२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
अपत्य शर्मा
कुनै पनि व्यक्ति एउटा समूह, कुनै क्षेत्र र राष्ट्रको नागरिक हुन्छ र पृथ्वीको जुनसुकै भूभागमा उसको जन्म भएको हुन्छ । आफूलाई आफ्नो जन्मथलोमा नै दोस्रो दर्जाको नागरिक भएर बाँच्न चाहँदैन । आफ्नो जन्मभूमि विकट र अरूका लागि नराम्रँे लागे पनि उसका लागि त्यो आफ्नो आमाको न्यानो काख जस्तै प्यारो र रमाइलो हुन्छ । आफ्नो थातथलोमाथि विदेशीको आधिपत्य स्वाभिमानी क्रान्तिकारीहरूले स्वीकार्दैनन् र जीवनको अन्तिम समयसम्म पनि सङ्घर्षरत हुन्छन् । आफ्नो राष्ट्रियता र राष्ट्र खोसिएर पराधीन भएर शोषित, पीडित, दमित र अपमानित हुनुको पीडा प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्धपछिका दिनहरूमा धेरै मुलुकहरू ती देशका आम जनताले भोगे र अझै भोग्दैछन् । यहाँ कुर्दहरूले आफ्नो अधिकारका लागि गर्दै आएका सङ्घर्षका बारेमा सानो चर्चा गरौँ । 
इस्लाम धर्म मान्ने कुर्दहरूको कुल जनसङ्ख्या द वल्र्ड फ्याक्ट बुकको २०१५ मा गरिएको अनुमान ३० मिलियन छ भने पेरिसको कुर्दिस इन्स्टिच्युटको अनुमान २०१७ अनुसार ३६.४–४५.६ मिलियन कुर्द छन् । यी कुर्दहरूको अस्तित्व ७६ औँ शताब्दीदेखि छ । कुर्दहरू सुन्नी, सिया मुस्लिम र सुफिजम मान्दछन् । कुर्दहरूमा पनि अल्पसङ्ख्यक जातिमा डाइजम, एग्नोसटिसिजम, याज्डानिजम, जोरोस्ट्राएनिजम, क्रिस्टानिटी र जुडाइजम छन् । कुर्दको शाब्दिक अर्थ शक्तिशाली बलियो भन्ने हुन्छ । विश्वभर छरिएर रहेका कुर्द जातिको सङ्ख्या टुर्कीमा अनुमानित १४.३देखि २० मिलियन इरानमा ८.२ मिलियनदेखि १२ मिलियन, इराकमा अनुमानित ५.६देखि ८.५ मिलियन, सिरियामा अनुमानित २देखि ३.६ मिलियन र अन्य आर्मेनिया, जर्जिया, अजरबैजान आदि विश्वका विभिन्न भागहरूमा छरिएर रहेका छन् भने २ मिलियन शरणार्थी छन् । कुर्दहरूको भाषामा कुर्द जाजा गोरानी छन् । इनका विभिन्न रूपहरू छन्, सोरानी, कुर्मानजी, पेहलिवानी आदि । बहुसङ्ख्यक कुर्दहरूको बाहुल्यता भएको स्वायत्त प्रदेश इराकमा इराकी कुर्दिस्तान छ । अल्पसङ्ख्यक कुर्दहरू छिमेकी मुलुकहरू टुर्की, इरान र सिरियामा कुर्दिस राष्ट्रवादी आन्दोलन चली रहेछ र सबैभन्दा ठुलो स्वायत्तता र सांस्कृतिक अधिकारका लागि सङ्घर्ष गरी रहेछन् । 
कुर्दहरूको उत्पत्ति ः
सुमेरियन शिलालेखमा “कार्डा” को जमिन कुदिएको र तेस्रो इसापूर्व भनिएको छ । यो भूमिका बासिन्दालाई “सुका जनता” जनता भन्दै लेक भानका दक्षिणी क्षेत्रहरू भनिएको छ । “कुर्द” र “कार्डा” को बीचको सम्बन्ध छ÷छैन ? सो अनिश्चित छ, तापनि सम्बन्ध रहेको अनुमान छ । अर्को सुमेरियन शिलालेखमा के उल्लेख छ भने कार्डामा बस्ने मानिस भने जस्तै क्वार्डुचीमा बस्नेलाई कुर्टी भनिएको छ ।
धेरै कुर्दहरू के भन्छन् भने उनीहरू प्राचीन इरानी मेडेसबाट आएको बताउने गर्छन् र ईसापूर्व ६१२ को क्यालेन्डर प्रयोग गर्छन्, जबकि आसिरियनको राजधानी निनेभे थियो, जुन मेडेसहरूले जितेका थिए । यसै दाबी अनुसार राष्ट्रिय धुन मेडेसमा छ । विश्वको मानचित्रबाट कुर्दिस्तानलाई प्रथम विश्वयुद्धपछि हटाइयो जब गठबन्धनको मित्रशक्तिले मध्य पूर्वलाई खुम्च्याएर कुर्दलाई एउटा राष्ट्र राज्यको मान्यता दिन अस्वीकार गरे । बिस मिलियन कुर्दहरू इरान, इराक, टुर्की र सिरियामा बस्छन् । २० औँ शताब्दीमा कुर्दहरूले राजनैतिक र सांस्कृतिक स्वायत्तताका लागि सङ्घर्ष गरी रहेका छन् । तर त्यस क्ष्ँेत्रका मुलुकहरूले कुर्दहरूका सो माग अस्वीकार गर्नुका साथै उनीहरूलाई त्यस क्ष्ँेत्रहरूमा कठपुतलीको रूपमा प्रयोग गरी रहेछन् । 
१९२०देखि इराकी कुर्द र बगदाद सरकारका बीचमा कुर्दिस स्वतन्त्रताको विषय सधैँ विवादको विषय बनेको थियो । किनभने कुर्दहरूले तलेको धनी किरकुकमाथि नियन्त्रण गर्ने र आफ्नै कुर्द मिलिसिया बनाउन चाहन्थे । कुर्द जनताको अधिकारलाई सुनिश्चित गर्न कुर्दिस्तान १९७४ मा माक्र्सवादी लेनिनवादी समूहको निर्माण र १९७८ मा वर्कर पार्टीको स्थापना गरेपछि स्वतन्त्र कुर्दिस्तानको मागले कुर्दहरूमा ठुलो जोश र जाँगर थपेको छ । यस माक्र्सवादी लेनिनवादी पार्टीलाई छोटकरीमा पिकेके भनिन्छ । कुर्टी सरकारका लागि दशकौँदेखि ठुलो टाउको दुखाइ भएको छ । पिकेकेका संस्थापक अब्दुल्ला ओकलान हुन् । पिकेकेलाई विदेशी आतङ्कवादी सङ्गठन भनिन्छ । ओकलान भन्छन्– स्वतन्त्र कुर्दिस राज्यको स्थापना गरेपछि सबै कुर्दहरूको वासस्थान हुने छ । कुर्दहरूलाई सद्दाम हुसेनले बर्बर दमन गर्‍यो भने खाडी युद्धमा इराकी सेनाले क्रुरतापूर्वक दमन गर्‍यो । 
इराकमा पिकेके बाहेक कुर्दिस्तान डेमोक्रेटिक पार्टीको नेतृत्व मसुद बार्जानीले ८ प्याट्रोटिक युनियन अफ कुर्दिस्थानको जालाल तालावानीले गर्छन् र उत्तरी इराकमा सत्ताका लागि लडी रहेका छन् । १९९८ को सेप्टेम्बरमा दुई दलका बीचमा शक्ति साझेदारी गर्ने सहमति भए । कुर्दिस्तान वर्कर पार्टीले दक्षिण पूर्वी टुर्कीमा गुरिल्ला गतिविधि बढाउँदै गएको छ । पिकेकेले इराकी कुर्दहरूको स्थानीय स्वशासित सरकारको इराकी सङ्घमा स्थापना गर्ने निर्णयलाई अस्वीकार गरेको छ । बार्जानी समूहले पिकेकेको टुर्की, इराक सिमानामा इराकी कुर्द क्षेत्रमा सैनिक आधार बनाएर टर्कीमा आक्रमण गर्ने नीतिको विरोध गरेको छ । पिकेकेका नेता ओकलानलाई टुर्कीका एजेन्टहरूले गिरफ्तार गरेर मृत्युदण्डको सजाय सुनाए, तापनि पश्चिमी युरोपमा बस्ने हजारौँ कुर्द र विश्वका अन्य भागमा पनि ठुला विरोध प्रदर्शनहरू गरेकाले आजीवन कारावासको सजाय दिइएको छ ।
कुर्दहरूको पृष्ठभूमि ः
१) कुर्दहरूलाई छिमेकी मुलुकहरूले धेरैजसो पराजित गरेको इतिहास छ । उनीहरू शताब्दिऔँदेखि सङ्घर्षरत छन् । वर्तमानमा कुर्दहरूले इरान, इराक र टुर्कीमा स्वतन्त्र राज्य बनाउने प्रयास गरेका छन् तर प्रत्येक पल्ट दबाइएका छन् । 
२) १५ मिलियनदेखि २० (२ करोड) मिलियन कुर्दहरू आर्मेनिया, इराक सिरिया र टर्कीका सिमानाहरूका पहाडी क्ष्ँेत्रहरूमा बस्छन् । करिब ८ मिलियन टुर्कीका दक्षिण पूर्वी क्षेत्रमा बस्छन् ।
(३) कुर्दहरू गैर अरेबिक जनता हुन्, जो पर्सियन भाषासँग सम्बन्धित छन् । धेरैजसो कुर्दहरू सुन्नी मुस्लिम धर्मका अनुयायी छन् ।
(४) १९२० मा प्रथम विश्वयुद्धपछि जब अटोमन साम्राज्यलाई खुम्च्याइयो, तब कुर्दहरूलाई सेभरसको सन्धिले स्वतन्त्रता दिने प्रतिज्ञा गरिएको थियो । तर १९२३ मा टुर्कीका नेता मुस्तफा कमाल आटा टुर्कले त्यो सन्धिलाई मानेनन् र १९२० र १९३० को कुर्दिस विद्रोहलाई दमन गरे । यसपछि कुर्दिस सङ्घर्ष दशकौँसम्म उठ्न सकेन ।
(५) १९७८ मा अब्दुल्ला ओकलान गरिब किसान परिवारबाट आएका सात जना बच्चामध्येका हुन् । ओकलानले कुर्दिस वर्कर पार्टी अथवा पिकेके स्थापना गरे र स्वतन्त्रताको वकालत गरे । १९७९ मा ओकलान सिरियाका लागि टुर्की भागे । ओकलानको पिकेकेले १९८४ मा सशस्त्र सङ्घर्ष सुरु गर्‍यो र हजारौँ युवक कुर्दहरूलाई भर्ती गर्‍यो जो गरिबीले जर्जर भएका र टुर्की सरकारले उनीहरूका भाषा र संस्कृतिमाथि दमन गरेपछि धपाइएका थिए ।
१९२३ मा टुर्किस रिपब्लिकको स्थापना भएदेखि नै लगभग २० प्रतिशत कुर्द जनसङ्ख्यालाई समय समयमा कुर्दहरूलाई आफ्नो संस्कृति र भाषालाई अभिव्यक्त गर्नबाट रोकिदै आएको छ । वर्तमान टुर्की नेता रिसेप लाइप इर्डोगनले गत दशकको अन्त्यतिर कुर्दहरूमाथि लगाइएका धेरै यस्ता प्रतिबन्धहरूलाई खुकुलो बनाएका थिए । तर २०१५ मा कुर्द लडाकाहरूले युद्ध विराम भङ्ग गरेपछि गत वर्ष टुर्कीमा भएको असफल विद्रोहपछि प्रतिबन्धहरू टुर्की सरकारले बढाएको छ । सत्ता पल्टाउने षडयन्त्रको बहानाबाजीमा अरू विपक्षी समूहहरूलाई दमन गर्दै छ । एक लाख ४० हजार मानिसहरूलाई जागिरबाट हटाइएको वा जगेडामा राखिएको र ५०,०००लाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएकामा कुर्द संस्कृतिको प्रबद्र्धक टान्टेकिनलाई पनि गिरफ्तार गरिएको छ । सशस्त्र कुर्द मिलिसियाले इराक र सिरियामा आइएससँग लोहा लिई रहेछन् र अमेरिकाको मुख्य साझेदार बनेको छ । किनभने कुर्दहरूले इराक र सिरियामा सबैभन्दा बढी आइएसलाई परास्त गर्ने ठुलो शक्ति सावित भएकाले अमेरिकाले हात–हतियार दिएको छ । यस कारण टुर्कीको दक्षिण पूर्वी सिमानामा र उत्तर–पूर्वी इराकमा स्वायत्त प्रदेश सञ्चालन गरेका छन् र सेप्टेम्बरमा स्वतन्त्र जनमत सङ्ग्रह गर्नेछन् । सिरियन कुर्दहरूले उत्तर–पूर्वी सिरियाका क्ष्ँेत्रहरूमा नियन्त्रण गरेका छन् । कुर्दहरूलाई अमेरिकी अत्याधुनिक हात–हतियार दिनेबारे टुर्कीले विरोध गरेको छ । कुर्दहरूको सफलताले गर्दा टुर्कीका कुर्दहरूमा साहस र महत्वकाङ्क्षा बढाएको छ । दक्षिण–पूर्वी टुर्कीमा धेरैजसो कुर्दहरूको बाहुल्यता छ । तानाशाही इर्दोगानको सरकारले ८० जना निर्वाचित मेयरहरूलाई हटाएर आफ्ना विश्वास पात्रहरूलाई नियुक्त गरेको छ ।
टुर्कीमा डियार बिकर टुर्किस कुर्दिस्थानको आत्मिक राजधानी हो । त्यस सहरबाट नगरपालिकामा काम गर्ने कलाकारहरू ८० प्रतिशत नगरपालिकामा काम गर्ने कर्मचारीहरूलाई हटाएको छ, जसले कुर्दिस शिक्षा र अरू अल्पसङ्ख्यक भाषाहरूलाई पनि विकास गर्दै थिए । इर्दोगानका विश्वासपात्रहरूले ख्याति प्राप्त कुर्दहरूको नाममा राखिएका सडकहरूको नामलाई हटाउनुका साथै कुर्दिस वीरहरूका शालिकहरू सबै हटाइदै छन् । एक दर्जनभन्दा बढी सांसदहरू, जो मुख्य कुर्दिस पार्टी पक्ष्ँधर थिए, गत महिनामै गिरफ्तार गरिएका छन् । २०१५ मा भएको टर्किस सेना र कुर्दिस मिलिसियाका बीचमा भएको लडाइमा धेरै कुर्दिस सहरहरू ध्वस्त गरिएका छन् ।
इर्दोगानको सरकारले कुुर्दिस पक्ष्ँधर पत्रकारहरू, टुर्कीको एक मात्र कुर्दिस भाषामा छापिने पत्रिका आजाडिया बेलाटलाई गत वर्षामा बन्द गरियो भने करिब १० वटा टेलिभिजन च्यानलको प्रसारणलाई बन्द गरिएको छ । यस्ता सबै प्रतिबन्धहरूलाई वैधानिक छ भनेर सरकारले दाबी गर्दै छ । टुर्कीको प्रतिक्रियावादी सरकारले जस्तोसुकै दमन गरे पनि कुर्द सर्वहारावादीहरूले सबै असजिलाहरूमाथि जीत हासिल गर्दै अगाडि लम्कने छन् । पिकेकेको नेतृत्वले जनस्तरमा आधार बनाएको अवस्थामा मुख्य दुश्मन र मित्रशक्तिको पहिचान गर्दै वर्ग दुश्मनमाथि प्रहारमाथि प्रहार गर्दै आजको ज्यादै प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिको सही ठोस परिस्थितिको ठोस विश्लेषण अर्थात् दुश्मनका मुख्य अन्तर्विरोधको सही सञ्चालन गरेमा स्वतन्त्र कुर्दिस्तानको सपना ढिलो वा चाँडो प्राप्त हुने छ । किनभने जनताको शक्ति सधैँ अजेय हुन्छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
मतको अवमूल्यन
व्यक्तिगत सम्पत्ति
खोक्रा युवाहरूको देश
सात वर्षमा दुलही, १२ वर्षमा आमा
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal