२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
काठमाडौँ । नेपालले इजरायलसामु कोरियासँग रोजगार अनुमति प्रणाली (ई.पी.एस.) जस्तै पद्धति लागु गर्न र कामको क्षेत्र बढाउन प्रस्ताव गरेको छ ।
वैदेशिक रोजगार विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय (पीबा) सामु नयाँ सम्झौता गर्दा कोटा तोकेर केयर गिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरेको छ । कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि नै भाषा परीक्षामा आधारित पद्धति लागु गर्नु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।
नेपाली अधिकारीहरूले केयर गिभर बाहेकका सम्भाव्य क्षेत्रमा पनि कामदार लैजाने गरी सम्झौता गर्न नेपाली अधिकारीले जोड गरेका छन् । दक्ष नेपाली कामदारले इजरायलमा अन्य क्षेत्रमा पनि काम पाउने सम्भावना रहेकाले कामका क्षेत्र थप्नेबारे पनि छलफल भई रहेको विभागका अधिकारीहरूले बताए ।
अहिले इजरायल जान आवेदन दिएकाहरूमध्येबाट चिट्ठा मार्फत् छनोट गरेर परीक्षा लिइन्छ । तर अब आवदेन बुझाएका सबैको भाषा परीक्षा लिन प्रस्ताव गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताएका छन् । नेपालले एक लटमा जाने कामदार सङ्ख्या बढाउन पनि प्रस्ताव गरेको छ । इजरायलले अहिले परीक्षणका रूपमा वर्षमा ६० जना नेपाली कामदार मात्रै केयर गिभरका रूपमा लगी रहेको छ ।
अहिले दोस्रो चरणमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । यो चरणमा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रूपमा लैजादै छ । पहिलो चरणमा ५९ जनालाई लगिएको थियो । यस पटक केयर गिभरका रूपमा इजरायलमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १०० जनालाई चिट्ठा मार्फत् छानेर भाषा परीक्षा लिइएको थियो । अब इजरायलले नयाँ सम्झौता नभएसम्मका लागि थप एक लटको कोटा पठाउने जानकारी पनि दिएको निर्देशक अधिकारीले बताए ।
हाल इजरायल जाने नेपालीले महिनाको १ लाख रूपैयाभन्दा बढी आम्दानी गर्ने गरेका छन् । तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरूलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । इजरायलमा विशेष गरी वृद्धवृद्धालाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रूपमा केयर गिभर लैजाने गरिएको छ । पहिलो चरणमा ५९ जना छनौट भएर इजरायल पुगेका थिए । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् । यसरी इजरायल जान नेपाली कामदारले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्च लगायत गरी लगभग ९५० डलर मात्रै तिर्नु पर्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
क्लिन फिडबारे अन्यौलता कायमै
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal