२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
क्यान्सर पीडितलाई सहयोग
बागलुङ । जापान नेपाली एकता समाजको ओसाका क्षेत्रीय समितिले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । एकता समाजले फोक्सोको क्यान्सरबाट पीडित बागलुङको दुदिलाभाटी माइत भई हाल चितवनको भरतपुर बस्दै आउनु भएकी यम कुमारी शर्मा खरेललाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
समाजका अध्यक्ष कमल कार्कीको सक्रियतामा सङ्कलित नेपाली ५१ हजार एक सय ५१ रूपैया बागलुङको नरेठाँटीमा आयोजित एक कार्यक्रमका बीच पीडितका भाइ तेजेन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय जनमोर्चा नरेठाँटीको संयोजनमा भएको कार्यक्रममा उक्त रकम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा र समाजका अध्यक्ष कमल कार्कीका छोरा याम कार्कीले हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाले जापान एकता समाजले मानवीय सेवामा आधारित रहेर सङ्कलन गरी पठाएको उक्त रकमलाई बिरामीको उपचारमा खर्च गरी सही सदुपयोग गर्न आग्रह गर्नु भयो । पीडित शर्मा खरेलको स्वास्थ्य अवस्थाका बारेमा उहाँका भाइ तेजेन्द्र शर्माले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा नरेठाँटीका प्रतिनिधि जीवन कुँवरको अध्यक्षता र प्रगतिशील पत्रकार सङ्घ केन्द्रीय समितिका सचिवालय सदस्य तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
पीडितका लागि समाजका अध्यक्ष कमल बहादुर कार्की, सचिव मिलन पौडेल, सदस्य दुर्गेश कार्की, डम्मर पुन, सल्लाहकार राजु केसी, त्यसै गरी जापानमा व्यापार व्यवसाय गरी बस्ने नन्दु सापकोटा, सुरेश न्यौपाने, कृष्ण घिमिरे र शिव न्यौपानेले आर्थिक सहयोग गर्नु भएको थियो । समाजले यसभन्दा अगाडि बोहोराफाँट निवासी मृगौला पीडित भिम बहादुर बोहरालाई ८५ हजार र काठमाडौँमा रहेका अनाथ वालबालिका र मृगौला पीडित एक महिलाका लागि १० हजार रूपैया आर्थिक सहयोग गरेको थियो । – मित्र थापा

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal