहरूसँग छैन ।
पँुजीवादी रूपको सम्पत्ति विशिष्ट रूपको सम्पत्ति हो । यति ठुलो प्रभावशाली तथ्यको रूपमा योभन्दा पहिलेको सम्पत्तिको रूप थिएन । पँुजीवादी सम्पत्तिको रूपमा उत्पादकको शोषण र मालिकको नाफा दुई वटा शर्त अनिवार्य हुन्छन् । उपभोगलाई होइन, बजारलाई ध्यानमा राखेर नाफाका लागि उत्पादन गरिन्छ । समाजमा पँुजीको बोलबाला हुन्छ । पूँजीपतीलाई पँुजीको उपयोग र दुरूपयोग गर्ने अधिकार हुन्छ । मालिक वर्गले मजदुर वर्गको कुनै किसिमको दायित्व बहन गर्नु पर्दैन । सामन्ती व्यवस्थामा सामन्तले गरेको शोषण ठाटबाँठ, धाक, रवाफका लागि मात्र उपयोग हुन्थ्यो । नाफा कमाउने सोचाइ सुरु भएका थिएन । तर पँुजीवादी सम्पत्तिको उत्पादन र पुनरुत्पादन बढी नाफा कमाउने उद्देश्यले मात्र हुन्छ । सम्पूर्ण काम नाफाकै उद्देश्यले परिचालित भएको हुन्छ । जति धेरै मात्रामा उत्पादन भयो उति धेरै सस्तोमा माल तयार हुन्छ र त्यति नै धेरै नाफा कमाउन पाइन्छ । त्यसैले धेरै उत्पादन र सस्तो उत्पादन फेरि धेरै बिक्री र धेरै नाफाको गोलचक्करमा पँुजीवादी सम्पत्ति घुमी रहेको हुन्छ । त्यसैले अत्यधिक शोषणलाई प्रोत्साहन मिली रहेको हुन्छ । घटीभन्दा घटी आवश्यकता पुरा गर्न सम्पत्तिविहीनहरूलाई अप्ठ्यारो परेको, मुश्किल भएको र अभावै अभावमा बाच्नु परी रहेको छ भने अर्कातिर, उच्चतम सुविधा उपभोग गर्न सम्पत्तिको अत्यन्तै दुरूपयोग भएको पनि छ । यो असमानता समाजमा कायम छ । त्यस्तो हुनुमा पँुजीवादी व्यवस्थाको शोषण गर्ने तरिका मुख्य रूपमा जिम्मेवार छ । पूँजी स्वयम् सामूहिक प्रयत्नबाट उत्पादन हुने भएकाले सामूहिक स्वामित्वमा रूपान्तरण गर्नु पर्छ । त्यस्तो भयो भने मात्र समाजको असन्तुलन समाप्त भई सन्तुलन कायम हुने छ । त्यस्तो अवस्थामा आवश्यकता पुरा गर्न आफनो योग्यता अनुसार काम सबैले गर्ने र काम अनुसार दाम लिएर आवश्यकता पुरा गर्न सबैलाई अनिवार्य बनाउनु पर्छ । त्यसबाट सबैको जीवन स्तर उच्च हुन्छ र सम्पत्तिको दुरूपयोग समेत हुन पाउन्न ।
मानव समाजको सुरु अवस्थामा प्रकृतिमा नै भर पर्नु पर्ने अवस्था थियो । प्राकृतिक उत्पादनहरूलाई जस्ताको त्यस्तै उपयोग गरेर बाच्नु पर्ने अवस्था थियो । अहिले मान्छेले धेरै चिज आविष्कार र विकास गरेको छ । औजारहरू र उपकारणहरू धेरै उच्च स्तरका छन् । विज्ञान र प्रविधिको पनि धेरै उच्च स्तरमा विकास भएको छ । यस्तो वैज्ञानिक जमानामा एक जना व्यक्तिको मात्र प्रयत्नबाट कुनै चिज तयारी अवस्थामा आउन वा उपयोग गर्न सक्ने अवस्थामा ल्याउन सक्ने अवस्था छैन । जब धेरै जनाको प्रयत्नबाट तयार हुन्छ भने त्यसलाई व्यक्तिगत स्वामित्वमा राखनुको कुनै अर्थ र महत्व हुन्न । त्यसलाई सामूहिक स्वामित्वमा नै लैजानु पर्ने हो । त्यसो हुन सकेको छैन । त्यसैले समपत्तिको व्यक्तिगत स्वामित्व हुने वर्तमान व्यवस्थामा आमूल परिवर्तन गर्नै पर्ने अनिवार्य आवश्यकता हो । परम्परागत स्वामित्व प्रणालीमा परिवर्तन गर्दै मान्छेले मान्छेलाई शोषण गरेर सुविधा सम्पन्न हुने र वर्गीय शासन चलाउने व्यवस्थाले निरन्तरता पाएको हुनाले व्यवस्थामा आमूल परिवर्तन हुन सकेको छैन । त्यस्तो परिवर्तन ल्याउने काममा यो व्यवस्थाले सबैभन्दा अप्ठ्यारोमा पारेको शोषित वर्गको भूमिका मुख्य हुनै पर्ने हो । सङ्ख्यामा धेरै भएर पनि त्यो सर्वहारा वर्गमा वर्गीय चेतना निम्न अवस्थामा भएको र सङ्गठित शक्ति निर्माण गर्न अनुशासित प्रयत्न गर्ने काममा कमी भएको कारणले आफू र आफ्नो शोषणको जँँतो बोकी रहनु परेको हो । सम्पन्न वर्गको पक्षमा राज्यसत्ता जस्तो सङ्गठित शक्ति भएको संयन्त्र भएको हुनाले मात्र होइन, विपन्न वर्गका हजारौँ हजारको सङ्ख्यामा रहेको मिहिनेतकस व्यक्तिहरूले व्यवस्थाको समर्थन गरेर शोषणलाई स्वीकार गरेको कारणले पनि सम्पन्न वर्गीय शसन चलाउने राज्यसत्ता कायम रहन सकेको हो । व्यक्तिले व्यक्तिको रूपमा मात्र चिन्तन गर्दा सम्पत्तिका मालिकहरू शक्तिशाली देखिए पनि व्यक्तिले आफूलाई वर्गको रूपमा सोच्ने हो भने मुट्ठीभर शोषक वर्ग छन् र धेरै गुणा बढी सङ्ख्यामा शोषित श्रमजीवी वर्ग छन् । त्यसैले सम्पत्तिको व्यक्तिगत स्वामित्वलाई सामूहिक स्वामित्वमा लैजान वर्गीय रूपमा सचेत र सङ्गठित भई सङ्घर्ष गर्न आवश्यक छ ।
व्यक्तिगत सम्पत्ति प्रथा सुरु गर्दैदेखि श्रमजीवी वर्गका अधिकार कटौती गर्न र शोषण गरेर सम्पन्न वर्गीय स्वार्थ पुरा गर्न सुरु गरिएको थियो । साधारण किसिमले आफेना स्वार्थहरू पुरा नहुने भएकाले राज्यसत्ता जस्तो सङ्गठित शक्ति गठन र परिचालन गरीएको थियो । शोषित वर्गका दासहरूले शोषणको महशुस गरेर व्यवस्थाका विरुद्ध सशक्त आन्दोलित भई व्यवस्था चल्नै नसक्ने बनाएपछि सहुलियत दिने नाममा दासहरूको शोषणलाई व्यवस्थित बनाउँदै सामन्ती व्यवस्था सुरु गरिएको थियो । त्यो व्यवस्थाको थिचोमिचो र अन्याय भएको महशुस गरेपछि मात्रै पँुजीवादी व्यवस्था अस्तित्वमा आएको हो । शोषणका वर्गीय रूप वर्तमान व्यवस्थामा झन उच्च स्तरका छन् । त्यस कारण मुक्तिका लागि गरिने सङ्घर्षका रूप पनि त्यसलाई परास्त गर्ने गरी अझै उच्च स्तरका हुन आवश्यक छ । सङ्ख्याको हिसाबले राज्यसत्ता सम्पूर्णको एक प्रतिशतभन्दा बढी नभए पनि त्यो शक्तिलाई परास्त गर्ने सङ्गठित शक्तिले बहुमत जनताको समर्थन सहित सङ्घर्ष सञ्चालन गर्न आवश्यक हुन्छ । वर्तमान व्यवस्थाका शासक वर्गले जनताको पिछडिएको चेतना स्तरबाट फाइदा उठाएर शासन चलाउने भएकाले आमूल परिवर्तन चाहने राजनैतिक शक्तिले जनतालाई सचेत र सङ्गठित बनाउने गरी आफन गतिविधि सञ्चालन गर्नु पर्छ । राज्यसत्तामा व्यक्तिगत सम्पत्ति राख्न पाउने लामो इतिहास भएको हुनाले जनताका चेतनाका प्रत्येक अङ्गमा व्यक्तिगत सम्पत्ति प्रथा सञ्चालन भएको हुन्छ । त्यस विषयमा सचेत भई त्यसका विरुद्ध जुध्न सक्ने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नका लागि जीवनभर र अझ धेरै पुस्ताको सङ्घर्षको योजना र उद्देश्य सहित सङ्घर्ष गर्न सक्ने हुन पर्छ । त्यसका लागि आफै श्रमजीवी वर्गको व्यक्ति हुने र सम्पूर्ण शोषित वर्गको नेतृत्व गर्ने गरी गतिविधि सञ्चालन गर्न आवश्यक छ । ज्वारभाटा विरुद्ध जुध्न सक्ने नेतृत्व मातहतको क्रान्तिकारी सङ्गठनले राज्यसत्ता कब्जा गरेपछि मात्र सामूहिक सम्पत्ति व्यवस्था सुरु हुन सक्ने हुनाले सम्पत्ति प्रथा व्यक्तिगतबाट सामूहिक बनाउन राजनीति गर्नु पर्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
मतको अवमूल्यन
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
खोक्रा युवाहरूको देश
सात वर्षमा दुलही, १२ वर्षमा आमा
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal