२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
बिमा सेवा थप विस्तार हुने
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बिमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा विस्तार हुने भएको छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि यो सँगै सो कार्यक्रम लागु हुने जिल्लाको सङ्ख्या २२ पुगेको छ । 
बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भई रहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले २०७२ चैतदेखि कैलाली जिल्लाबाट सो कार्यक्रम प्रारम्भ गरेको थियो । निर्देशक डा. लोहनीका अनुसार बिमा कार्यक्रममा आबद्ध प्रति परिवार (पाँच जनासम्म) ले वार्षिक रूपमा दुई हजार पाँच सय प्रिमियम तिर्दा ५० हजारसम्मको उपचार व्यहोर्ने व्यवस्था छ । पाँच जनाभन्दा बढीको परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप चार सय २५ तिनु पर्ने र थप १० हजारका दरले उपचार खर्च बढ्दै जाने छ । हाल सो कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
देउवाको अभिव्यक्ति आपत्तिजनक ः मसाल
राष्ट्रघाती विधेयक असफल पारेकोमा मसालको बधाइ
मूल प्रवाहले बुझायो ज्ञापन
कम्युनिस्टहरू सदावहार क्रान्तिकारी हुनुपर्दछ ः केसी
‘अदालतबाटै दुई थरि फैसला हुन्छ’
डा. केसी आफै बिरामी
पत्रकार महासङ्घमा वाम–लोकतान्त्रिक गठबन्धन
बाढी पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई राजमोको राहत
निजी विद्यालयमा पढ्न नपाउने
प्रज्ञा र कर्तव्यको सहकार्यमा गोष्ठी
छुुट्टीबाट फर्कन नपाउँदा खाडीका महिलामा तनाव
दशौँ पुस्तकालय दिवस सुरु
राप्रपा प्रजातान्त्रिक सरकारमा जाने
लक्ष्मी बैङ्कको शाखा कमलामाईमा
संगठनात्मक समाचार
बुद्धिजीवी सङ्घको विश्व विद्यालय शाखाको भेला सम्पन्न
सांस्कृतिक रूपान्तरणमा जोड दिनु पर्छ
बाढी पहिरो पीडितलाई राहत प्रदान
समुद्री आँधी ‘हुरिकन हार्भी’ बाट अमेरिकामा बाढी
महिला सहकारीको साधारण सभा सम्पन्न
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal