२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राष्ट्रघाती विधेयक असफल पारेकोमा मसालको बधाइ
काठमाडौँ । राष्ट्रघाती संविधान संशोधन विधेयकलाई असफल पार्न मतदान गर्ने सांसदहरूलाई नेकपा (मसाल) ले अभिनन्दन गर्दै बधाइ दिएको छ । व्यवस्थापिका–संसदको बैठकले राष्ट्रघाती संविधान संशोधन विधेयकलाई असफल पार्दाको दिन नै एक प्रेस वक्तव्य जारी गर्दै मसालले सो बधाइ दिएको हो ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ भदौ ५ गते जारी उक्त वक्तव्यमा अगाडि भनिएको थियो– “आज संसदमा सरकारले निर्णयार्थ प्रस्तुत गरेको दोस्रो संविधान संशोधन विधेयकलाई दुई–तिहाइ बहुमत प्राप्त हुन सकेन र त्यसरी त्यो प्रस्ताव पारित भएन । त्यो प्रस्तावबाट देशमा राष्ट्रघातको जुन गम्भीर खतरा थियो, त्यो खतरा टरेको छ । सरकारको त्यो राष्ट्रघाती विधेयकलाई असफल पार्न मतदान गर्ने संसदका सबै सांसदहरूलाई नेकपा (मसाल) ले अभिनन्दन गर्दछ र उनीहरूलाई बधाइ दिन्छ । 
अहिले त्यो प्रस्ताव पारित हुन नसके पनि राष्ट्रियताका अगाडिको खतरा समाप्त भई सक्यो भनेर सोच्नु सही हुने छैन । अहिले संसदमा पराजित भएको दोस्रो संविधान संशोधन विधेयक भारतीय विस्तारवादको नेपालप्रतिको लामो र रणनीतिक विस्तारवादी नीतिको एउटा कडी मात्र हो । उनीहरूले अरू नयाँ नयाँ तरिकाहरू अपनाएर आफ्नो विस्तारवादी उद्देश्य सफल पार्ने र नेपालको राष्ट्रियतामा आँच पुर्‍याउने प्रयत्न जारी राखी रहने छन् । त्यस कारण त्यस प्रकारको खतराका विरुद्ध अहिले त्यो विधेयकका विरुद्ध प्रदर्शन गरिएको एकतालाई अरू उच्च स्तरमा सुदृढ पार्नु पर्ने आवश्यकता छ । विभिन्न राजनीतिक शक्तिहरूका बीचमा आपसमा कैयौँ प्रकारका मतभेद भएता पनि राष्ट्रियताको रक्षाको प्रश्नमा उनीहरूका बीचमा ऐक्यबद्धता आजको राष्ट्रिय आवश्यकता हो र त्यसका लागि हामीले सबै राजनीतिक शक्तिहरूसित अपिल गर्दछौँ ।
माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन सरकारले दोस्रो संविधान संशोधन विधेयकलाई पारित गराउन पुरा शक्ति लगाएको थियो र त्यसका लागि कैयौँ अराजनीतिक र अनैतिक तरिकाहरू पनि अपनाएको थियो । तर सत्ता पक्षको त्यस प्रकारको तरिकाका बाबजुद ती राजनीतिक सङ्गठनहरूभित्र ठुलो सङ्ख्यामा देशभक्त तत्वहरू पनि छन् भन्ने हामीलाई लाग्दछ । उनीहरूले आफ्नो सरकारका त्यस प्रकारका राष्ट्रघाती नीतिहरूका विरुद्ध सशक्त प्रकारले आवाज उठाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टी जोड दिन्छ । 
सरकारले ल्याएको संविधान संशोधन विधेयक पराजित भएपछि नैतिकताका आधारमा प्रधानमन्त्री शेर बहादुरले राजीनामा दिनु पर्ने आवश्यकता हुन्छ । तर उनको जुन प्रकारको राजनीतिक पृष्ठभूमि र चरित्र रहेको छ, त्यसमाथि ध्यान दिँदा उनले त्यस प्रकारको नैतिकताको प्रदर्शन गर्नेछन् भन्ने आशा गर्न सकिन्न । त्यसको विपरीत सरकारले अरू राष्ट्रघाती कदमहरू उठाउँदै जाने नै बढी सम्भावना छ । त्यस कारण त्यस प्रकारका नीतिका विरुद्ध सम्पूर्ण देशभक्त जनता, राजनीतिक शक्ति, सङ्घ÷संस्था वा सञ्चार माध्यम र व्यक्तित्वहरू पनि अगाडि आउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा छिट्टै भारतको औपचारिक यात्रामा जाँदैछन् । देशमा विभिन्न पक्षहरूबाट उनको यात्राको दौरानमा देशको राष्ट्रियता र राष्ट्रिय हितमा आँच पुग्ने प्रकारको कुनै सम्झौता नगरियोस् भन्ने व्यापक आवाज उठेको छ । उनले राष्ट्रघाती प्रकारको कुनै सम्झौता गर्नेछन् भनेर पहिले नै किटान गर्नु सही हुने छैन । तर उनको गत कालको चरित्रमाथि ध्यान दिँदा त्यस प्रकारको सम्भावनालाई पुरै अस्वीकार गर्न पनि सकिन्न । त्यस कारण उनको यात्राको दौरानमा राष्ट्रघाती प्रकारको कुनै सम्झौता नहोस् भन्नका लागि उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने र जनदबाबको सृजना गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
अहिले देश बाढी पहिरोको समस्याबाट गम्भीर प्रकारले पीडित भएको छ । त्यस कारण जनतालाई तत्काल राहत पुर्‍याउन तथा दीर्घकालीन रूपमा त्यो समस्याको निराकरणका लागि पनि हाम्रो पार्टीले सरकारसित अनुरोध गर्दछ । त्यसका साथै पहिरो र बाढी पीडित जनताको सहायताका लागि व्यापक रूपले राहत सङ्कलन गर्न नेपालभित्रका र बाहिरका पनि सम्पूर्ण जनता वा सङ्घ÷संस्थाहरूसित हाम्रो पार्टीले अपिल गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
देउवाको अभिव्यक्ति आपत्तिजनक ः मसाल
मूल प्रवाहले बुझायो ज्ञापन
बिमा सेवा थप विस्तार हुने
कम्युनिस्टहरू सदावहार क्रान्तिकारी हुनुपर्दछ ः केसी
‘अदालतबाटै दुई थरि फैसला हुन्छ’
डा. केसी आफै बिरामी
पत्रकार महासङ्घमा वाम–लोकतान्त्रिक गठबन्धन
बाढी पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई राजमोको राहत
निजी विद्यालयमा पढ्न नपाउने
प्रज्ञा र कर्तव्यको सहकार्यमा गोष्ठी
छुुट्टीबाट फर्कन नपाउँदा खाडीका महिलामा तनाव
दशौँ पुस्तकालय दिवस सुरु
राप्रपा प्रजातान्त्रिक सरकारमा जाने
लक्ष्मी बैङ्कको शाखा कमलामाईमा
संगठनात्मक समाचार
बुद्धिजीवी सङ्घको विश्व विद्यालय शाखाको भेला सम्पन्न
सांस्कृतिक रूपान्तरणमा जोड दिनु पर्छ
बाढी पहिरो पीडितलाई राहत प्रदान
समुद्री आँधी ‘हुरिकन हार्भी’ बाट अमेरिकामा बाढी
महिला सहकारीको साधारण सभा सम्पन्न
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal