२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
कविता/गजल
प्युठान
–एस.पी.
प्युठानैमा जन्म भयो
ओखरकोट नै गाऊँ
त्यसै गाउँमा जन्म हाम्रँे
नेपाली हो नाउँ
झिम्रुक र लुङ नदी
गौमुखीकै शीरैमा
जताततै हरियाली
उर्वरा छ तिरैमा
कालिस्थान, झाँकिस्थान
भित्रीकोटकै गाउँ
ऐतिहासिक धरोहर हो
प्रकृतिकै ठाउँ
माण्डवी र ऐरावती
स्वर्गद्वारी गाउँ
मर्कावाङको रस्ती बस्ती
आफ्नै गाउँ ठाउँ
नेपालीकै छोराछोरी
नेपाली हो नाउँ
साना साना गाउँ
आफ्नै गाउँ आफ्नै ठाउँ


उठ ब्युँझ सर्वहारा
दुर्गा वि.क.
कालो कोट रातो टाई कालै चस्मा लाउनलाई
कति खुशी मिल्छ तिमीलाई भ्रष्टाचार गर्नलाई
नदीनाला बेची सबै हेलिकोप्टर चढ्यौँ
सर्वहारा निमुखालाई झन् दुःखी बनायौँ
भारतको नुनतेललाई महान् किन सम्झियौँ
सीमा मिचीभित्र बस्दा शीर किन झुकायौँ
नेपालीको स्वाधीनतालाई तिमीले किन भुल्यौ
शीरको टोपी लुकाउँदै धोती किन ओढ्यौँ
आफ्नो देशको गोप्य कुरा विदेशीलाई बेची
गद्दार बन्यौँ देशको निम्ति केही रहेन बाँकी
देशद्रोही भ्रष्टाचारी गद्दार पनि तिमी नै
जनतालाई पायौँ तिमीले जालमा माछा पारे झैँ
देशका जनता जागरुक भई हुँदैछन् लामबन्द
अत्याचारी भ्रष्टाचारी, शासनको गर्ने छन अन्त
उठ ब्युँझ सर्वहारा, ज्यामी सुकुम्बासी हो
राष्ट्रघाती, भ्रष्टाचारी, शासनको अन्त गर्ने हो 
(कञ्चनपुर)

गजल
कल्पना पौडेल ‘जिज्ञासु’
बग्दै जान्छु नदी झैँ लोटामा सीमित हुन्न
चुलोचौका घरको चोटामा सीमित हुन्न
नारी पुरुषमा भेदभाव गर्ने यो समाजमा
पिँजडाको सुगाझैं कोठामा सीमित हुन्न
थर, गोत्री फेरि पराइलाई सुम्पे पनि
पतिको तृष्णा मेट्ने घोटामा सीमित हुन्न
नारीमै जन्मनुमा अभिशाप हो भन्दै
पुर्खाको रीत धान्न भोटामा सीमित हुन्न
एक्काइसौँ शताब्दीकी प्रगतिशील नारी हुँ
ढुङ्गे मूर्ति जस्तै म फोटामा सीमित हुन्न


फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
चलचित्र ”फागुन २४“बारे छोटो टिप्पणी
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal