२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
काठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पराजित गर्नु सम्पूर्ण देश र जनताका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको बताएको छ ।
मधेशवादी दल राजपालाई निर्वाचनमा सहभागी बनाउने नाममा वर्तमान सत्ता गठबन्धनले, प्रचण्ड सरकारकै पालामा व्यवस्थापिका–संसदमा अघि बढाइएको संविधान संशोधन विधेयकलाई पारित गराउनका लागि कसरत गरी रहेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले असार मसान्तभित्रैमा सो विधेयक पारित गराइने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । यस्तै, अभिव्यक्ति माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डले पनि दिदै आएका छन् । प्रमुख प्रतिपक्षी एमाले, राजमो, नेमकिपा र नेकपा (माले) लगायतका दलहरू उक्त संशोधन विधेयकको विपक्षमा छन् र सत्ता गठबन्धनसँग सो विधेयक पारित गराउन आवश्यक दुई–तिहाइ बहुमत अहिले छैन । विधेयकका पक्ष्ँमा दुई–तिहाइ पुर्‍याउन सत्ता गठबन्धन घनीभूत छलफलमा लागी रहेको छ । २७ असारको बिहान पनि यसै विषयलाई लिएर सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गरेको छ । तर त्यो बैठकले ठोस निष्कर्ष भने केही निकाल्न सकेन । बैठकमा एमालेले संशोधन प्रस्तावमा आफूले साथ नदिने स्पष्ट जबाफ दिएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । दुई–तिहाइ बहुमत नजुट्ने निश्चित भएपछि सत्ता गठबन्धनले तत्काल उक्त संशोधन विधेयक अघि नबढाउने छनक देखिएको छ । तर फिर्ता लिने निर्णय भने अझै गरी सकेको छैन । राप्रपा र अन्य केही साना दलहरूलाई मन्त्री पद र महत्वपूर्ण मन्त्रालयको ललिपप देखाएर संशोधन विधेयकको पक्षमा ल्याउने कसरत पनि सत्ता गठबन्धनले जारी राखेको छ । त्यस कारण नै देउवाले आफ्नो मन्त्री मण्डलको अझैसम्म पनि विस्तार गरी रहेका छैनन् । देउवा सरकारले राष्ट्रघाती संविधान संशोधन प्रस्तावका पक्ष्ँमा दुई–तिहाइ बहुमत जुटाउन कसरत अगाडि बढाएपछि नेकपा (मसाल) ले त्यसलाई पारित हुन नदिन सम्पूर्ण देशभक्त जनता, सांसद, राजनैतिक दल वा सङ्गठनहरूलाई आह्वान गरेको हो ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ असार २५ गते जारी वक्तव्यमा सो आह्वान गरिएको छ । वक्तव्यमा देउवाले एक हप्ताभित्र संसदबाट पारित गर्ने अभिव्यक्ति दिएको उक्त संशोधन विधेयक समग्र रूपमा राष्ट्रघाती प्रकारको रहेको स्पष्ट पारिएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि पार्टीको धारणा स्पष्ट पारिएको छ ।
महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “प्रधानमन्त्री शेर बहादुरको एक हप्ताभित्र संसदद्वारा संविधान संशोधन विधेयक पारित गर्ने भनेर दिएको अभिव्यक्ति प्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षण भएको छ । त्यो विधेयकमा नागरिकतासम्बन्धी नीतिलाई खुकुलो बनाएर नेपाललाई फिजीको अवस्थामा पुर्‍याउने, पहाडबाट तराईलाई अलग गराउनका लागि मार्ग प्रशस्त गर्न संविधानको २७४ को धारालाई संशोधन गर्ने, गाउँपालिकालाई संविधानले दिएको अधिकारहरूलाई कटौती गर्ने, हिन्दीभाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउनको लागि पृष्ठभूमि तयार पार्ने जस्ता प्रावधानहरू राखिएका छन् । त्यसरी समग्र रूपमा त्यो विधेयक राष्ट्रघाती प्रकारको छ र त्यसले राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना गर्ने छ । त्यस कारण त्यो विधेयकलाई पारित हुन नदिन सम्पूर्ण देशभक्त जनता, सांसद र राजनीतिक दल वा सङ्गठनहरूको ध्यान जानु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
अहिलेको गठबन्धन सरकारको गठन नै भारतीय ग्राइन्ड डिजाइन अनुसार संविधान संशोधन विधेयकलाई पारित गर्न र नेपालप्रतिको भारतीय विस्तारवादी उद्देश्यलाई पुरा गर्न भएको हो । ती उद्देश्यहरू पुरा गर्नका लागि शेर बहादुरको सरकारले मन्त्री पदको प्रलोभन दिएर वा पैसा दिएर संसदलाई किन्ने जस्ता निम्न स्तरका अराजनीतिक काम पनि गर्न सक्ने छ । कुनै पनि तरिकाले त्यो विधेयक पारित भयो भने देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आघात पुग्ने छ । त्यस कारण त्यो विधयकलाई पराजित गर्नु सम्पूर्ण देश र जनताका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको छ ।
आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउने र जोड्ने वा विग्रह र विखण्डन रोक्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो निरन्तरको चाहना पद प्रतिष्ठाभन्दा देशभक्ति नै भएको कुरा पनि बताएका छन् । आफू अपदस्थ भएदेखि नै उनले हिन्दू धर्मको नारा दिएर राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गर्दै आएका छन् । उनले यो पनि भ्रम दिने प्रयत्न गर्दै आएका छन् कि राजाद्वारा नै अहिले सङ्कटमा परेको राष्ट्रियताको रक्षा हुन सक्दछ ।
त्यो जन्मदिनको अवसरमा कट्टर हिन्दूवादी र राजावादीहरूको मन्तव्यबाट त्यो कुरामा कुनै शङ्का रहँदैन कि उनीहरूको मुख्य उद्देश्य गणतन्त्रको विरोध र राजतन्त्रको पुनस्र्थापना हो । उनीहरूले राजतन्त्र अन्तर्गत नै राष्ट्रियताको रक्षा हुन सक्दछ भनेर मन्तव्य दिने बेलामा १९६५ मा भारतसित भएका असमान सन्धिहरू राजतन्त्र अन्तर्गत नै वा राजाको निरङ्कुश शासनको बेलामा नै कालापानीमा भारतीय सेनाले कब्जा जमाएको वास्तविकताले राजाद्वारा नै देशको राष्ट्रियताको रक्षा हुन सक्दछ भन्ने दावी खोक्रो भएको कुरामा कुनै शङ्का रहन्न । अहिले पनि पुनः राजगद्दी प्राप्त गर्नका लागि पूर्व राजाले कैयौँ विदेशी शक्तिहरूसित साँठगाँठ गरी रहेको कुरा आम रूपमा थाहा भएको कुरा हो ।
ज्ञानेन्द्रले देश जोड्ने वा विग्रह र विखण्डनको विरोध गरेर मन्तव्य दिई रहको बेलामा कट्टर हिन्दूवादी र राजावादीहरूको एउटा सङ्गठन, राप्रपाले भारतीय विस्तारवाद वा त्यसका नेपालप्रतिको विस्तारवादी नीतिलाई पुरा गर्न बनेको गठबन्धन सरकारसित साँठगाँठ गर्दै राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पारित गर्न अग्रसर भई रहने वास्तविकताप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । एकातिर, राजाद्वारा देशभक्तिको कुरा र अर्कातिर, राजावादीहरूको राष्ट्रघाती दिशामा अग्रसरता—त्यसले उनीहरूको दोहोरो चरित्रलाई उदाङ्गो पार्दछ ।
राजा वा राजावादीहरूले हिन्दू धर्म वा राष्ट्रियताको कुरा उठाएर जनतालाई जति भ्रम दिन प्रयत्न गरे पनि जनताले यो कुरा राम्ररी बुझेका छन् कि उनीहरूको मुख्य उद्देश्य प्रतिगामी राजतन्त्रात्मक व्यवस्थाको पुनस्र्थापना गर्नु नै हो । चुनावमा उनीहरूको ठुलो पराजयले पनि जनताले उनीहरूको प्रतिगामी नीतिलाई अस्वीकार गरेको र जनता दृढ रूपले गणतन्त्रको पक्षमा उभिएको कुरामा कुनै शङ्का रहन्न ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
क्लिन फिडबारे अन्यौलता कायमै
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
राजदण्ड पत्ता लगाउन अपिल
गोर्खाल्यान्डका लागि भोक हड्ताल
भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ
मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने
२२ लाख नयाँ बैङ्क खाता थपिए
क्यान्सर पीडितलाई सहयोग
रिलायबल ग्लोबललाई प्राप्ति
ट्रक र टिप्परलाई समय सीमा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal