२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
माओवादी केन्द्रले सरकार नछोड्ने
काठमाडौँ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचन सुनिश्चित नभएसम्म माओवादी सरकारमै रहने बताएकी छिन् । आफ्ना मन्त्रीहरू बिना विभागीय स्थितिमा पुग्दा माओवादी केन्द्रले के गर्ला भन्नेबारेमा कौतुहलता भई रहेकै बेला प्रवक्ता भुसालको यस्तो प्रतिक्रिया आएको हो ।
’हामीले अबको निर्वाचन सुनिश्चित नभएसम्म सरकारमै रहने भनेका थियौँ, त्यो अझै पक्का भएको छैन’ २०७४ कार्तिक ७ गते भुषालले एउटा अनलाइनसित प्रतिक्रिया दिँदै भनेकी छिन् । यस अघि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बिना विभागीय मन्त्री महेन्द्र बहादुर शाहीले कार्तिक ५ गते सरकारबाट बाहिरिने बताएका थिए । 
सत्तारूढ दल माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र चुनावी तालमेल अघि बढाउने सार्वजनिक गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपालाई सरकारमा ल्याएर माओवादीका मन्त्रीहरूलाई बिना विभागीय मन्त्री बनाएका थिए । अहिले पार्टीका नेताहरू जिल्लाहरूमै व्यस्त भएकाले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउनेबारे छलफल गर्न नसकेको माओवादी केन्द्रकी प्रवक्ता भुषालको थप प्रस्टोक्टि थियो । ’यसबारे छलफल गर्ने समय नै जुरेको छैन, सबै साथीहरू जिल्लामा जानु भएको छ’ उनले भनिन्– ढिला भएको मात्र हो, केही समयमै यसबारे छलफल हुन्छ ।’

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal