२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
२२ लाख नयाँ बैङ्क खाता थपिए
काठमाडौँ । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागु गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता थपिएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेष्ठ मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ६६ लाख रहेकोमा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ््ख्या एक करोड ८८ लाख पुगेको हो । 
सरकारले चालु आ.व. को बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारिएको थियो । सो नीति आगामी आ.व. का लागि पनि निरन्तर रहने छ । नेपाल राष्ट्र बैङ्कले असार २५ गते सार्वजनिक गरेको आ.व. २०७४–७५ को मौद्रिक नीति अनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख छ । बैङ्कका अनुसार २०७३ जेष्ठ मसान्तसम्म कर्जा सङ्ख्या १० लाख ९५ हजार रहेकोमा गत चैतसम्म सो सङ्ख्या ११ लाख ८३ हजार पुगेको छ । सरल र सहज बैङकिङ प्रणालीको साधानका रूपमा लिइने एटिएम मेसिनको सङ्ख्या पनि बढ्दै गएको छ । गत आ.व. मा एक हजार आठ सय ५९ एटिएम रहेकोमा यस वर्ष एटिएम सत््या दुई हजार ४७ पुगेको छ । 
त्यसै गरी मोबाइल बैङकिङका ग्राहकको सङ्ख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङकिङका ग्राहकको सङ्ख्या सात लाख ३५ हजार, जारी भएका बिट कार्डको सङ्ख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको सङ्ख्या ६४ हजार पुगेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीति अनुसार २०७३ जेष्ठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकोमा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् । ‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बढेर यस वर्ष ५१ पुगेका छन् । गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या १८२ रहेकामा यस वर्ष घटेर एक सय ५३ वटा कायम भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal