२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
कञ्चनपुर, । दुधालु हुँदासम्म पाल्ने र दूध दिन छाडेपछि गाईलगायतका चौपाया बजार क्षेत्रमा छाडारूपमा छाड्ने प्रवृत्तिका कारण राजमार्ग क्षेत्र दुर्गन्धीत हुनुका साथै वातावरणमा प्रतिकूल असर परिरहेको छ । 
जनावरबाट मानिसमा हावा, गोबर र पिसाबबाट सर्ने रोगको सङ्क्रमण बढ्न सक्ने जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो । महेन्द्रनगर, सुडा, दैजी, सिसैया, झलारी, वनसमिति, कलुवापुर, वाणि, बङ्क, गुलरियालगायतका बजार क्षेत्रका राजमार्गमा छाडा चौपाया बस्ने गरेकाले बजार क्षेत्रको सौन्दर्यता बिग्रीनुका साथै बजार क्षेत्र दुर्ग्न्धित बनेको छ । 
छाडा चौपायाकै कारण शहरी क्षेत्र, राजमार्ग र आसपासका गाउँ बस्तीमा सवारी दुर्घटना बढ्नुका साथै यातायात सेवामा बाधा पुग्ने गरेको छ । यात्रुले निकै सास्ती खेप्नु परेको स्थानीय बासिन्दाहरूले बताउछन् । कृषकले मेहनत गरी लगाएको अन्नबाली एकछिनमै छाडा चौपायाले खाइदिने गरेकाले कृषिको उत्पादनमा समेत असर परेको बताउछन् । 
झलाडीरी बजार क्षेत्रमा मात्रै ८००भन्दाबढी चौपाया छाडा छाडिएका छन् । बेदकोट, भीमदत्तनगर, शुक्लाफाँटा र कृष्णपुरमा गरी झण्डै तीन हजार बढी चौपाया छाडिएका छन् । कृषि पेशामा बढ्दो यान्त्रीकरण, युवाशक्ति विदेश पलायन, सामुदायिक वनमा नियन्त्रित चरिचरन र बन्देज, पशु नश्ल सुधार, सामाजिक उत्तरदायित्व लिने संस्कार न्यून र नगरपालिका, पशु सेवा कार्यालय, गाउँपालिका, नागरिक समाजलगायत सम्बन्धित निकायले चासो नदिँदा छाडा चौपायाको समस्या सिर्जना भएको पशु विकास अधिकृत तारादत्त अवस्थी बताउनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal