२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
महिला समावेशिता असन्तोषजनक
काठमाडौँ । संविधान, ऐन–कानुन र राजनीतिक दलहरूले दावी गरिएभन्दा बेग्लै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला सहभागिता असन्तोषजनक रहेको पाइएको देखिएको छ । पहिलो चरणको निर्वाचनका लागि २०७४ कार्तिक ५ गते भएको प्रत्यक्षतर्फको मनोनयन दर्तालाई हेर्ने हो भने यस्तै निष्कर्ष निकाल्नु पर्ने भएको हो ।
राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था संविधानमै भए पनि सङ्घीय संरचनाको पहिलो सङ्घ र प्रदेशमा निर्वाचनमा महिलाहरूको उचित प्रतिनिधित्व भएको छैन, जसले अब महिला प्रतिस्पर्धाबाट राज्यको कार्यकारी निकायमा पुग्न निकै गाह्रो पर्ने निश्चित भएको छ । प्रतिस्पधी महिला हुँदा हुँदै पनि प्रमुख दलहरूले न्यून सङ्ख्यामा मात्र महिला उम्मेदवार खडा गरेर प्रतिस्पर्धाबाट रोकेका हुन् । पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधि सभाको सिटमा जम्मा तीन जना र प्रदेश सभामा ७४ सिटमा जम्मा पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
वाम तालमेलका कारण २१ सिटमा उम्मेदवार उठाएको एमालेले प्रतिनिधि सभामा एक जना पनि महिला उम्मेदवार बनाएको छैन । प्रदेश सभामा भने एक जनालाई मात्रै टिकट दिएको छ । म्याग्दी (ख) बाट नरदेवी पुन एक मात्र महिला उम्मेदवार बनेकी छन । लोकतान्त्रिक गठबन्धनले नेतृत्व गरेको प्रमुख दल नेपाली काङ्ग्रेसले एक सय ११ सिटमध्ये जम्मा तीन जना महिलालाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभामा दुई जना महिलालाई उम्मेदवार बनाए पनि प्रदेश सभामा एक जना मात्र महिलालाई मात्रै उम्मेदवार बनाएको हो । खोटाङबाट सरस्वती बजिमय र बागलुङबाट चम्पादेवी खड्का काङ्ग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । प्रदेश सभामा ७४ सिटमध्ये ताप्लेजुङ (क) बाट लीलादेवी बोखिम काङ्ग्रेसकोतर्फबाट एक मात्र उम्मेदवार हुन् ।
नेकपा माओवादी केन्द्रले पनि जम्मा चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ । प्रतिनिधि सभामा १६ जना उम्मेदवार बनाएको माओवादीले रुकुम पूर्वबाट कमला रोका एक मात्र महिला उम्मेदवार हुन् । तर माओवादी केन्द्रले प्रदेश सभाका लागि भने तीन जना महिलालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट नुवाकोट १ (क) मा राधिका तामाङ, गोर्खा २ (ख) मा कमला नहर्की र बझाङ (ख) मा देवकी मल्ल उम्मेदवार बनेका छन ।
प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाबाट एक जनालाई उम्मेदवार बनाएको छ । प्रथम चरणको मनोनयनमा राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल र अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनलाई उम्मेदवार बनाइए पनि एमाले–माओवादी केन्द्रसितको तालमेलमा मीना पुनलाई फिर्ता बोलाइएपछि राजमोकोतर्फबाट एक मात्र प्रतिनिधि सभा उम्मेदवार दुर्गा पौडेल बाँकी रहेकी छिन् ।
त्यसै गरी राप्रपा नेपालबाट एक, राप्रपा राष्ट्रवादीबाट दुई, राजपाबाट एक, नेपाली जनता दलबाट एक, सङ्घीय लोकतान्त्रिक मञ्चबाट एक, देशभक्त गणतान्त्रिकबाट एक, सङ्घीय खुम्बुवान लोकतान्त्रिक पार्टीबाट एक, राष्ट्रिय जनमुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट चार जना महिला उम्मेदवार छन् ।
प्रदेश सभातर्फ ७४ सिटका लागि २४ जना मात्रै महिला उम्मेदवार छन् । राजपा, सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले पनि दुई÷दुई जना महिला उम्मेदवार बनाएका छन् । अन्य आठ दलले एक÷एक जना महिला उम्मेदवार बनाएका छन् । प्रदेश सभामा महिलाको उम्मेदवारी चार दशमलव ९७ प्रतिशत मात्रै हुन जान्छ ।
प्रतिनिधि सभा निर्वाचन ऐनमा समानुपातिकतर्फको उम्मेदवार बनाउँदा अनिवार्य ५० प्रतिशत महिलालाई बनाउनुपर्ने प्रावधान राखे पनि प्रत्यक्षतर्फको उम्मेदवारीमा त्यस्तो कुनै प्रावधान छैन । प्रतिनिधि सभा निर्वाचन ऐन निर्माणका क्रममा राज्य व्यवस्था समितिमा महिला सांसदहरूले समूहगत रूपमा प्रत्यक्षतर्फ उम्मेदवारीमा महिलाका लागि ३३ प्रतिशत आरक्षित क्षेत्रकै व्यवस्था हुनु पर्ने, ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलाकै लागि आरक्षित गरिनु पर्ने जस्ता संशोधन प्रस्ताव राखेका थिए । तर ती प्रस्ताव अस्वीकार भएको थियो । कानुनले बाध्य बनाएको अवस्थामा भने महिलाको उपस्थिति राम्रो भएको उदाहरण स्थानीय तहको निर्वाचन बनेको छ । त्यसैको लाभ उठाउँदै दलहरू महिलालाई उम्मेदवार बनाउन अनुदार देखिएका हुन् ।
प्रदेश र प्रतिनिधि सभामा पहिलो चरणको एक सय ११ सिटमध्ये जम्मा ४२ जना उम्मेदवार उठे पनि दुई जना स्वतन्त्र हुन । दलहरूले संविधानले तोकेको न्यूनतम प्रतिनिधित्व गराउन पनि सकेका छैनन् । संविधानमा ३३ प्रतिशत सहभागिता भने पनि दलहरूको यो उम्मेदवारी जम्मा पाँच प्रतिशतको हाराहारी हो । प्रत्यक्षतर्फ कम महिला उम्मेदवारी दिएका दलले त्यसको क्षतिपूर्ति समानुपातिकतर्फबाट गर्नु पर्ने छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal