२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
घटनालाई हेर्ने माक्र्सवादी–लेनिनवादी दृष्टिकोण
– भैरव राज रेग्मी
हामीले कुनै घटना, विषय, वस्तुका बारेमा तुरुन्त आफ्ना धारणा व्यक्त गर्दछौँ । त्यो कति वस्तुपरक ? यथार्थ छ ? वा त्यसमा सत्यता छ ? त्यसको विश्लेषणतिर लाग्दैनौँ । जे देख्छौँ वा सुन्दछौँ, त्यही नै सत्य लाग्दछ । हठात् हामी हाम्रो निष्कर्ष सहित यो मेरो विचार हो, यही नै सत्यता हो भनी आफ्ना कुराहरू व्यक्त गर्दछौँ । विचारमा स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो । यसमा दुई मत हुनु पर्ने कुनै आवश्यकता छैन । मानिसमा चेतना हुनाले उसले सोच्ने, धारणा बनाउने, विचार व्यक्त गर्ने र निष्कर्ष दिने उसको स्वतन्त्रता हो । यसको सम्मान सबैले गर्नु पर्दछ ।
औषधि उपचारको नै कुरा गरौँ । एलोप्याथीमा केही वैज्ञानिक विधि, औषधि निर्माणमा रासायनिक मिश्रण आदि विज्ञानसम्मत प्रक्रियाहरू हुन्छन् । त्यसमा औषधि वा उपचार विधिमा लाग्ने फिजिसियन, सर्जनका डाक्टरहरू उनीहरू पढेर विशिष्ट ज्ञान हासिल गरेरका हुन्छन् । त्यस्तै, लामो अनुसन्धान र त्यसको प्रयोगपछि रोगहरू निको पार्ने औषधिहरू सिफारिस गर्छन् । ती औषधि विशेषज्ञद्वारा रोगको निक्र्यौल गरेर सेवन गर्न सिफारिस गर्छन् । कुनै रोगका लागि कुनै औषधिले निको पारेको हामी देख्दछौँ । त्यही कुरालाई अन्तिम सत्य हो भनेर हामी त्यो रोग र त्यो औषधि ठिक छ भनेर अरूलाई सल्लाह दिँदै जान्छौँ । रोगको पहिचान र औषधिको संयोजनले मात्र रोगको निदान हुन्छ भन्ने कुरा त्यससम्बन्धी पढेका विज्ञहरूले मात्र भन्न सक्छन् । हामी विज्ञ हैनौँ । त्यही कुरा आयुर्वेदिक शास्त्रमा पनि सही हो । अहिले आयुर्वेदमा धेरै अनुसन्धान र निष्कर्षहरू फरक ढङ्गबाट निस्केका छन् । सबै यो बजारमा व्यापक रूपमा फैलिएको छ । प्राकृतिक जडीबुटीबाट निदान हुने आयुर्वेदिक औषधिहरूको प्रयोग पनि व्यापक रूपमा बढ्दै गई रहेको छ । तर त्यसको एकीकृत अनुसन्धान केन्द्र कुनै एउटा देशमा पनि छैन र अन्तर्राष्ट्रिय रूपमा पनि छैन, जसले लगातार अनुसन्धान, रोगको निदान र नियमन गर्न सकोस् । व्यापारिक प्रयोजनका लागि व्यापक रूपमा यसको विस्तार भई रहेको छ । यसलाई केन्द्रीकरण गर्ने र नियमन गर्ने सरकारी चासोको विकास भएको छैन । यसका आधारमा हामी आफ्नो अल्पज्ञान, सीमित अनुभव, प्रचार गरिएका जडीबुटी र वैज्ञानिक विधिले मिश्रण गरिएका अप्रशोधित औषधिहरूलाई प्रयोग गरेर रोग निको पार्ने निष्कर्ष निकाल्दछौँ ।
विचारको क्षेत्रमा पनि यही कुरा लागु हुन्छ । अहिले डिजिटल इलेक्ट्रोनिक्स विधिको विकास उच्च स्तरमा वृद्धि भई रहेको छ । सीमित दायरामा छैनन्, सूचनाहरू । यसको अन्तर्राष्ट्रियकरण भई रहेको छ । अमेरिका वा अस्टे«लियाको सूचना विश्वभर ‘काठमाडौँ टुकुचा’ वा ‘माउन्ट एभरेस्टको शिखर’ मा सेकेन्डभरमा प्रसार हुन्छ । यसले सामाजिक सञ्जालको प्रयोगमा व्यापकता आएको छ । यस मार्फत् अल्पज्ञान, अल्प धारणा, अर्धसत्यको प्रसारले मानव समाज अराजकतातिर धकेलिई रहेको छ । समाजमा रहेका समाज विरोधी विचारहरूको हस्तक्षेप बढी रहेको छ । स्वयं मानव एकाईको अल्पज्ञानी, अर्धसत्य निष्कर्षले मानव समाज अत्यन्त व्यक्तिवादी मनोवृत्ति निरास र त्यसको परिणाम ठुलो सङ्ख्यामा मानसिक रोगीहरूको वृद्धि भई रहेको छ । त्यसले आत्महत्या वा बिना कारण धेरै मानिसलाई मारेर आफू पनि आत्महत्या गर्ने प्रवृत्ति विशेषतः विकसित मुलुकहरूमा देखा परेको छ ।
राजनीति क्षेत्रमा त झन् यसले विश्वव्यापी समस्या नै ल्याई दिएको छ । अल्पज्ञान, अर्धसत्य, निष्कर्षविहीन विचारले पैदा गरेका राजनैतिक विकृतिहरूले मानव समाजलाई ध्वस्त बनाउँदै लगी रहेको छ । गरिब, अल्प विकसित, विकासोन्मुख देशहरूमा त यसले यति गहिरोसँग जरा गाडेको छ कि यसबाट मुक्त हुने कुरा अब त विकासको प्राकृतिक नियम अनुसार नै ध्वंश र निर्माणको चक्रबाट मात्र सम्भव हुने देखिन्छ । 
ज्ञानको सिद्धान्त अनुसार जब कुनै घटना, दृष्य वा विचार मस्तिष्कमा बिम्ब पर्दछ, त्यसमा प्रतिबिम्ब पैदा हुन्छ । त्यस बिम्ब–प्रतिबिम्बको अन्तरद्वन्द्वले ठिक र बेठिक निष्कर्ष निस्कन्छ । त्यसपछि मस्तिष्कमा धारणा बन्दछ र त्यो बाहिर प्रयोग भएपछि विचार बन्दछ । विचार लामो समयपछिको प्रयोगले विचारधारा बन्दछ । त्यो विचारधारा विश्वव्यापी प्रयोगमा जान्छ । त्यो दर्शनको रूपमा स्थापित हुन्छ । अब सही वा गलत दर्शन कुन बिन्दुबाट सुरु हुँदो रहेछ छ ? जब घटना र परिदृष्य मस्तिष्कमा बिम्बित हुन्छ, त्यो अवस्थामा निस्केको धारणा बाह्य जगतमा प्रयोगमा आउँदाको समयबाट सही र गलत धारणा जन्म हुन्छ । यहीबाट सही र गलत विचारको विकासले सही वा गलत निष्कर्षहरू समाजमा जन्मन्छन् । सही र गलत विचार बन्ने विधि सबैभन्दा वैज्ञानिक प्रणाली द्वन्द्वात्मक भौतिकवादी प्रणाली हो । द्वन्द्वात्मक भौतिवादी प्रणालीले के भन्छ भने जुन वस्तु जस्तो हो, त्यही निष्कर्ष निकाल्दछ । त्यसको ठिक विपरीत आग्रह–पूर्वाग्रहका साथै पहिलेको धारणाका आधारमा वस्तुलाई विश्लेषण गर्न थालियो भने गलत विचारको जन्म हुन्छ । अर्को विधि द्वन्द्वात्मक हो । वस्तु वा घटना वा विचार मस्तिष्कमा बिम्बित हुने बित्तिकै एकै समयमा सही वा गलतबीच मस्तिष्कमा टकराव हुन्छ । ठिक यही विन्दुमा समग्रतालाई ध्यान दिइयो भने त्यसले सही विचार विकसित हुन मद्दत गर्दछ । यदि अंशलाई मात्र ध्यान दिइयो भने त्यो विचार अल्प हुन्छ । अल्प विचारले अर्धसत्य धारणा बन्दछ । त्यो सार्वभौम प्रक्रिया हो । धर्म एउटा दर्शनको रूपमा स्थापित छ । यसले प्रकृतिलाई वस्तुको रूपमा हेर्दैन । पहिले नै आग्रह गरिएको हुन्छ कि प्रकृतिको उत्पत्ति कुनै काल्पनिक दैवी शक्तिद्वारा निर्माण, सञ्चालन र विकास हुन्छ । यस प्रकारका आग्रह वा पूर्वाग्रहका आधारमा मस्तिष्कमा पर्ने प्रतिबिम्बित अवस्थालाई विचार बनाउन थालियो भने त्यो विचारले पूर्णता पाउँदन । त्यो अर्धसत्य वा गलत विचारमा परिणत हुन्छ, जसलाई मानिसले यो सही विचार वा निष्कर्ष हो भनेर हिँड्दछ । उदाहरणका लागि सिटामोल औषधि ज्वरो आएको बेलामा तामक्रम घटाउने काम गर्दछ । यसको पनि ठिक किसिमले प्रयोग गर्नु पर्दछ । ज्वरो आफ्नै कारणले आउँदैन । कुनै रोगको आक्रमणको परिणाम नै ज्वरो हो । त्यो त्यसलाई मात्र थाहा हुन्छ, जसले रोग र औषधि विषयमा पढेको हुन्छ । त्यो हो– फिजिसियन डाक्टर । ज्वरो आएको अवस्थामा सिटामोल प्रयोग गरेको अवस्थालाई मात्र आधार बनाउँदा हरेक पटक ज्वरो आउँदा बिना डाक्टर वा रोगको जानकारी बिना पुनः सिटामोल प्रयोग गर्‍यौँ भने त्यसले साइड इफेक्ट गरी अरू जटिल रोगको सुरुवात गराउँछ । त्यसैले ज्वरो आउँदैमा सिटामोल प्रयोग गर्ने विचार अर्धसत्य हो । त्यस्तै, जडीबुटी, आयुर्वेदिक औषधिको प्रयोगमा पनि त्यही कुरा लागु हुन्छ । घ्युकुमारी (एलोभेरा) को प्रयोग यसलाई धेरै रोगलाई निदान गर्ने भनिन्छ । तर त्यसको एउटा निश्चित प्रयोग विधि हुन्छ, जथाभावी प्रयोगले यसबाट कुनै निष्कर्ष निस्कन्न । यी सबै अर्धसत्य विचार वा ज्ञानका उदाहरण हुन् ।
राज्यको नीति राजनीति हो । राज्यले कुनै निर्णय गर्‍यो भने त्यो कानुन बन्दछ । कानुन सबैले पालना गर्नु पर्दछ । त्यो कानुनले त्यो राज्य र समाजमा सही वा गलत मान्यता स्थापित हुन्छ । त्यस स्थापित मान्यताले एउटा ऐतिहासिक कालसम्म मानव समाजलाई प्रभावित पारी रहेको हुन्छ । राज्यमा कुनै व्यक्ति राष्ट्र प्रमुख हुन्छ । उसको नेतृत्वमा राज्य चलेको हुन्छ । अब एउटा व्यक्तिको चिन्तनले मानव समाजलाई कति प्रभाव पारी रहेको हुन्छ ? पार्टीभित्र पनि त्यो कुरा सत्य हो । कुनै इस्लामिक राज्य छन्, कुनै क्रिस्चियन राज्य छन्,कुनै हिन्दू राज्यका लागि माग गरी रहेका छन् । कुनै राज्यमा बौद्ध धर्मावलम्बीको बाहुल्यता छ आदि, आदि । धर्म आफै सत्य हो वा अर्धसत्य, यसैमा दुवै पक्षको बहस एक्काइसौँ शताब्दीमा आएर पनि टुङ्गिएको छैन । विज्ञानले एउटा निष्कर्ष निकाल्दछ, त्यो गलत सावित हुन्छ । निष्कर्षका लागि जब नयाँ तथ्यहरू अगाडि आउँछन्, पुराना गलत सावित हुन्छन् । गलत सावित भएका निष्कर्षहरू पनि बोकेर हिँड्ने बलियो विचार समाजबाट समाप्त भएको छैन । सूर्य, चन्द्रमा भगवान नभएर एउटा सूर्यको परिवारभित्र पर्ने ग्रह हो । हिजो तथ्य अगाडि नआउँदा भगवान भनेर निष्कर्ष निकालिएको थियो । अब आएर त्यो गलत सावित भएको छ, तैपनि भगवान मानेर पूजा गर्ने काम समाप्त हुन सकेको छैन ।
यसरी मानवको विचारले दुई वटा विषयले डोहोर्‍याइएको हुन्छ । एउटा, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, अर्को, अधिधूतवादी दृष्टिकोण । अधिभूतवादी दृष्टिकोणले चेतनालाई प्रधान मान्दछ । त्यो भनेको वस्तुभन्दा बाहिर सर्वशक्तिमान तत्व छ, जसलाई ईश्वर (हिन्दू, मुसलमान, सिख, इसाई) भन्दछ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले वस्तु प्रधान मान्दछ । जे जस्तो छ, त्यसलाई त्यही तथ्यमा व्याख्या गर्दछ । प्रकृतिभन्दा पर कुनै अलौकिक शक्तिलाई मान्दैन । त्यसका आधार हाम्रो मस्तिष्कमा बिम्बित भएको घटनालाई विचार बनाउँछौँ । यदि मस्तिष्कमा बिम्बित भएको घटनालाई द्वन्द्वात्मक भौतिकवादी प्रणालीद्वारा विश्लेषण गर्न थाल्दछौँ, हामी अर्धसत्यमा होइन, पूर्ण सत्यमा पुग्दछौँ, गलतमा होइन सहीमा पुग्दछौँ ।
आज इन्टरनेट, फेसबुकमा हाम्रा धारणाहरू सार्वजनिक गरी रहेका छौँ । यी धारणाहरू बनाउँदा सबैको सही धारणा बनी रहेको हुँदैन । मनमा जे लाग्यो, त्यही पोस्ट गर्दछौँ । त्यसैले सयको सङ्ख्यामा होइन, लाखौँको सङ्ख्यामा सही वा अल्प धारणा प्रभावित हुन्छ । त्यसले समाजलाई ठिक ढङ्गमा लैजादैन । त्यही आधारमा लाखौँको सङ्ख्यामा गलत विचारहरू सम्प्रेषण हुन्छ । समाचार माध्यमहरूले पनि अर्धसत्य, गलत अनुभव, गलत निष्कर्षहरू सम्प्रेषण गर्दछन् । त्यसले समाजलाई विकृतितिर धकेल्दछ । यदि हामी समाजका जिम्मेवार नागरिक हौँ भने हामीले हाम्रो धारणालाई सही पुष्टि भएपछि मात्र सम्प्रेषणका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु पर्दछ । जथाभावी सामाजिक सञ्जालको प्रयोगले हामीलाई गैर जिम्मेवार बनाउँछ । स्तरहीन बनाउँछ । हामी कुनै पार्टी, संस्था वा सामाजिक समुदायको व्यक्ति हो भने पनि त्यसले हामी रहेको संस्थालाई ध्वस्त नै बनाउँछ । त्यसैले सही विचारको धारणा बनेपछि मात्रै यसलाई सार्वजनिक गर्ने बानी बसालौँ । २०७४ असोज २६

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
वाम–लोकतान्त्रिक सहयात्रा र “अधिनायकवाद”
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षाको प्रश्न
दिल्लीबाट हेर्दा वाम एकता
अर्थतन्त्रका विविध पक्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal