२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
काठमाडौँ । भारतले भुटान र नेपाललाई पनि सिक्कम झैँ आफूमा मिलाउन खोज्दा समस्या उत्पन्न भएको आरोप चिनियाँ विज्ञले लगाएका छन् । भुटान र नेपालका लागि सिक्किम बन्नबाट बच्नु नै पहिलो चुनौती रहेको चिनियाँ विज्ञको ठहर छ । भुटान र नेपालको आन्तरिक मामिला, सार्वभौमिकता, राष्ट्रिय प्रतिरक्षा र स्वतन्त्रतामा भारतले नाङ्गो हस्तक्षेप र नियन्त्रण जारी राखेकोमा चिनियाँ विज्ञहरूले गहिरो चिन्ता प्रकट गरेका हुन् । 
सीमावर्ती डोक्लाम क्षेत्रमा चिनियाँ सेनाले सडक निर्माण गरी रहँदा भारतीय सेनाले अवरोध पुर्‍याएपछि चीन र भारतबीच चुलिएको तनावले उग्र रूप लिएका बेला चिनियाँ विज्ञहरूको यस्तो भनाइ आएको हो । ‘भारतले भुटानको रक्षा र कूटनीतिमा नियन्त्रण गर्दै आएको छ । यो भुटानको सार्वभौम सत्ता र राष्ट्रिय स्वार्थ विपरीत छ । ठुलो सङ्ख्यामा भारतीय नागरिकहरू नेपाल र भुटानमा बसाइँ सरेका छन् । नेपालको आन्तरिक मामिलामा भारतको ठाडो हस्तक्षेप छ, चीनको चर्चित थिङ्क ट्याङ्क छ’ इन्स्टिच्युटका अनुसन्धानकर्ता लोङ सिङचुन ग्लोबल टाइम्समा लेख्छन् । 
भारतले पहिले ठुलो सङ्ख्यामा सिक्किममा भारतीय नागरिकहरू बसाइँसराइ गरी पठाएको र अन्तत्वगत्वा तिनै भारतीय नागरिकका माध्यमबाट सिक्किमको संसदलाई आफ्नो नियन्त्रणमा लिएर भारतले स्वतन्त्र मुलुक सिक्किम आफूमा विलय गराएको उनले उदाहरण दिएका छन् । सिक्किम बन्नबाट जोगिनु नै भुटान र नेपालका लागि पहिलो चुनौती रहेको उनले उल्लेख गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखहरूमा चिनियाँ विज्ञहरूले भारतको बढ्दो मनोमानीका कारण दक्षिण एसियामा भुटान र नेपालजस्ता मुलुक प्रताडित भएको बताएका छन् । पश्चिमा मुलुकहरूले भारतको प्रभुत्ववाद दक्षिण एसियामा कायम गराएर चीनलाई घेर्नका लागि भारतलाई उपयोग गरेको उनको भनाइ छ । ‘जस्तो सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी गरेको समयमा पश्चिमा मुलुक र सञ्चार माध्यम त्यसबारे मौन बसे । यसबाट देखिन्छ कि भारतको दक्षिण एसियाका साना मुलुकमा रहेको हैकमवाद विरुद्ध उनीहरू आँखा चिम्लिन्छन्’ उनी लेख्छन् । 
डोक्लाम क्षेत्रमा भारतीय सैनिक पसेर चीनको सडक निर्माणमा अवरोध पुर्‍याएर भारतले चीनसँग पौठेजोरी खेल्न खोजेको चिनियाँ विज्ञहरूको भनाइ छ । डोक्लाममा तनाव चली रहेकै बेला तिब्बती पृथकतावादी समूहका नेता दलाई लामा पक्षधरहरूले लद्दाख क्षेत्रमा अवस्थित बाङडोङ तालमा स्वतन्त्र तिब्बतको झन्डा फहराएकोमा चिनियाँ विज्ञले आपत्ति जनाएका छन् । यसरी स्वतन्त्र तिब्बतको झण्डा फहराइनुमा भारतीय पक्षकै चालबाजी हुन सक्ने उनीहरूको बुझाइ छ । ‘भारतले चीनसँग सम्बन्ध बिग्रने बित्तिकै तिब्बत कार्ड खेल्ने गरेको छ, जुन चीनको हितमा त छैन नै, भारतको पनि हितमा छैन । किनकि भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार चीन हो । चीनलाई चिढ्याएर भारतलाई फाइदा छैन’ चिनियाँ विज्ञ यु निङ ग्लोबल टाइम्समै प्रकाशित अर्को लेखमा भन्छन् । भारत र पश्चिमा मुलुकले खेल्दै आएको तिब्बत कार्डको कुनै अर्थ नरहेको उनले बताए । बेलायत र आफूबीच भएको सम्झौता अनुसार डोक्लाम क्षेत्रमा आफ्नो भूभाग भएको दाबी चीनको छ । डोक्लाम क्षेत्रको स्वामित्वबारे भुटान र चीनबीच लामो समय यता विवाद छ । यो क्षेत्र चीन, भुटान र भारतको त्रिदेशीय विन्दु मानिन्छ । रणनीतिक महत्वका हिसाबले चीन, भुटान, भारत र नेपालका लागि पनि यस क्षेत्रको उच्च महत्व छ । चिनियाँ सेनाले अघिल्लो महिना उक्त भूभागमा सडक निर्माण गर्दै गर्दा भारतीय सेनाले अवरोध गरेको थियो । उता भारतले भुटानको सार्वभौमिकताका खातिर आफू लडी रहेको दाबी गरेको छ । 
डोक्लाममा पसेर चिनियाँ सेनाले सडक बनाएको सो क्षेत्र सिलीगुडी करिडोर क्षेत्र नजिकै पर्ने हुँदा सुरक्षाका दृष्टिले भारतका लागि खतराको घण्टी रहेको नयाँ दिल्लीको निष्कर्ष छ । भारतीय सेनाले चिनियाँ सेनाको सडक निर्माणमा अवरोध गरेपछि भारत र चीनबीच तनाव बढेको छ । भुटानको भूमिमा सडक बनाएर चीनले बलमिच्याइँ गरेको आरोप भारतले लगाएको छ । चीनले भारतीय आरोपको खण्डन गर्दै उक्त भूभाग आफ्नो रहेकाले भारतीय सैनिक फिर्ता भएपछि मात्र समस्या समाधान हुने अडान राखेको छ । भारतले चिनियाँ सैनिक भुटानको भूभागमा छिरेको प्रतिवादस्वरूप एक महिना यता आफ्ना सैनिक सीमामा सशक्त रूपमा परिचालित गरेको छ । यो ठाउँ भारतको सधैँ अशान्त रहने उत्तर–पूर्वी क्षेत्र पुग्ने प्रमुख मार्ग पनि हो ।
(अन्नपूर्ण पोष्ट दैनिकको वेभसाइटबाट)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal