२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
ट्रक र टिप्परलाई समय सीमा
काठमाडौँ । सरकारले २०७४ असार २८ गतेबाट काठमाडौँको चक्रपथ (रिङरोड) मा पनि ट्रक, टिप्पर र मिनी ट्रकहरू चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने पिक समयमा रिङरोडमा पनि ट्रक, टिप्पर र मिनी ट्रकमा रोक लगाउने निर्णय गरेको हो ।
यातायात ब्यवस्था विभागको पहलमा २०७४ असार २६ गते बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रिङरोडमा ट्रक र टिप्पर लगायतका सवारी साधनहरूलाई प्रवेश र सञ्चालन गर्न नदिने निर्णय गरेको छ । रिङरोडमा पनि अब यस्ता सवारीले समय सीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउने छन् ।
असार २७देखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । २९.२ किलोमिटरको चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनी ट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारवाही गर्ने पाण्डेले बताए ।
ट्राफिक प्रहरीले पनि तोकिएको समयभित्र रिङरोड आउने ट्रक र टिप्परलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ । साउन १ गतेदेखि बसहरू बसपार्कबाटै छुट्नु पर्ने र सिधै कलङ्कीबाट बाहिरिनु पर्ने निर्णय समेत भएको छ । अहिले बसपार्कबाट छुटेका बस कोटेश्वर हुँदै कलङ्की जाने गर्दा पनि समस्या भएको सरकारको भनाइ रहेको छ । पुराना बसपार्कबाट छुट्ने बस पनि सीधा आफ्नो रुटबाटै जानु पर्ने ब्यवस्था लागु हुँदै छ । यसबाट उपत्यकाको सवारी व्यवस्थापनमा केही सुधार आउने अपेक्षा गरिएको बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal