२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
मूल प्रवाहले बुझायो ज्ञापन
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ज्ञापन पत्र बुझाएको छ । समाजका महासचिव खगेश्वर शर्माको नेतृत्वमा केन्द्रीय सदस्यहरू मतिराज गौतम, ठाकुर खनाल, नारायण जिसी र केन्द्रीय सल्लाहकार हरि आचार्य सहितको प्रतिनिधि मण्डलले २०७४ भदौ ७ गते सो ज्ञापन बुझाएको हो ।
ज्ञापनमा भारतका सरकारहरूले आधार कार्ड र इलिजिबिलिटी सर्टिफिकेट (स्थानीय निवास प्रमाण पत्र) भएमा मात्र बैङमा खाता खोल्न, फोनका सिम निकाल्न, शिक्षण संस्थामा भर्ना हुन, ड्राइभिङ लाइसेन्स लिन, रेलमा यात्रा गर्दा, कोठा भाडामा लिदा, बिद्युत लाइन जडान गर्न तथा नोकरीमा दरखास्त दिन पाइने अनिवार्य गरेको प्रसङ्ग उठाउँदै भनिएको छ– ‘१९५० को सन्धि खारेज नहुँदासम्म नेपालीहरूलाई “नेपाली नागरिकताको प्रमाण पत्र”लाई नै प्रमाणित आधार मानीमाथि उल्लेखित समस्याहरू समाधान गर्न भारत सरकारसँग वार्ता गरियोस् ।”
ज्ञापनमा अगाडि अन्तर्राष्ट्रिय कानुन र प्रचलन विपरीत भारत सरकारले नेपालका सीमा नजिक बनाइएका बाँध, तटबन्ध र अवरोधहरू भत्काउनु पर्ने, सिमानामा दुवैतर्फका सुरक्षाकर्मीद्वारा नेपालीमाथि हुने लुटपाट तुरुन्त बन्द गर्ने, विदेशस्थित नेपाली नागरिककोतर्फबाट सङ्घीय संसदमा समानुपातिक प्रतिनिधत्व गराउन सिट सङ्ख्या निश्चित गर्ने गरी संविधान संशोधन गर्ने, विदेशस्थित नेपाली नागरिकलाई उनीहरू रहेको स्थानबाटै स्वदेशमा हुने राष्ट्रिय निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने, भारत र नेपालबीच टेलीफोन महशुल दर महङ्गो भएकाले घटाउने व्यवस्था गर्ने र सबै खाले सेवा निवृत्त नेपाली नागरिकको पेन्सन नेपालभित्रका बैङ्क मार्फत् बुझ्न पाउने मागहरू पनि गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
देउवाको अभिव्यक्ति आपत्तिजनक ः मसाल
राष्ट्रघाती विधेयक असफल पारेकोमा मसालको बधाइ
बिमा सेवा थप विस्तार हुने
कम्युनिस्टहरू सदावहार क्रान्तिकारी हुनुपर्दछ ः केसी
‘अदालतबाटै दुई थरि फैसला हुन्छ’
डा. केसी आफै बिरामी
पत्रकार महासङ्घमा वाम–लोकतान्त्रिक गठबन्धन
बाढी पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई राजमोको राहत
निजी विद्यालयमा पढ्न नपाउने
प्रज्ञा र कर्तव्यको सहकार्यमा गोष्ठी
छुुट्टीबाट फर्कन नपाउँदा खाडीका महिलामा तनाव
दशौँ पुस्तकालय दिवस सुरु
राप्रपा प्रजातान्त्रिक सरकारमा जाने
लक्ष्मी बैङ्कको शाखा कमलामाईमा
संगठनात्मक समाचार
बुद्धिजीवी सङ्घको विश्व विद्यालय शाखाको भेला सम्पन्न
सांस्कृतिक रूपान्तरणमा जोड दिनु पर्छ
बाढी पहिरो पीडितलाई राहत प्रदान
समुद्री आँधी ‘हुरिकन हार्भी’ बाट अमेरिकामा बाढी
महिला सहकारीको साधारण सभा सम्पन्न
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal