२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
तीन महिनाभित्र अर्को किस्ताको रकम
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा २०७२ को शक्तिशाली भूकम्प पीडितलाई अर्काे किस्ताको रकम दिइने दावी गरेका छन् । प्राधिकरणमा पद बहालीपछि २०७४ कार्तिक ७ गते पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने बताए । पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् सुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उनले भने– ‘प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामा छ ।’ कानून निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै उनले भने– ‘धरहरा, बालगोपाल मन्दिर, वसन्तपुर दरबार लगायतका महत्वपूर्ण पुरातात्विक संरचनाको पुनःनिर्माणमा विशेष ध्यान दिने छु । त्यसका लागि आर्थिक स्रोत जुटाउने छु ।’
बिपत्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पबाट आठ हजार सात सय ९० को मृत्यु तथा २२ हजार ३०० घाइते भएका थिए । त्यसबाट ३१ जिल्लाका करिब ८० लाख जनता विस्थापित भएका थिए । 
(रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal