२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
गोर्खाल्यान्डका लागि भोक हड्ताल
दार्जिलिङ । भारत सरकार आफ्नो मागप्रति गम्भीर नभएपछि गोर्खाल्यान्डका पक्षधरहश्रले भोक हडतालदेखि दिल्ली धर्नासम्मको कार्यक्रम निश्चित गरेका छन् । गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जी.एम.सी.सी.) को २०७४ असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
असार २७ गते जी.एम.सी.सी. ले गरेका निर्णय अनुसार दार्जिलिङमा अनिश्चित कालीन बन्द जारी राखिने छ भने १५ जुलाईदेखि गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीका नेताहरू ११ बजेदेखि चौरास्तामा आमरण भोक हडतालमा बस्नेछन् । आगामी १३ जुलाईका दिन भानु पुरस्कार फर्काउनका लागि पुरस्कार प्रापक सबै साहित्यकारहरूलाई आग्रह गरिने भएको छ । पहाडमा खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्नका लागि सिलगढीका सबै राजनैतिक पार्टी, नागरिक समाज, खाद्य विभाग र मानव अधिकारवादी सङ्घ÷संस्थालाई पत्र लेखेर आग्रह गरिने छ ।
एवं प्रकारले सांसद अहलुवालियालाई केन्द्रीय भिजिलेन्स पठाउन, संसदमा कुरा उठाउन अनि यो अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाब सहितको आग्रह गर्ने र ६. यति गर्दा पनि खाद्यान्नमाथिको नाकाबन्दी जारी रह्यो भने पहाडभरिबाट झोला बोकेर राशन माग्न ‘सिलगढी जाऊँ’ अभियान थालिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, १४ जुलाईभित्र सबै बोर्डका अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीहरूलाई राजीनामा दिनका लागि आग्रह पनि गरिने भएको छ । आमरण अनशनपछि नयाँ दिल्लीको जन्तरमन्तरमा धरना, सांसद अहलुवालिया र अन्य सांसदहरूसँग लगातार भेट गरेर संसदमा कुरा उठाउन आग्रह गर्ने पनि कार्यक्रम छ । 
आन्दोलनको आगामी कार्यक्रम तय गर्न कोअर्डिनेसन समितिको अर्को बैठक १८ जुलाईको दिन तय गरिएको बताइएको छ । 
गोर्खाल्यान्ड माग गर्दै गत एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङ सहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ ।
गोर्खाल्यान्ड आन्दोलनलाई आतङ्ककारी आन्दोलनको सङ्ज्ञा दिदै बङ्गाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर, ग्रामीण क्षेत्रका विपन्न परिवार भोकभोकै बस्नु पर्दा त्यहाँका जनताको अवस्था झन नाजुक हुदै गएको छ । बङ्गाल सरकारले गोर्खाल्यान्डमा नाकाबन्दी लगाएपछि सीमावर्ती क्षेत्रका नागरिकले घन्टौँ हिँडेर इलामको पशुपतिनगर, अन्तु, समाल्बुङबाट चामल खरिद गरेर लैजान थालेका छन् ।
आधा दर्जनको मृत्यु
आन्दोलनकै क्रममा अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर करिब आधा दर्जन जतिको मृत्यु भई सकेको छ । भाइलाई औषधि खरिद गर्न निस्केका सोनादाका टासी भुटियाको असार २३ गते सिआरपीको गोलीबाट मृत्यु भएको थियो । असार २४ गते सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु भएसँगै आन्दोलनका क्रममा अहिलेसम्म करिब आधा दर्जलने ज्यान गुमाई सकेका छन् । असार २४ गतेको झडपमा गोर्खाल्यान्डका पक्षधर सुरज सुन्दास र समीर गुरुङको मृत्यु भएको थियो । अर्का घाइते सिक्किम गान्तोकको एक अस्पतालमा उपचाररत अशोक तामाङको उपचारकै क्रममा असार २७ गते निधन भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal