२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
रिलायबल ग्लोबललाई प्राप्ति
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले रिलायबल डेभलपमेन्ट बैङ्कलाई २०७४ असार २५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उदघाटन गरेका थिए ।
गत ११ वर्षदेखि बैङकिङ कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैङ्कले ग्रामीण स्तरसम्म १७ वटा शाखा मार्फत् बैङ्किङ कारोबार गर्दै आएको थियो । बैङ्कको आठ अरब निक्षेप, सात अरब कर्जा तथा एक अरब एक करोड चुक्ता पूँजी थियो । ग्लोबल आइएमई बैङ्क नेपाल सरकार एवं नेपाल राष्ट्र बैङ्कको मर्जर र प्राप्ति नीतिलाई अङ्गिकार गर्दै हालसम्म १० वटा बैङ्क तथा वित्तीय संस्थाहरूलाई सफलतापूर्वक मर्जर र प्राप्ति गरी पूँजीको हिसाबले निजी क्षेत्रको दोस्रो ठुलो बैङ्क बनेको छ । यस प्राप्ति पश्चात् ग्लोबल आइएमई बैङ्कको चुक्ता पूँजी आठ अरब आठ करोड पुगेको छ भने कुल निक्षेप ९७.७० अरब, कर्जा लगानी ८२ अरब, शाखा सङ्ख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैङकिङ सेवा तथा ग्राहक सङ्ख्या ७ लाखभन्दा बढी पुगेको छ । 
२०६३ पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैङ्क यस अघि आइएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैङ्क, सोसियल डेभलपमेन्ट बैङ्क, कर्मज एन्ड ट्रस्ट बैङ्क, प्यासिफिक डेभलपमेन्ट बैङ्कसँग सफल मर्जर तथा प्राप्ति गरी सकेको छ । 
यसैबीच, ग्लोबल आइएमई बैङ्कले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा २०७४ असार २३ गतेदेखि सञ्चालनमा आएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाइ रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टङ्क गैरे लगायतको उपस्थितिमा उक्त शाखाको शुभारम्भ गरिएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal