२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
राजदण्ड पत्ता लगाउन अपिल
प्युठान । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानले ओखरकोटको कोटबाट दुई वर्ष पहिले हराएको राजदण्ड पत्ता लगाउन सरकार पुरातात्विक विभाग र झिमरुक गाउँपालिकासित अपिल गरेको छ । त्यो राजदण्डको ऐतिहासिक महत्व रहेको भन्दै समितिले उक्त राजदण्ड चोरीको मुद्दाबारे छानबिन गर्न पनि माग गरेको छ ।
ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानकी अध्यक्ष दुर्गा पौडेलले २०७४ असार २७ गते एक वक्तव्य जारी गर्दै सो अपिल गर्नु भएको छ । अध्यक्ष पौडेलद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “प्युठान ओखरकोटको कोट ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । त्यो कोटलाई करिब ४५० वर्ष पहिले परशु घर्तीको नेतृत्वमा आएको सेनाले कब्जा गर्नुभन्दा पहिले त्यहाँजाट राजाको राज्य थियो । सम्भवतः उनीहरू मगर जातिका शासकहरू थिए ।
गाउँमा यो किंवदन्ति छ कि परशु घर्तीले आक्रमण गरेपछि भाग्ने बेलामा जाट राजाले आफ्नो सबै सम्पत्ति गाडेर माथिबाट ढुङ्गा र काठले ढाकी दिएका थिए । त्यो स्थानको उत्खनन् गरेमा त्यो मध्यकालीन इतिहास वा मगर संस्कृतिबारे धेरै जानकारी प्राप्त हुन सक्दछ । त्यसप्रति मैले निर्वाचित गाउँपालिका र सरकारको समेत ध्यान आकर्षित गर्न चाहन्छु । तर यहाँ मैले अर्को महत्वपूर्ण विषयप्रति सरकार र स्थानीय तह समेतको ध्यान आकर्षित गर्न चाहन्छु । 
ओखरकोटको कोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका कैयौँ सामग्रीहरूको हिनामिना वा चोरी हुँदै गयो । तर जाट राजाका पालाको एउटा राजदण्ड एकाध वर्ष पहिलेसम्म विद्यमान थियो । तर त्यसको डिएनए परीक्षण गरेमा जाट वा मगर राजाहरूको कालखण्डको समयबारे धेरै जानकारी प्राप्त हुन सक्दछ ।
कोटका सबै सामग्रीहरू दशैँमा कोटमा लगिन्छ भने अन्य बेलामा पुजारीको घरमा राख्ने गरिन्थ्यो । उनको घरबाट नै करिब २ वर्ष पहिले त्यो राजदण्डको चोरी भयो । त्यो घटनापछि त्यसबारे छानबिन गर्न प्युठानको सिडिओ र प्रहरी समेत ओखरकोटको मच्छीमा पुगेका थिए । राजदण्डको चोरीको छानबिन गर्न सरकारी टोली आएको थाहा पाएपछि पुजारीले आफ्नो घरमा नै आत्महत्या गरे । त्यसपछि प्रहरी आत्महत्याको छानबिन गर्ने काममा लागे र राजदण्डको चोरीबारे छानबिन गर्ने काम त्यो बेला रपछि पनि भएन । त्यो राजदण्डको चोरीको छानबिन र खोजबिन गर्न मैले त्यो बेला पनि प्युठानका सिडिओलाई अनुरोध गरेकी थिएँ । तर अहिलेसम्म त्यसबारे कुनै कारवाही अगाडि बढाइएको छैन ।
ओखरकोटमा परशु घर्तीका सन्तानहरू र जीसीहरू बस्न थालेको करिब ४५० वर्ष भयो । उनीहरू त्यहाँ बस्न थालेको १७ पुस्ता पुग्यो । एक पुस्ताको २५ वर्षको हिसाबले गणना गर्दा त्यो समय करिब ४५० वर्ष नै हुन्छ । त्यसबाट प्रष्ट हुन्छ– जाट राजाको पालाको त्यो राजदण्ड ४५० वर्षभन्दा धेरै पहिलेको थियो । त्यस कारण त्यो राजदण्डले ठुलो ऐतिहासिक महत्व राख्दछ । त्यस कारण त्यसको चोरीको मुद्दाबारे छानबिन गर्न र त्यसलाई पत्ता लगाउन मैले स्थानीय झिम्रुक गाउँपालिका, पुरातात्विक विभाग र सरकारसित समेत अपिल गर्न चाहन्छु ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal