२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
क्लिन फिडबारे अन्यौलता कायमै
काठमाडौँ । टेलिभिजन च्यानलमा २०७४ साउन १ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) नीति लागु गर्नेबारे अन्यौलता कायमै छ । व्यवसायीको मिति बढाउनु पर्ने र सरकार निर्धारित नीतिबाटपछि नहट्ने नीतिका कारण यस्तो स्थिति देखा परेको हो । 
सरकारको नीतिगत निर्णय भएका कारण पूर्व निर्धारित समय अनुसार नै क्लिन फिड लागु गर्ने तयारी रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । ‘क्लिन फिड लागु गर्ने सरकारको नीतिगत निर्णय हो’ उनले भने– ‘नीतिगत व्यवस्था फेरी रहने भन्ने कुरा हुँदैन । साउन १ गतेबाट नै यो नीति कार्यान्वयनमा आउने छ ।’ 
स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्ने उद्देश्य सहित सरकारले गत वर्ष क्लिन फिडको प्रस्ताव सहित आम सञ्चार नीति पारित गरेको थियो । विदेशी संस्कृतिको नकारात्मक प्रभाव रोक्न तथा स्वदेशी विज्ञापनको बजार विस्तारका लागि पनि नीति आवश्यक रहेको सरकारको ठहर थियो । सरकारले आगामी आर्थिक वर्ष २०७४÷७५ मार्फत् नै साउन १ गतेदेखि क्लिन फिड लागु हुने घोषणा पनि गरी सकेको छ । क्लिन फिड नीति लागु गर्ने समय नजिकिदै गर्दा नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घ र डिस होम नेपालले असार २५ गते संयुक्त विज्ञप्ती जारी गर्दै डी.टी.एच. कम्पनी केवल टेलिभिजनबाट प्रसारण हुँदै आएका सबै किसिमका च्यानल बन्द गर्ने चेतावनी सरकारलाई दिएको थियो । नेपालमा ९५ प्रतिशत विदेशी च्यानल विज्ञापन सहितका रहेको अवस्थामा यहाँका लागि छुट्टै फिड उपलब्ध नरहेकाले विज्ञापनरहित च्यानल प्रसारण गर्न सम्भव नरहेको विज्ञप्तीमा उल्लेख थियो । 
यस अघि भारतीय प्रसारण फोरम (ई.बी.एफ.) ले पनि नेपालमा तत्काल क्लीन फिड लागु गर्न सम्भव नभएकाले यसको मिति सार्नु पर्ने धारणा सहितको विज्ञप्ती जारी गरेको थियो । आई.बी.एफ. को एक टोलीले नेपाल सरकारका प्रतिनिधिलाई भेटेर नीति लागु नगर्न लबिङ गरेको थियो । सरकारले भने पूर्व निर्धारित समयमै यसलाई लागु गर्ने अडान कायम राखेको छ ।
यता, क्लिन फिड नीति तत्काल लागु गर्न समस्या रहे पनि विस्तारै कार्यान्वयन गर्न सकिने भएकाले नेपालका लागि यो नितान्त आवश्यक रहेको नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठको भनाइ छ । ‘बी.बी.सी., सी.एन.एन. जस्ता विज्ञापनरहित टेलिभिजन नेपालमा प्रसारण हुन सक्ने अरू किन नसक्ने ?’ उनको प्रश्न छ । क्लिन फिड लागु भएसँगै हालको पाँच अर्ब बराबरको नेपाली विज्ञापन बजार एक वर्षमै दोब्बर हुने र यसले राजस्व पनि बढाउने उनले जानकारी दिए । नेपालमा पैसा मात्र तिरेर हेर्नु पर्ने च्यानल मात्र नभएर निःशुल्क हेर्न सकिने ‘फ्रि टू वायर’ च्यानल पनि रहेकाले सबै च्यानल बन्द हुने भ्रममा नपर्न उनले आग्रह गरे ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal