२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्युठान र बागलुङ जिल्लामा एमाले र माओवादी केन्द्र सहितको ‘वाम गठबन्धन’सँग चुनावी तालमेल गरेको छ । तालमेल अनुसार प्युठानबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल अब तीनै पार्टीको साझा उम्मेदवार बन्नु हुने छ । त्यस्तै, प्रदेश सभाका लागि राजमोका कृष्ण थापा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट र टेक बहादुर घर्ती बागलुङ निर्वाच क्षेत्र नम्बर २ को ‘ख’ बाट उम्मेदवार बन्नु हुने छ । सहमति अनुरूप कृष्ण थापा र टेक बहादुर घर्तीले मंसिर १० मा हुने निर्वाचनका लागि कार्तिक ५ मा बागलुङबाट आफ्नो उम्मेदवारी दर्ता गराई सक्नु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि आउँदो मङसिर महिनाको १० गते पहिलो चरणको र २१ मङसिरमा दोस्रो चरणको निर्वाचन हुँदै छ । बागलुङमा पहिलो चरण अन्तर्गत मङसिर १० मा निर्वाचन हुँदै छ भने प्युठानमा दोस्रो चरण अन्तर्गत मङसिर २१ मा हुने छ ।
राष्ट्रिय जनमोर्चा, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूका बीचमा २०७४ कार्तिक ४ गते बागलुङ र प्युठान जिल्लामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो । सहमति अनुसार प्रतिनिधि सभाका लागि बागलुङका दुई निर्वाचन क्ष्ँेत्रहरूबाट एमाले र माओवादी केन्द्रबाट एक÷एक स्थानमा र प्रदेश सभाका लागि बागलुङ र प्युठानबाट गरी समान दुई÷दुई निर्वाचन क्ष्ँेत्रमा उम्मेदवारी दिइने छ । ती तीन पार्टीकातर्फबाट उठाइने उम्मेदवारलाई जिताउन तिनै पार्टी लागी पर्ने सहमति पनि शीर्ष नेताहरूको बीचमा बनेको छ । सहमति पत्रमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष्ँ रश्मीराज नेपाली, नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली र माओवादी–केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नु भएको छ ।
राजमो, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूद्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त सहमति पत्रमा अगाडि भनिएको छ– “आज मिति २०७४ साल कार्तिक ४ गते नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीच आगामी मङसिर १० र २१ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बृहत् वाम एकता र चुनावी तालमेल गर्ने उद्देश्यका साथ तपशिल बमोजिम पार्टीका प्रमुखहरूको बैठक बसी निम्न निर्णयहरू सर्वसम्मत साथ गरियो ।
निर्णय नं. १ ः– देहाय बमोजिम निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरियो ः
प्युठान प्रतिनिधि सभा–राजमो
प्युठान प्रदेश सभा १ र २ मा १÷१ वटा एमाले र माओवादी केन्द्रले लिने
बागलुङ प्रतिनिधि सभा १ एमाले
बागलुङ प्रदेश सभा १ (१) एमाले
बागलुङ प्रदेश सभा १ (२) राजमो
बागलुङ प्रतिनिधि सभा २ माओवादी केन्द्र,
बागलुङ प्रदेश सभा २ (१) माओवादी केन्द्र
बागलुङ प्रदेश सभा २ (२) राजमो 
निर्णय नं. २ ः– निर्णय नं. १ अनुसार तालमेल गरी निर्वाचनमा भाग लिएका पार्टीका उम्मेदवारहरूलाई हामी तीनै पार्टीकातर्फबाट सघाउने र जिताउने काममा खट्ने निर्णय गर्दछ । साथै सम्पूर्ण नेता÷कार्यकर्तालाई यो निर्णय पूर्णतः कार्यान्वयन र पालन गर्न तिनै पार्टीकोतर्फबाट निर्देशन गर्दछ ।
निर्णय नं. ३ ः– यस गठबन्धनको पक्षमा मतदान गर्न सम्पूर्ण जनतालाई हार्दिक अपिल व्यक्त गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal