२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि २०७४ साउन १देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा २०७४ असार २६ गते बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनु भयो । 
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाण पत्र आफूसाथ लैजानु पर्ने छ । हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन साउन १देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था समेत गरिएको आयोगले जनाएको छ । 
मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउन नपर्ने जनाउँदै आयोगले नाम दर्ता भई सकेपछि साउन १६देखि २० गतेसम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । 
पछिल्लो पटक आयोगले गत फागुन ९ गते अगाडि १८ वर्ष उमेर पुरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो । सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो । हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ । यस अघि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्ता लगायत कार्यक्रमबाट मतदाता नामावली सङ्कलन गरिदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगन भएको थियो । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal