२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसर पारेर पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई ‘राजतन्त्रको गर्न खोज्ने प्रतिगामी कदम’ भन्दै तीव्र विरोध र भत्र्सना गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले दिपावली–२०७४ को अवसरमा देशवासीका नाममा सन्देश दिंदै “देश अहिले नेतृत्वविहीन अवस्थामा रहेको र जनताले चाहेमा आपूm नेतृत्व दिन तयार रहेको” अभिव्यक्ति दिएका थिए । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७४ कार्तिक ५ मा एक प्रेस वक्तव्य जारी गर्दै पूर्व राजाको उक्त अभिव्यक्तिलाई “गणतन्त्रप्रतिको चुनौती” बताउनु भएको छ ।
अध्यक्ष्ँ केसीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “तिहारको सन्दर्भ पारेर पूर्व राजा ज्ञानेन्द्रले देशको अवस्था बिग्रेको टिप्पणी गर्दै आफूले नेतृत्व लिन चाहेको कुरा बताएका छन् । यो गणतन्त्रप्रतिको चुनौती हो । उनको यो चुनौतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले बारम्बार राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा भएको कुरा बताउँदै आएका छौँ । सरकारमा रहेका राजनीतिक दलहरूको राष्ट्रियता विरोधी, अप्रजातान्त्रिक र भ्रष्ट चरित्रका कारणले जनतामा बढेको असन्तोषलाई आधार बनाएर पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्र पुनस्र्थापना गर्न प्रयत्न गरेका छन् । राजतन्त्र विश्व स्तरबाटै पतन भई सकेको छ । नेपालमा पनि महान् जनआन्दोन र संविधान सभाको आम चुनावद्वारा जनताको म्यान्डेट लिएर विधिवत रूपमा राजतन्त्रको अन्त गरी गणतन्त्र स्थापना भएको छ । राजतन्त्र पुनस्र्थापना गर्न खोज्नु प्रतिगामी कदम हो । त्यस प्रकारका कुनै पनि चलखेलको हामीले तीव्र विरोध र भत्र्सना गर्दछौँ । पटक पटक सरकारमा रहेका दलहरूले शासन सञ्चालनमा राष्ट्रियता र गणतन्त्रप्रति जिम्मेवारी बोधका साथ काम गर्न जोड दिन्छौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal