२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
दुवै निर्वाचनको मतगणना एकै पटक
काठमाडौँ । दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि र ७४ सिटका लागि प्रदेश सभाको निर्वाचन मङ्सिर १० गते हुँदै छ । तर मङ्सिर १० गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना मङ्सिर २१ मा हुने दोस्रो चरणको निर्वाचनपछि मात्रै एकै पटक मतगणना गरिने छ ।
निर्वाचन आयोगका प्रवक्ता एवं सचिव नवराज ढकालले दुवै चरणको निर्वाचनपछि मात्रै मतगणना सुरु गरिने बताएका छन् । ढकालले भने– ‘यो निर्णय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेकै दिन दुवै चरणको निर्वाचनको मतगणना सुरु गर्ने भएको हो ।’
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गराए पनि मतगणना भने निर्वाचन सकिए लगत्तै गराएको थियो । तर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पहिलो चरणको निर्वाचनको मत परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित हुने सक्ने आयोगको ठहर छ । आयोगले त्यही विश्लेषण सहित मङ्सिर १० मा ३२ जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिए पनि मङ्सिर २१ को दोस्रो चरणको निर्वाचनपछि मात्रै मतपेटिका खोलेर गणना गर्ने निर्णय लिएको हो ।
प्रवक्ता ढकालले निर्वाचन कार्यतालिकाका स्वीकृतिसँगै ३२ जिल्लाकै जिल्ला निर्वाचन कार्यालयहरूलाई सर्कुलर गरी सकिएको बताए । ‘मतदान सकिए लगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख रहने गरी प्रहरीलाई त्यसको सुरक्षा गर्ने जिम्मा दिइने छ । सबै जिल्लाले यसबारे आवश्यक तयारी गरी सकेका छन् । दोस्रो चरणको निर्वाचन सकिएपछि मतगणना सुरु हुने छ’ उनले भनेका छन् ।
आयोगका अनुसार मङ्सिर १० मा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मतपेटिकाको सुरक्षा नेपाल प्रहरीले गर्ने छ । मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख र नियन्त्रणभित्रै मतपेटिकाको सुरक्षा प्रहरीले गर्ने आयोगको योजना छ । प्रहरीको सुरक्षा घेराभित्र मतपेटिका राख्दा सुरक्षित हुने भएकाले दोस्रो चरणमा मङ्सिर २१ को निर्वाचनपछि मात्रै गणनाका लागि मतपेटिका सम्बन्धित जिल्लाको केन्द्रमा पुर्‍याइने छ ।
३२ जिल्लामा मङ्सिर १० मा हुने पहिलो चरणको निर्वाचनको ११ दिनपछि बाँकी जिल्लामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने छ । ११ दिनसम्म पहिलो चरणमा भएको निर्वाचनमा जनताले खसाएको मतको सुरक्षाका विषयमा भने प्रश्न उठेको छ । तर आयोगले प्रमुख निर्वाचन अधिकृतको निगरानी रहने गरी कडा सुरक्षा घेराभित्र मतपेटिका राखिने भएकाले सुरक्षाका सवालमा प्रश्न नउठाउन आग्रह गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal