२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
लेखहरू
अमेरिकी साम्राज्यवादको भेनेजुयलाको तेलमा गिद्देदृष्टि
अपत्य शर्मा
विश्वव्यापी रूपमा एकतातिर अर्बपति, खर्बपतिको हातमा पूँजीमाथि पूँजी थपिदै छ भने अर्कातिर, भोकमरी, चरम गरिबी, बेरोजगारी, रोग हत्या, हिंसा, खडेरी, बाढी पहिरो, युद्ध, गृहयुद्धको ताण्डव नृत्य भई रहेछ । अर्बपति, अर्बपतिहरूका लागि ठुलो बजारको आवश्यकता मात्र नभएर सस्ता कच्चा खनिज पदार्थहरूदेखि सस्तो श्रमशक्तिको पनि आवश्यकता बढ्दो छ । सस्ता कच्चा पदार्थ तथा अन्य खनिज पदार्थ र बजार सजिलै उपलब्ध नहुने भएपछि साम्राज्यवादी तथा विकसित पूँजीवादी मुलुकहरूले विकासोन्मुख गरिब मुलुकहरूमा सजिलैसँग प्रचुर महङ्गा खनिज पदार्थको दोहन गर्न ती देशहरूमा एनजिओ, आइएनजिओ मार्फत्् आफ्ना मुलुकका स्वार्थ अनुरूपको कठपुतली सरकारको लागि साम, दान, दण्डभेदको नीतिद्वारा अल्पकालीन दीर्घकालीन योजना लागु गर्दै आएका छन् । साम दामको नीति सफल नहुने भएपछि प्रत्यक्ष सैनिक आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँछ । जब साम्राज्यवादीका कठपुतली सरकार गठन हुनासाथ त्यो मुलुक गृहयुद्ध, युद्ध र आतङ्कको अखडा बन्छ । अमेरिकी साम्राज्यवादी तथा विकसित पूँजीवादी मुलुकहरूले एसिया, अफ्रिका, यूरोप र ल्याटिन अमेरिकामा पनि आतङ्कवादी गतिविधि अपनाउँदै आएको छ । हाल ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाको मदुरोको सरकारलाई भ्रष्ट, मानव अधिकारको हनन् गर्ने तानाशाही सरकार भन्दै सत्ताच्यूत गर्ने प्रयास मात्र नभएर अन्धराष्ट्रवादी श्वेत जातिवादी रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक हस्तक्षेप गर्ने घोषणा गरेका छन् । यस कारण ल्याटिन अमेरिकी मुलुकहरूका राष्ट्र प्रमुख र असहमतिबारे चर्चा गरौँ । 
गणतन्त्रात्मक बोलिभारियन भेनेजुएलाको जनसङ्ख्या ३,०९,१२,३०२ छ । अन्य जातीय समूहमा स्पेनिस, इटालियन, पोर्चिगिज, अरब, जर्मन, अफ्रिकन आदि छन् भने लेखापढीमा भाषामा स्पेनिस (लेखापढीको र आदिवासी भाषा छन्) धर्ममा रोमन क्याथोलिक धर्म छ, जुन ९६ प्रतिशत छ । भेनेजुएलाको राजधानी क्याराकस हो । भेनेजुएलामा राष्ट्रपतीय शासन प्रणाली छ । यसको कुल क्षेत्रफल ३,५२,१४४ स्क्वायर माइल ९,१२,०५० स्क्वायर किलोमिटर छ । यसको सक्रिय सेना १,१५,००० छ । 
भेनेजुएलाको मुख्य बालीमा मकै जुनेलो, बाजरा, उखु, चामल, केरा, सागपात तथा कफी छन् । खनिज पदार्थहरूमा पेट्रोलियम, प्राकृतिक ग्याँस, फलामका घाउ, सुन, बक्साइड हिरा छन् र कच्चा तेल खानीमा ३०० अरब ब्यारेल छ । भेनेजुएलाको श्रम बजारमा श्रमिक शक्ति कृषिमा ७.३ प्रतिशत, उद्योगमा २१.८ प्रतिशत सेवामा ७०.९ प्रतिशत छ भने बेरोजगारी ८.६ प्रतिशत रहेको छ । शिक्षामा ३–१७ वर्ष सम्मका लागि अनिवार्य शिक्षा दिइन्छ भने, साक्षरता ९५.४ प्रतिशत छ । 
इतिहास
कोलम्बसले दक्षिणी अमेरिकामा १४९८ को अगस्टमा पाइला टेकेका थिए । १४९९ मा एलोन्सो डे ओजेडा त्यस भूमिलाई भेनेजुएला भनेर नामाकरण गरे अर्थात् सानो भेनिस जस्तो भएको जहाँ इन्डियनका लामा घरहरू थिए । स्पेनिस उपनिवेशवादीहरूले भेनेजुएलामाथि शासन गरे । एक जना बहादुर योद्धा सिमोन बोलिभरले १८२१ को जुन महिनामा काराबोबोको नजिकै जीत हासिल गरेपछि भेनेजुएला स्पेनबाट मुक्त भयो । १८३० मा कोलोम्बियन फेडरेसनबाट अलग भएपछि रिपब्लिकमा परिणत भयो । भेनेजुएलाको इतिहासमा सैनिक शासकहरूले लामो समयसम्म शासन गरेको देखिन्छ । १९५९देखि प्रजातान्त्रिक रूपले चुनिएको सरकारले शासन गरी रहेछ । कच्चा तेलमा भेनेजुएला विश्वको सबैभन्दा ठुलो धनी मुलुकमा गणना गरिन्छ । भेनेजुएलाले ९४ प्रतिशत तेल निर्यात गरेर करिब आधाजसो राजस्व कमाउँछ । १९७६ को जनवरी १ तारिखमा तेलका कारखानाहरूलाई राष्ट्रियकरण गर्‍यो । भेनेजुएलासँग तेल मात्र नभएर प्राकृतिक ग्याँसको पनि ठुलो भण्डार छ । १९९२ को फेब्रुअरी र नोभेम्बरमा सत्ता पल्टाउने प्रयास गरिएता पनि वफादार सेनाहरूले असफल पारे । मे १९९३ मा राष्ट्रपति कार्लोस एन्डे«ज पेरेजलाई भ्रष्टाचारको अभियोगमा पदबाट हटाइयो र मे १९९६ मा १७ मिलियन अमेरिकी डलर गोप्य सरकारी कोषबाट दुरूपयोग गरेको बताइयो । 
एक जना १९९२ को विद्रोहका नेता ह्युगो चाभेज थिए र जसले अत्यधिक मत ल्याएर डिसेम्बर १९९८ को चुनावमा चुनिएर राष्ट्रपति भए । त्यही महिनामा मतदाताहरूले उनको शक्ति बढ्ने गरेर नयाँ संविधान पास गरे र चाभेज मध्यम तथा माथिल्ला शोषक वर्गप्रति कठोर बनेर तल्लो तहका गरिबहरूको आर्थिक विकासमा विशेष जोड दिए । यस कारण चार्भेज गरिबहरूका बीचमा प्रिय नेता बने भने विदेश नीतिमा अमेरिकी साम्राज्यवादीको विरोधी बनेका हुनाले १२ अप्रिल २००२ मा पद छाड्न बाध्य पारियो । अमेरिकी साम्राज्यवादीहरूले प्रतिक्रियावादी माथिल्लो वर्गको पक्ष्ँमा सबै किसिमका सहायता गरेर लोकतान्त्रिक रूपले छानिएको सरकारलाई हटाएपछि चाभेजका वफादार समर्थकहरूले विद्रोह गरेर अप्रिल १४ मा पुनर्बहाली गरिए । चाभेजलाई एक्लाउने अमेरिकी साम्राज्यवादीको प्रयासलाई असफल पार्न ल्याटिन अमेरिकाका वामपन्थी नेताहरूसँग एकता गरे र इरान र रूससँग पनि एकताको हात अगाडि बढाए । भेनेजुएलाको अर्थतन्त्र प्रगतिको बाटोमा लम्किएकाले २००६ को राष्ट्रपतीय पदको चुनाव जिते । २००७ जनवरी ३१ तारिखमा संसदले उनलाई शासन गर्ने विशेष अधिकार दियो । भेनेजुएलाका मतदाताहरूले संविधानमा संशोधन गरेर राष्ट्रपति पदको तोकिएको समय सीमालाई २००९ को फेब्रुअरी १५ मा हटाई दिए । क्यान्सरले पीडित भएकै अवस्थामा अक्टोबर ७, २०१२ को फेरि दोस्रो पल्ट भएको चुनाव पनि जिते । चाभेजले उपराष्ट्रपतिको सपथ गराउनु पूर्व नै ५ मार्च २०१३ मा चाभेजको मृत्यु भयो । उपराष्ट्रपति निकोलस मदुरो मोरोसले अन्तरिम राष्ट्रपतिको पदमा २०१३ अप्रिल १४ को चुनावमा झिनो बहुमतले विजयी भए । 
ह्युगो चाभेजले गरिबहरूका लागि ठुलो मात्रामा सामाजिक सुरक्षाका बन्दोबस्तहरू गरेका थिए । यस कारण सबैका जनप्रिय नेता थिए । विपक्षीहरूलाई पहिलेदेखि नै वामपन्थी सरकारका विरुद्ध सहायता गर्दै आएका साम्राज्यवादी तथा विकसित पूँजीवादी मुलुकहरूले हाल मदुरोको सरकारका विरुद्ध पनि अरू बढी विपक्षीहरूलाई परिचालन गर्दैछन् । तेलमा आएको मन्दीले गर्दा मौद्रिक नियन्त्र र मालहरूको मूल्यमा नियन्त्रण, सकल घरेलु उत्पादनमा (जिडिपी) ३.९ प्रतिशतले २०१४ मा घट्यो भने २०१५ मा ५.७ प्रतिशतले घट्यो । २०१५ मा मुद्रा अवमूल्यन दर अन्दाजी १२१.७ ले घट्यो र खाने कुरा औषधि र अरू मालसामनको पनि अभाव बढ्दो छ । यसले गर्दा विरोधीहरूले मदुरोका विरुद्ध प्रदर्शनहरूको आयोजना गर्दैछन् । मदुरोका विरुद्धका प्रदर्शनहरूमा प्रदर्शनकारी मारिने क्रम रोकिएको छैन । यसैलाई मुख्य मुद्दा बनाएर अमेरिकी राष्ट्रपति ट्रम्पले सैनिक हस्तक्षेप गर्ने घोषणा गरेपछि ल्याटिन अमेरिकामा ठुलो हलचल ल्याएको छ ।
भेनेजुएलामा ट्रम्पले अमेरिकी सैनिक हस्तक्षेप गर्ने घोषणा गरेपछि ल्याटिन अमेरिकाका मुलुकहरूको भ्रमण गरी रहेका अमेरिकी उपराष्ट्रपति मिक पेन्सलाई ठुलो धक्का लागेको छ । किनभने कोलम्बियाका राष्ट्रपति जौन मानौल सन्तोषले दक्षिण अमेरिकी क्षेत्र शान्तिको क्षेत्र भएकाले संयुक्त राज्य अमेरिकाले सैनिक हस्तक्षेप गर्ने विचार गर्नु हुन्न भने । यस्तो अभिव्यक्तिले गर्दा उपराष्ट्रपतिले गर्दा उपराष्ट्रपतिले आफ्नो भनाइलाई नरम पार्दै शान्तिपूर्ण समाधानको बाटो लिने बताए । भेनेजुएलाका विरुद्ध कठोर मत राख्ने पेरूले पनि वक्तव्य निकालेर सैनिक हस्तक्षेपको निन्दा गर्‍यो । त्यस्तै, मेक्सिकोले भेनेजुएलाको सङ्कट सेनाबाट समाधान हुँदैन भने । उपराष्ट्रपति पेन्सले भ्रमण गरेको पनामा स्वयं १९८९ मा पूर्व राष्ट्रपति जर्ज बुसले आक्रमण गरेर तानाशाहमा नौल नोरीगालाई अपदस्थ गरेको थियो । अमेरिकी साम्राज्यवादीको युद्धपिपासु राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध नीतिलाई दक्षिण अमेरिकी शासकहरूले नचाहने प्रष्ट पारेको छ । 
संयुक्त राज्य अमेरिकाका उदार प्रजातन्त्रवादीदेखि ट्रम्पकै रिपब्लिकन पार्टीभित्रै पनि कटु आलोचित राष्ट्रपति पूर्ण रूपले नाजीवादी फासिवादी जातिवादी हुन भन्नेमा अमेरिकी जनता प्रष्ट हुँदैछन् । किनभने चारलोटेस भिल्ले, भा.मा. भएको अति दक्षिणपन्थीले प्रदर्शन गरेका थिए, त्यसको विरुद्ध प्रदर्शन गर्नेहरूमाथि आतङ्कित पार्दै ३२ वर्षीय प्रदर्शनकारीको हत्या गरे । गोरा अति दक्षिणपन्थी नाजीवादीहरूले मारिएकी महिलाको शवयात्रामा खुशी प्रकट गरेर ताली बजाए । ती अति दक्षिणपन्थी नाजीवादीहरूले स्वस्तिक चिन्हलाई टाँसे र हिटलरको तारिफ गरेर ‘राष्ट्रिय समाजवादी सेना” र “फुहररको ग्याँस च्याम्बरको नारा घन्काए । राष्ट्रपति ट्रम्पले नाजीवादी र वामपन्थी दुवैलाई गाली गरे ।
नव नाजिवादी गोरा राष्ट्रवादी र वामपन्थी प्रदर्शन विरोधी दुवैलाई गाली गरेको देखेर अति दक्षिणपन्थीहरू अति उत्साहित भए । दुवैलाई गाली गरेर वामपन्थी प्रतिको आक्रोशले गर्दा दक्षिणपन्थीलाई हौसला मिल्नु स्वाभाविकै भए पनि रिपब्लिकन पार्टीलाई नै ठुलो नोक्सान पुर्‍याउने हुनाले रिपब्लिकन नेताहरूले यो पनि विरोध गर्दैछन् । पूर्व राष्ट्रपति जर्ज र जर्ज डब्लु बुसले संयुक्त रूपमा राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा व्यक्त विचारको कटु आलोचना गरेका छन् । ट्रम्पले गर्दा ठुलो राजनैतिक रूपले ठुलो धक्का लागेको छ । मुस्किलले एक–तिहाइ अमेरिकीहरूले मात्र ट्रम्पलाई समर्थन गर्दछन् । ताजा जनमत सर्भे गर्दा के देखायो भने सबैभन्दा ज्यादै बदनाम राष्ट्रपति ट्रम्प ठहरिए । 
आफ्नो कठपुतली हुन नचाहने जो कोही उच्च पदाधिकारीलाई हटाउँदै आफ्नो अनुकूल कठपुतली पदाधिकारी नियुक्ति गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका प्रमुख रणनीतिकार स्टिभ व्याननलाई हटाएका छन् । बर्खास्त भए लगत्तै व्याननले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिन लागेको प्रतिक्रिया दिएका छन् । स्टिभ ब्याननलाई बर्खास्त गर्ने कारणहरूमा राष्ट्रिय सुरक्षा सल्लाहकार एच्आर म्याकमास्टर र नयाँ चिफ अफ स्टाफ जेम्सकेली तथा ट्रम्पका ज्वाइँ ज्यारेड कुस्नरसँग खराब सम्बन्ध भएकाले भन्ने विवरण अमेरिकी सञ्चार माध्यममा आएका छन् । ट्रम्प जस्ता मुर्ख राष्ट्रपतिले कार्यकाल पुरा गर्लान्÷नगर्लान् तर उनले भेनेजुएलाको विशाल तेल ग्याँस भण्डारमाथि अधिकार जमाउन लोकतन्त्र र मानव अधिकारको हननको नाममा सैनिक आक्रमण गरेर आफ्नो अभीष्ट पुरा गर्ने सम्भावना बढ्दो छ । ट्रम्पभन्दा पहिलेका राष्ट्रपतिहरूले तेल र अन्य खनिज पदार्थकै लुट गर्न सैनिक आक्रमण र हस्तक्षेप गरेर आफ्ना नरभक्षी रक्तरञ्जित ब्वाँसे अनुहार देखाई सकेका छन् । भेनेजुएलामाथिको आक्रमण र अधिकारले अमेरिकी साम्राज्यवादीका लागि अर्को चियान क्ष्ँेत्र जन्मने छ । भेनेजुएलाका देशभक्त जनताले अमेरिकी साम्राज्यवादीका विरुद्ध दशकौँसम्म राष्ट्रिय जनयुद्ध गरी रहने छन्, जबसम्म अमेरिकी साम्राज्यवादीलाई आफ्नो मुलुकबाट धपाउँदैनन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
देउवाको भारत भ्रमण र स्वाधीनताको प्रश्न
समावेशीकरण र महिला सहभागिताको अवस्था
संयुक्त राष्ट्र र मानव जातिको भविष्य
गर्दैनौँ बालविवाह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal