२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
मतको अवमूल्यन
लक्ष्मण बेल्बासे
आफूलाई सधैँ क्रान्तिकारी ठान्ने सबै कम्युनिस्ट पार्टीहरू पनि अन्ततः चुनावमा सहभागी भए । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागी सबै खाले प्रतिक्रियावादी शक्तिसँग हात मिलाउनुलाई पनि स्वाभाविक मानियो । जनता जस्ता उनैका उत्पादन नेता पनि उस्तै । फरक देखिएन । मतदान, महादान कसैले किन्ने र कसैले बेच्ने अनौठो बस्तु बन्यो । जब कुनै चिज बेचिन्छ, तब स्वामित्व पनि हस्तान्तरण हुन्छ । बिक्री पश्चात् बिक्री भई सकेको कुनै पनि वस्तुमाथि बिक्रेताको अधिकार स्वतः समाप्त भएको मानिन्छ । यसो भए आफ्नो मताधिकार बिक्री गर्न नेपाली मतदाताले मताधिकार हस्तान्तरण गरेकै छन् त ? प्रश्न गम्भीर भएर आउँछ ।
स्थानीय स्तरको निर्माण पश्चात् आम जनताका धेरै सपना छन् । आफ्नो गाउँ, टोल, सहरमा धेरै विकास निर्माणका काम हुनेछन् । समाजिक, आर्थिक, राजनैतिक रूपान्तरणका काम हुनेछन् । हामी सबैको जीवन स्तर, जीवनशैली सबै उच्च प्रकारका हुनेछन् । 
 धेरै पार्टीका उम्मेदवार चयन प्रक्रियालाई नियालेर हेरेयो भने स्थिति असन्तोषजक देखिन्छ । विचार, सिद्धान्त, योगदानको कुराभन्दा पनि कसले कति किन्न सक्छ भन्ने आधारमा चयन गरिएको छ । यिनै अहिले स्थानीय तहको नेता भएका छन् । जसले विगतमा राजनीतिक कर्मभन्दा आय आर्जनका कर्म धेरै गरेका छन्, ति व्यापारिक हुन या ठेकेदार, तिनीहरूलाई पार्टी, विचार, सिद्धान्त खासै रुचिको विषय नभएर पक्षधर मात्र थिए । त्यसैले होला, धेरै उम्मेदवारको घरकै सदस्य तथा आफन्तकै मतदाता नामावली सूचिमा नाम नै दर्ता गरिएको थिएन । उनीहरूलाई थाहा थियो, मत किन्ने वस्तु हो उच्च मूल्य तिरे बाहिरबाटै पाइन्छ । आफूलाई क्रान्तिकारी पार्टीको कित्तामा छुट्याउन रुचाउने पार्टीबाट पनि यिनै हर्कत भएको देख्दा लाग्छ– विचारको राजनीति सिद्धिएको छ । यही संसदीय अभ्यासभित्रको बुर्जवा चुनाव नै जीवन–मरणको लडाइ सावित भएको छ । भू राजनीति र वस्तुगत अवस्थालाई मूल्याङ्कन गर्दा बुर्जुवा चुनाव भनेर बहिष्कार गरेर बस्ने अवस्था पनि होइन । तर पनि राजनीतिक पर्यावरणका कारण क्रान्तिकारी धार नै सिद्धिने डर भने पैदा भएको छ । 
 गरिबी, अशिक्षा तथा पुँजवादका विभिन्न प्रभावका कारण जस्ता अझै पनि सही र गलत छुट्याउने अवस्थामा नरहेको पाइन्छ । यसैको कारण मत अझै पनि क्रय–विक्रयको वस्तु जस्तै भएको पाइन्छ, जसले गर्दा स्थानीय सत्ता कतिपय अवस्थामा गलत दिशातिर जाने हो कि भन्ने आशङ्का रहेको छ ।
भू राजनीतिक अवस्था तथा पर्यावरणकै कारण कतिपय बन्दुकको नालबाट सत्ता जन्मिन्छ भन्ने कुरालाई विश्वास गर्ने क्रान्तिकारीहरू पनि चुनावी दौडाहामा सामेल हुनु पर्‍यो । विकृत सामाजिक अवस्था, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स तथा फितलो नियामक निकाय र राज्य भएको अनुभूति जनताले गर्न नसक्नु जस्तो अवस्थाले समाजमा श्रम गरेरभन्दा अन्य सहज तर गैरकानुनी कार्यबाट जीवनयापन गर्नेहरूकै सामाजिक प्रतिष्ठा उच्च हुन गएको छ । पैसा नै सामाजिक प्रतिष्ठाको मापक भएको छ, चाहे त्यो जसरी आर्जन गरेको होस् ।
नेपालको भौगोलिक अवस्था, सामाजिक संस्कार तथा प्राकृतिक स्रोतको सहज उपलब्धता, जसका कारण यहाँ खानै नपाएर मरेका खबर एकदमै न्यून छ । यहाँको सामाजिक तथा धार्मिक संस्कारका कारण कैयौँ मानिस यहाँ मागेर पनि जीविका चलाउँछन् । अन्य मुलुकका इतिहास पल्टाएर हेर्दा यहाँभन्दा ठुला ठुला राजनीतिक अत्याचार, धार्मिक शोषण, अकाल मृत्यु स्थिति भयावह देखिन्छ । त्यसैले ठुला ठुला आन्दोलन, ठुला क्रान्ति सफल भएका छन् । यहाँको परिस्थिति केही फरक छ ।
जुन वर्गलाई परिवर्तन तथा क्रान्ति चाहिएको छ । त्यो वर्ग अचेत छ । गरिबी, अशिक्षा, राजनीतिक सचेतनाको कमी तथा राजनीतिक पार्टीका लगातार राजनीतिक बेइमानीका कारण क्रान्तिप्रतिको विश्वास पनि टुट्दै गएको छ । यिनै गरिबी, अशिक्षा लगायतको अन्य यस्तै कारणले यो वर्गले आफू विभेदमा परेको, सीमान्तकृत हुँदै गएको र हरेक प्रकारका उत्पीडनमा प्रताडित हुनलाई नियति अर्थात् प्रारब्धमा लेखिएको आएको भनेर मान्दै आएको छ अर्थात् स्वीकारेको छ । जहाँ परिस्थितिलाई स्वीकारिन्छ, त्यहाँ विद्रोहको सम्भावना रहँदैन र विद्रोह बिना मुक्तिको कामना गर्न सकिदैन । 
भू राजनीतिक अवस्था, वस्तुगत अवस्था र समाजको वास्तविक चरित्र । सबै कुरालाई नियालेर हेर्दा भर्खरै क्रान्तिको उभार आई हाले अवस्था देखिदैन । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहनु, पँुजीवादी सङ्क्रमण बढेर जानु, विश्वव्यापीकरण तथा भूमण्डलीकरण जस्ता नव उदारवादले सबैलाई अलमलमा पारेको छ । यसैको प्रभावले यहाँ पनि माक्र्सवादी दर्शन ओझेलमा पार्न खोजिएको छ । विभिन्न अवसरवादी तथा दक्षिणपन्थी रुझान भएका पार्टी पनि आफूलाई माक्र्सवादी वा कम्युनिस्ट पार्टीकै नाममा जिवित छन् । यिनीहरूकै बीचमा एउटा सच्चा माक्र्सवादी पार्टीलाई पनि आफ्नो जनमत जोगाई राख्न पनि बुर्जुवा चुनावमा सहभागी हुनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । सबै सच्चा माक्र्सवादी लेनिनवादीहरूलाई थाहा छ– संसदीय अभ्यासबाट जनताका समस्या हल हुँदैनन र आमूल परिवर्तनको बाटो कोरिदैन र पनि आन्दोलन र जनमतलाई बचाई राख्न पनि बुर्जुवाहरूकै सत्तामा सामेल भएरै तिनका गलत प्रवृत्तिको भण्डाफोर गर्दै जनताका पक्ष्ँमा हर सम्भव काम गर्दे अगाडि बढ्नु अहिलेको बाध्यात्मक अवस्था बनेको छ । 
जसका लागि क्रान्ति चाहिएको छ, जसलाई शोषणको जालोले छोपेको छ । मुक्तिको उत्कण्ठा हुनु पथ्र्यो । क्रान्तिको विगुल तिनैले फुक्नु पर्‍थ्र्याे । त्यही वर्ग आज अर्ध निद्रामा रहेको छ । एउटा मध्यम वर्गलाई सधैँमाथि जाने रहर र तल झर्ने डर रहेको छ । त्यही वर्गले कम्युनिस्ट आन्दोलनको नेतृत्व गरी रहेको छ । त्यसैले कैयौँ अवस्थामा यो नेतृत्वले अवसर पाउँदा आफ्नो असली चरित्र प्रदर्शन गरेका कैयौँ उदाहरण हाम्रँ सामु रहेका छन् । 
त्यसैले जबसम्म हामी उत्पीडित, सर्वहारा वर्ग भन्दछौँ, यही वर्ग आ–आफ्नो स्थान क्ष्ँेत्रबाट आफ्ना हक–अधिकार तथा मुक्तिका लागि सचेत भएर आन्दोलनको नेतृत्व गर्न तयार भएर आउने छैन, तबसम्म यो देशको सत्ता ठेकेदार र व्यापारीको हातमा गई रहने प्रक्रिया चली रहने छ र मतदानमा विवेकको प्रयोग नभएर मत क्रय–विक्रयको साधन अर्थात् कुनै वस्तुको रूपमा खरिद बिक्री भई रहने छ ।
अहिलेको वास्तविक अवस्थालाई साक्षात्कार गर्दै, उत्पीडित र सर्वहारा, गरिब, किसानलाई वास्तविक अवस्थाको जानकारी गराउँदै उनीहरूकै हक–हितका लागि मुक्तिको आन्दोलनमा ऐक्यबद्धता हुन आह्वान गरेर एउटा सचेत क्रान्तिकारी सर्वहारा वर्गको पार्टी निर्माण आजको सच्चा माक्र्सवादी लेनिनवादी कम्युनिस्ट पार्टीको जिम्मेवारी हुन आएको छ । होइन भने फेरि पनि यही संसदीय दलदलमा दिग्भ्रमित भएर सर्वहारा वर्गको मुक्ति आन्दोलनले तय गरेको लामो यात्रा झनै लम्बिने छ र प्रतिक्रियावादी किल्ला झनै परसम्म मजबुत भई रहने छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
व्यक्तिगत सम्पत्ति
खोक्रा युवाहरूको देश
सात वर्षमा दुलही, १२ वर्षमा आमा
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal