२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्तर्राष्ट्रिय समाचार
रक्षामन्त्री जेम्सको प्रमुख एजेण्डा उत्तर कोरिया
फिलिपिन्स । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताउनुभएको छ । 
उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उहाँले सो धारणा राख्नुभएको हो । रक्षामन्त्री जेम्सले यो हप्ता एसियाको भ्रमण गर्दै हुनुहुन्छ । उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरूसँग कुराकानी गर्ने उहाँले बताउनुभयो । 
फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरूको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस फिलिपिन्स जादै हुनुहुन्छ । 
उहाँले सो बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूसँग पनि छुट्टाछुट्टै वार्ता गर्दै हुनुहुन्छ । उत्तर कोरियाको यस आणविक कार्यक्रमका कारण बढ्दो सुरक्षा चुनौतीका बीच यस क्षेत्रको सेनालाई कसरी सतर्क राख्ने तथा उत्तर कोरियाका बिरुद्धमा के कसरी लड्ने भन्ने बारेमा सो बैठकमा छलफल हुने जानकारी पनि उहाँले दिनुभयो ।(रासस)

प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत
टोकियो । जापानमा २२ अक्टोवर २०१७ मा सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको भएको छ । 
जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै छ गते आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको हो । जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ । 
त्यसैगरी उहाँको सत्ता गठबन्धनमा रहेको अर्काे दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ । यो यहाँको संसदको दुई तिहाई बहुमत हो । जापानी र अरू अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री आबेको दल र उहाँको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन् । 
टोकियोबाट प्राप्त समाचारहरूमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरूको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रूपमा स्थापित हुनुभएको समाचार विश्लेषणहरू गरिएको छ । 
यसअघि संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दल र गठबन्धनले गरी २९० स्थान हासिल गरेको थियो । सत्ताधारी साझेदार अर्काे दलको समेत गरी संसदमा ६५ प्रतिशत स्थानमा रहेको थियो । 
प्रधानमन्त्री आबेले वर्तमान सत्तारूढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरू अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गर्नुभएको बताइएको थियो ।
आबेका अघि बढाउनुभएको नयाँआर्थिक मोडेल आबेनोमिक्सलाई अझै दह्रोगरी अघि बढाउने आबेको योजनालाई यो दुई तिहाई बहुमतले अब सहज बनाउने बताइएको छ । यो निर्वाचनमा प्रधानमन्त्री आबे र उहाँको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसग प्रतिश्पर्धा गरेका थिए । ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए । 
पछिल्ला केही समय यता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समयानुकुल जापानको सुरक्षा नीति निर्माण गर्न आपूmलाई संसदमा दुई तिहाई बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउदै आउनुभएको थियो । 
निर्वाचन परिणाम प्राप्त भएपछिको प्रतिक्रियामा प्रधानमन्त्री आबेले भन्नुभएको छ– मैले यो जितलाई विनम्रतापूर्वक स्वागत र स्वीकार गर्न चाहन्छु । उहाँले सबैलाई आवश्यक सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुभयो । 
परिणामहरू प्राप्त गर्दैगर्दा प्रधानमन्त्री आबेले गर्नुभएको टेलिभिजन सम्बोधनमा उहाँले आफूले चाहेकै रूपमा जनमत प्राप्त भएको भन्दै यसबाट संविधान संशोधनको जापानी जनताको चाहनालाई आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 
साथै उहाँले संविधान संशोधनका लागि सबै राजनीतिक दल र आवश्यक सबै क्षेत्रबाट सहयोगको अपेक्षा आफूले गरेको पनि बताउनुभयो । (रासस)

सिरियाली अल ओमार तेल खानी आइएसको नियन्त्रणबाट मुक्त
दमासकस, सिरिया । सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेल खानीलाई इस्लामिक स्टेट आइएस विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको बताएको छ । 
युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेल खानीबाट सिरियामा द्वन्द्व शुरुहुनु पहिले प्रतिदिन ३० हजार व्यारेल तेल निकालिने गरेकोमा सन् २०१४ मा विद्रोहीले खानी आफ्नो नियन्त्रणमा लिएको थियो । इश्लामिक स्टेट (आइएस) जिहादी समूहले यसलाई आफ्नो गतिविधि सञ्चालन गर्ने प्रमुख आम्दानीको स्रोत बनाउदै आएको थियो । 
सिरियाको सबभन्दा ठूलो मध्येको अल ओमार तेल खानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम भएको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले जनाएको छ । कूर्दिश तथा अरब लडाकूहरूको संयुक्त गठबन्धन एसडीएफका अनुसार कारबाहीका क्रममा उनीहरूतर्फ त्यति ठूलो क्षति भएको छैन । 
एसडिएफका लडाकूहरूले देर अजोरमा आइएस विद्रोहीविरुद्ध लामो समयदेखि शसक्त लडाइँ गरिरहेका छन् । एसडिएफले गत महिनो एउटा ठूलो ग्यास खानी कब्जामा लिएका थिए । 
युफ्रेटिज नदीको पश्चिमपट्टि भने रूसी सेनाको सहयोगमा सिरियाली सरकारी सेना आइएस विरुद्ध युद्धरत छ । (रासस)

पाकिस्तानी सुरक्षा कारबाहीमा आठ लडाकूको मृत्यु
इश्लामावाद, पाकिस्तान । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रहरीको कारबाहीमा आठ जना लडाकूको मृत्यु भएको छ । 
२१ अक्टोवर २०१७ (शनिबार) को राति अर्धसैनिक सुरक्षा बल तथा आतङ्वाद विरोधि प्रहरी विभागले वाल्डिया वजार क्षेत्रमा आतङ्कारी लडाकू लुकेर बसेको भन्ने सूचनाको आधारमा चलाएको संयुक्त खानतलासीका क्रममा विद्रोहीले गोली चलाएपछि दोहोरो भीडन्त भएको अर्धसरकारी बलका स्थानीय प्रवक्ताले बताए । 
सुरक्षाकर्मीले विद्रोही लुकेको ठाउँलाई घेराहाली आतङ्वादी समूहका लडाकूलाई नियन्त्रणमा लिने क्रममा तीन जना सुरक्षकर्मीसमेत घाइते भएका बताइएको छ । 
मृतक विद्रोहीको परिचय भने अझै खुलिनसकेको बताइएको छ । रातिको समय भएकाले केही विद्रोही भने भाग्न सफल भएका प्रहरीले जनाएको छ । उक्त स्थानबाट विद्रोहीले प्रयोग गर्दै आएका विस्पोटक पदार्थ तथा केही वन्दोबस्तीका सामानसमेत नियन्त्रणमा लिइएको छ । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal