२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
(आगामी प्रतिनिधि सभाका लागि प्युठानबाट राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बन्नु हुने भएपछि “परिवारवाद” को टिप्पणीहरू आई रहेको सन्दर्भमा त्यसबारे स्पष्ट हुन मद्दत पुग्ने ठानेर राष्ट्रिय जनमोर्चाको मुखपत्र “जनसत्ता” को वर्ष २५, अङ्क १० (२०७३ मङसिर) मा प्रकाशित नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको अन्तरवार्ताभित्रको यो अंश यहाँ दिइएको हो ः सम्पादक)
० धेरैतिर भनाइ छ कि नेताहरूले पारिवारिक राजनीति बढी गर्दछन् । का. दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष्ँ र सांसद समेत हुनु हुन्छ के त्यसलाई नातावाद भन्न सकिन्न ?
– यो प्रश्नमाथि अर्को कोणबाट विचार गरौँ । कुनै पार्टीको नेता वा कार्यकर्ताले आफू पार्टीमा सामेल भएपछि आफ्नो परिवारका अन्य सदस्यहरूलाई पार्टीमा सामेल गर्न जोड दिनु पर्छ वा उनीहरूलाई पार्टीबाट पुरै अलग राख्नु सही हुन्छ ? दोस्रो कुरा, सही भएमा पार्टीको कुनै नेता वा कार्यकर्ताले आफ्नो नाता पर्ने कुनै व्यक्तिलाई पार्टीमा प्रवेश गर्न नदिने नियम नै बनाउनु पर्ने छ । त्यसो भएमा मैले आफ्ना पत्नी, छोरा वा नाता पर्ने कुनै व्यक्तिलाई पार्टीमा ल्याउनु गलत हुन्थ्यो । त्यस प्रकारको नीति कहाँसम्म सही हुन्छ ? तर यदि हामीले आफ्नो परिवारका अन्य सदस्यहरूलाई पनि पार्टीमा प्रवेश गराउने नीति अपनाउँछौँ वा त्यसमा जोड दिन्छौँ भने उनीहरूलाई कुनै समितिमा नराख्ने वा कुनै जिम्मेवारी नदिने नीति अपनाउनु सही हुन्छ वा उनीहरूको काम, भूमिका, क्ष्ँमता वा सम्बन्धित समितिको निर्णय अनुसार उनीहरूलाई विभिन्न जिम्मेवारी दिनु, समितिमा राख्नु सही हुने छ ? हाम्रो पार्टीमा हामीले कैयौँ नाता पर्ने व्यक्तिहरूलाई पनि विभिन्न समितिमा राख्ने वा जिम्मेवारी दिने गरेका छौँ । आपसमा नाता पर्ने कैयौँ व्यक्तिहरू पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनहरूका पदमा रहेका कैयौँ उदाहरण छन् । का. चित्र बहादुर केसी र मेरो नजिकको नाता पर्दछ । पहिले उहाँ पार्टीको प्रवक्ता हुनु हुन्थ्यो भने अहिले राष्ट्रिय जनमोर्चाको अध्यक्ष र संसदीय दलको नेता हुनु हुन्छ । उहाँ सरकारमा उपप्रधानमन्त्री पनि हुनु हुन्थ्यो । के यो नातावाद भयो ? यदि त्यसलाई नातावाद भन्ने हो भने उहाँलाई ती सबै पद र जिम्मेवारीमा राख्नु गलत थियो वा उहाँसित नाता परेकाले म पार्टीको महामन्त्रीबाट हट्नु पर्दछ । का. गोविन्द सिंह थापा मेरो साख्खै मामा पर्नु हुन्छ । तर उहाँ कैयौँ समय भारतमा नेपाली एकता समाजको अध्यक्ष रहनु भयो । राष्ट्रिय जनमोर्चाका कैयौँ पदहरूमा रहनु भयो । के त्यो नातावाद भयो ? के उहाँ कुनै पदमा रहनु गलत थियो ? अर्को शब्दमा कुनै एउटा व्यक्ति पार्टीमा सामेल भएपछि उनीहरूका नाता पर्ने सबै व्यक्तिहरूलाई पार्टीमा प्रवेशका लागि ढोका बन्द गर्नु पर्दछ ?
पार्टी वा हाम्रँ जनवर्गीय सङ्गठनहरूमा आपसमा पतिपत्नी, बाबुछोरा, सम्धी, ससुरा–ज्वाइ, मामाभाञ्जा आदि नाता पर्ने व्यक्तिहरू एकैसाथ पार्टी वा जनवर्गीय सङ्गठनका कैयौँ पदहरूमा भएका कैयौँ उदाहरणहरू पाइन्छन् । के नातावादको कसौटीमा पार्टी वा जनवर्गीय सङ्गठनहरूमा शुद्धीकरणको अभियान चलाएर नाता पर्ने सबै व्यक्तिहरूलाई हटाउन सही हुने छ ?
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि आपसमा नाता पर्ने कैयौँ व्यक्तिहरू एकैसाथ पार्टी वा सरकारका उच्च पदहरूमा रहेका कैयौँ उदाहरणहरू पाइन्छन् । लेनिन र क्रूप्सकाया, माओ र च्याङचिङ आदिका उदाहरणहरू यस सन्दर्भमा उल्लेखनीय छन् । कैयौँ देशहरूका कम्युनिस्ट पार्टीका केन्द्रीय समितिहरूमा पतिपत्नी, दाजुभाइ वा कैयौँ नजिकका नाता पर्ने व्यक्तिहरू साथसाथै केन्द्रीय कमिटी वा पोलिट ब्युरोमा रहेका कैयौँ उदाहरणहरू पाइन्छन् । त्यसरी मुख्य प्रश्न उनीहरूको नाता पर्छ या पर्दैन भन्ने होइन । मुख्य प्रश्न नाता पर्ने कुनै व्यक्तिलाई उनीहरूको कामको पृष्ठभूमि वा कार्यक्ष्ँमताको आधारमा कुनै जिम्मेवारी दिएको छ वा व्यक्तिगत नाताका कारणले मात्र नै कुनै पदमा राखिएको छ भन्ने हो । अरू सबै पक्षहरूमाथि ध्यान नदिइकन खालि नाताका कारणले कसैलाई कुनै जिम्मेवारी दिइन्छ भने त्यो नातावाद हो । तर कसैको आफ्नै क्ष्ँमता, कामको पृष्ठभूमिका आधारमा कुनै जिम्मेवारी दिइन्छ भने त्यसलाई नातावाद भन्न मिल्दैन । यही प्रकारको पृष्ठभूमिमा नै दुर्गा पौडेललाई कतिपय जिम्मेवारी दिने जुन कार्य भएको छ, त्यो नातावाद हो वा होइन ? त्यसबारे विचार गर्नु पर्दछ । उनको स्वयं कुनै कामको पृष्ठभूमि नभइकन खालि मेरी पत्नी भएकाले मात्र उनलाई कुनै पदमा राखिएको हो भने त्यो नातावाद हुने छ । उनको आफ्नो कामको पृष्ठभूमि वा योगदान भएर पनि मेरी पत्नी भएकाले मात्र कुनै जिम्मेवारी दिने वा पार्टीको सदस्य बनाउनु नै नातावाद ठहर्छ र गलत हुन्छ भने पार्टीमा यसरी नाता पर्ने सबै व्यक्तिहरूलाई विभिन्न जिम्मेवारीहरूबाट हटाउनु पर्ने छ ।
गत कालमा क. चित्र बहादुर केसी र क. गोविन्द सिंह थापालाई पनि मेरो नाता परेकाले नै महत्वपूर्ण पदहरूमा राखिएको थियो भन्ने टीकाटिप्पणीहरू पत्र पत्रिकाहरूमा प्रकाशित भएका थिए । तर प्रश्न यो हो– मेरा नाताको कारणले उहाँलाई कुनै जिम्मेवारी दिइएको थियो वा आफ्नै कामको पृष्ठभूमि वा योगदानहरूका कारणले उहाँहरूलाई बेग्ला–बेग्लै जिम्मेवारीहरू दिइएको थियो वा उक्त पदहरूमा राखिएको थियो ? होइन, उहाँहरूलाई आफ्नै कामको पृष्ठभूमि वा योगदानका कारणले विभिन्न जिम्मेवारीहरू दिइएको थियो वा अहिले पनि दिइएको छ । दुर्गालाई पनि त्यसरी नै कुनै जिम्मेवारी दिइएको हो वा उनको कामको कुनै पृष्ठभूमि नभइकन खालि मेरो नाता परेकाले कुनै जिम्मेवारी दिइएको हो ? यो स्वयं पाठकहरूले मूल्याङ्कन गर्ने कुरा हो । उनको सन्दर्भमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु ः उनलाई कुनै पदमा राख्ने वा जिम्मेवारी दिने कुरा सम्बन्धित समितिको निर्णय वा सहमति अनुसार नै गरिएको छ, मेरो जोड जबरजस्तीका कारणले होइन । अझ वास्तविकता यो हो कि मेरी पत्नी भएकाले कैयौँपल्ट मैले कतिपय विभिन्न पद वा जिम्मेवारी दिने प्रस्तावहरूलाई मैले रोक्ने गरेको छु र कैयौँपल्ट त्यस प्रकारका कैयौँ जिम्मेवारीहरूबाट उनी बाहिर हुने गर्नु परेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal