२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
हेटौँडा । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले माघको पहिलो सातादेखि कुलेखानी तेस्रोबाट १४ मेगावाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने दावी गरेका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटाँैडाद्वारा २०७४ कार्तिक ७ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै उर्जामन्त्री थापाले यस्तो दावी गरेका हुन् ।
उनले उर्जा पुग्न नसकेका जनताबीच उर्जा उपलब्ध गराउन उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्ध स्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नु पर्ने आवश्यकतामा उनले जोड दिए । मुलुकमा अहिले उर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई उर्जा मन्त्रालयले आह्वान गरी सकेको उनले बताए । 
अर्कातिर, उर्जा सचिव अनुप उपाध्यायले देशको विभिन्न क्षेत्रमा विद्युत् उपलब्ध गराइएको भए पनि तराई क्षेत्रमा अवैध रूपमा विद्युत् चुहावट गर्ने प्रविधिलाई नियन्त्रण गर्नु पर्ने र साना÷साना जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्न सरकारले दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न लागिएको बताए । यता, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ घटाउन उर्जा चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न कार्यदलको गठन गरिएको बताए । उर्जालाई थप उत्पादन गर्न मन्त्रालयबाट अनुमति पाएका साना आयोजनालाई यथाशीघ्र विद्युत् उत्पादन गर्ने कार्यलाई सञ्चालनमा ल्याउन र विदेशबाट थप उर्जा ल्याई औद्योगिक क्षेत्रलाई, उपभोक्तालाई विद्युत् वितरण गर्न उर्जा मन्त्रालय र विद्युत् प्राधिकरण लागी परेको बताए । 
कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाष मिश्रले माघको पहिलो साताबाट सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भई रहेको जानकारी दिए । चार अर्ब ५२ करोडको लागतमा कुलेखानी तेस्रो आयोजनाको निर्माण भई रहेको छ । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal