२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ । 
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार उनीहरूलाई भौतिक संरचनाको मुआव्जा माग गरी निवेदन दिनका लागि २०७४ असार २७ गते सात दिने सूचना जारी गरिएको छ । त्यसै गरी मुआब्जा निर्धारण गर्न सहायक प्रजिअ नेत्रप ्रसाद शर्माको संयोजकत्वमा भवन तथा शहरी विकास डिभिजन कार्यालय र नारायणगढ–मुग्लिन सडक आयोजनाका एक एक इञ्जिनियर सदस्य रहेको समिति गठन गरिएको छ । भट्टका अनुसार बस्ती स्थानान्तरणका लागि जोखिममा रहेका घर भएको स्थानीय तह भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिकालाई उचित ठाउँ खोज्न आग्रह गरिएको छ । 
सडकको भित्तो काटेर सडक फराकिलो बनाइएपछि ठाउँ ठाउँमा पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न सडक आयोजनाले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गरेको थियो । आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ शिवराज सेढाईले सो सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएका थिए । सेढाईका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, काली खोला, टोपेखोला लगायत क्षेत्रमा रहेका घर जोखिममा छन् । भित्तो काटिएका र नकाटिएका पहाडबाट पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढाईले बताए । 
आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आउँदो वर्षको बजेटबाट मुआब्जा दिने गरी ती घर अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको छ । सो सडक राष्ट्रिय राजमार्गको अति महत्वपूर्ण सडकभित्र पर्छ । यस्ता सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५–२५ मि सडकको भागमा पर्छ । ती अधिकांश घर सडकको भागमा नै पर्छन् । उनीहरूले भौतिक संरचनाको भने सरकारी नियम अनुसार मुआब्जा पाउने छन् । अति जोखिममा रहेका घर मात्र तत्कालका लागि स्थानान्तरण गर्न भनिएको हो । खनालका अनुसार सडकको मापदण्ड अनुसार घर भत्काउने हो भने दासढुङ्गादेखि मुग्लिनसम्मका कुनै पनि घर सडक छेउमा बाँकी रहँदैनन् । सडकको एकापट्टि नदीको तीरमा साना घर छन् भने अर्कापट्टि छेउमा ६० मिटरसम्म अग्ला पहाड छन् । सोे सडक छेउमा होटल, किराना पसल, ग्यारेज लगायत व्यवसाय सहित बसोबासका लागि पनि घर बनाइएका छन् । 
नारायणगढ–मुग्लिन सडक खण्डमा असार यता मात्र दैनिकजसो पहिरो खसेर नेपाल प्रहरीका भ्यान र ट्रक बगाएको थियो । त्यस्तै, तीन प्रहरीको मृत्यु भएको र एक अझै बेपत्ता छन् । सडकबाट चिप्लिएर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । एक जनाको भने उद्धार गरिएको थियो । पहिराका कारण हाल सो सडकमा राति आवागमन समेत बन्द गरिँदै आएको छ । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal