२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
चुनाव-2074 समाचार
रूपन्देहीमा चुनावी भेला सम्पन्न
बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देही निर्वाचन क्षेत्र नं. २ को बुटवलमा सम्पन्न भेलाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई व्यवस्थित तथा प्रचारात्मक बनाउने गरी विभिन्न निर्णयहरू गरेको छ ।
२०७४ कार्तिक २८ गते आयोजित भेलाले पार्टीले निर्वाचन प्रचार प्रसारका लागि चुनावी कार्यक्रमहरू पनि तय गरेको निर्वाचन परिचालन समितिका संयोजक दल बहादुर भण्डारीले बताउनु भयो । भेलाले भण्डारीको संयोजकत्वमा नौ सदस्यीय मूल परिचालन समिति, ढुण्डीराज पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति तथा लाल बहादुर क्षेत्रीको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ । भेलाले चुनाव प्रचार प्रसारका लागि आवश्यक आन्तरिक तयारीस्वरूप कार्तिक ५ गतेसम्म जन भेटघाट, बैठक गर्ने, कार्तिक ५ गतेदेखि १० गतेसम्म उम्मेदवार सहतिको घरदैलो कार्यक्रम तथा १० गतेदेखि १९ गतेसम्म कोणसभा गरिने कार्यक्रम तय गरेको छ । 
भेलालाई राजमोका पूर्व महासचिव तथा सभासद सन्त बहादुर नेपाली, निर्वाचन परिचालन समितिका संयोजक दल बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ शर्मा, राजमो जिल्ला सचिव दिपक पौडेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन लाल बहादुर क्षेत्री र स्वागत राजमोका बुटवल नगर अध्यक्ष पदम श्रेष्ठले गर्नु भएको थियो । 
त्यसै गरी, क्षेत्र नं. १ मा पनि भेला सम्पन्न भएको छ । भेलाले क्षेत्र नं. १–१ मा धनु पाण्डेको संयोजकत्वमा ११ सदस्यीय मूल परिचालन समिति र २ नम्बरमा शिवराम घिमिरेको संयोजकत्वमा नौ सदस्यीय मूल परिचालन समिति गठन गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
यसैबीच राष्ट्रिय जनमोर्चा रूपन्देही क्षेत्र नम्बर २ ले २०७४ मङ्सिर २ गते निर्वाचनसम्बन्धी कार्यक्रम र चुनावी प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन समितिले २ मंसिरमा बुटवलमा पत्रकार सम्मेलन गरी चुनावी कार्यक्रम र १७ बुँदे प्रतिबद्वता पत्र सार्वजनिक गरेकोे हो । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको चुनावी कार्यक्रममा मङ्सिर २ गतेदेखि नै क्षेत्र नम्बर २ का सबै ठाउँमा निर्वाचनका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । मङ्सिर ८ गतेसम्म बुटवल उपमहानगरपालिकाका विभिन्न ठाउँमा कोणसभा, घरदैलो, बैठक तथा भेलाहरू गरिने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक दल बहादुर भण्डारीले बताउनु भयो । मङ्सिर ९देखि १२ गतेसम्म तिलोत्तमा नगरपालिकाको विभिन्न वडा तथा बस्तीहरूमा कोणसभा, घरदैलो, भेला, बैठक तथा जन घेटघाट गरिने बताईएको छ । १३ गते समीक्षा बैठक बस्ने र १४ गतेदेखि १९ गतेसम्म जन भेटघाट र आमसभाहरू गरिने निर्वाचन परिचालन समितिका संयोजक भण्डारीले जानकारी गराउनु भयो ।
सम्मेलनमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार डिल्ली प्रसाद पाध्या (बाबुराम) ले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निर्वाचन परिचालन समितिका संयोजक दल बहादुर भण्डारीको अध्यक्षता, तुलसीराम शर्माको सञ्चालन र ढुण्डीराज पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।

बाँकेमा चुनावी कार्यक्रममा तीव्रता
नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले विभिन्न निर्वाचन क्षेत्र स्तरीय प्रचार प्रसार, घरदैलो भेटघाट, पर्चा वितरण र कोणसभा मार्फत् चुनावी कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । 
निर्वाचन क्षेत्र नं १ मा कार्तिक २८ र २९ गते नरैनापुर गाउँपालिका र कार्तिक ३०, मङ्सिर १ र २ गते राप्तीसोनारी गाउँपालिका, ३, ४ र ५ गते कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएका छन् । यी गाउँपालिकाका नरैनापुर, सुइया, बिनौना, तिलरिया, कुसुम, टिकौलिपुर, मधवा, समसेरगञ्ज, ढकेरी, हवलदारपुर, चौधरीयागाउँ, मदनचोक, कौसिलानगरमा कोणसभा सम्पन्न भएका छन् । कोणसभामासमानुपातिक उम्मेदवार तुलसीराम सापकोटा, राष्ट्रिय जनमोर्चा बाँके सल्लाहकार भिम प्रसाद देवकोटा, प्रतिनिधि सभा सदस्य उम्मेदवार कमला खड्का र प्रदेश सभा सदस्य उम्मेदवार श्रीराम लामिछाने (सरद) लगायतले सम्बोधन गर्नु भएको थियो । त्यसै गरी निर्वाचन क्षेत्र नं. २ र ३ मा पनि राजमोको चुनाव प्रचार प्रसार टोलीले विभिन्न ठाउँमा भेटघाट, पर्चा वितरण र घरदैलो कार्यक्रम निरन्तर सञ्चालन गरी रहेको छ ।

राष्ट्रिय जनमोर्चाका चुनावी गतिविधि
प्युठानमा राजमोको चुनावी अभियान हर्षोल्लासका साथ अगाडि बढ्दै
प्युठान । राष्ट्रिय जनमोर्चाले वाम गठबन्धन सहितको चुनावी अभियानलाई हर्षोल्लासका साथ अगाडि बढाई रहेको छ । कार्यक्रम अन्तर्गत २०७४ कार्तिक ३० गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा प्युठानका राजनीतिक दलका उम्मेदवारहरू आफ्नो चुनावी अभियान लिएर जिल्लाका विभिन्न स्थानमा पुग्नु भएको छ । जिल्लामा रहेका सात गाउँपालिका तथा दुई नगरपालिका र ६४ वडा तहसम्म पुग्नका लागि व्यस्त कार्यतालिका बनाएर उम्मेदवारहरू गाउँगाउँमा गई रहनु भएको छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरू घरदैलोसम्म पुग्ने प्रयत्न गरेका गरी रहनु भएको छ । सबै उम्मेदवारहरूले आफ्ना कार्यक्रमलाई अत्यन्तै तीव्र ढङ्गले अगाडि बढाई रहनु भएको छ । वाम गठबन्धन प्रतिनिधि सभा उम्मेदवार दुर्गा पौडेलले गौमुखी गाउँपालिकाको रजवारामा भएको सभामा सम्बोधन गर्नु भएको छ । पौडेलसँगै प्रदेश सभा ख का उम्मेदवार कृष्णध्वज खड्का र एमाले समानुपातिक उम्मेदवार भोज विक्रम बुढा मगर, राष्ट्रिय जनमोर्चा समानुपातिक उम्मेदवार तारा जिसी रहनु भएको थियो । 
त्यस्तै, वाम गठबन्धन प्रदेश नम्बर क का उम्मेदवार हरि प्रसाद रिजालले धुवाङ र उदयपुरकोटमा चुनावी कार्यक्रम सम्पन्न गर्नु भएको छ । उहाँका साथमा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका लाल बहादुर राउत लगायत सहभागी हुनु हुन्थ्यो । वाम गठबन्धनको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढी रहेको अभियानमा सहभागी अनेरास्ववियुका केन्द्रीय सदस्य विनोद भण्डारीले जानकारी दिनु भयो । एवं प्रकारले वाम गठबन्धन स्वर्गद्वारी नगरपालिकाले वडा स्तरीय भेलाहरू सम्पन्न गरेको छ । सो क्रममा स्वर्गद्वारीको ४ र ५ नम्बर वडाको संयुक्त भेला सम्पन्न भएको थियो । राजमोका जिल्ला उपाध्यक्ष इमान सिंह खड्का, जिल्ला सदस्य वीर बहादुर पुन, इन्द्र खड्का तथा एमालेका नेत्र बहादुर रोकायाको आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो । 
त्यस्तै, मङ्सिर १ गते संयुक्त वाम गठबन्धनले चुनावी प्रचार प्रसारको कार्यक्रमलाई निरन्तरता दिने क्रममा प्युठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गा पौडेलले गौमुखी गाउँपालिकाको अर्खामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा वाम गठबन्धन प्रदेश सभाका ख उम्मेदवार कृष्णध्वज खड्काले पनि सम्बोधन गर्नु भएको थियो । अर्खामा भएको उक्त कार्यक्रमलाई उद्योग वाणिज्य सङ्घ प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, संयुक्त वाम गठबन्धन निर्वाचन प्रचार समिति गौमुखीका महावीर राना, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, एमाले समानुपातिक उम्मेदवार भोज विक्रम बुढा मगर लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा प्रदेशका समानुपातिक उम्मेदवार तारा जिसीको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रदीप तामाङको सञ्चालन, रतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा सीताराम थापाले स्वागत गर्नु भएको थियो । 
चुनाव प्रचारकै क्रममा संयुक्त वाम गठबन्धन प्रदेश क का उम्मेदवार हरि प्रसाद रिजालको उपस्थितिमा मङ्सिर १ गते ऐरावती गाउँपालिकाको बिजुलीमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई राजमो जिल्ला अध्यक्ष कृष्ण खड्का, जिल्ला समन्वय समिति प्युठानका संयोजक केशव आचार्य, प्रदेश सभाका समानुपातिक उम्मेदवार बासुदेव पोखरेल, नेकपा माओवादीका पोलिट व्युरो सदस्य कृष्ण अधिकारीले सम्बोधन गर्नु भएको थियो ।
त्यसै गरी, मङ्सिर २ गते गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले गौमुखी गाउँपालिकाको पुँजा र लिवाङमा भएको चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । सभामा लिवाङ र पुँजा आसपास क्षेत्रबाट ठुलो सङ्ख्यामा जन सहभागिता रहेको थियो । कार्यक्रमलाई प्रदेश सभा उम्मेदवार कृष्णध्वज खड्का, एमालेका समानुपातिक उम्मेदवार भोज विक्रम बुढा मगर, राष्ट्रिय जनमोर्चा समानुपातिक उम्मेदवार तारा जिसी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो । 
एवं प्रकारले, वाम गठबन्धन प्रदेश सभाका उम्मेदवार हरि प्रसाद रिजाल सरुमारानी गाउँपालिकाको वडा नम्बर १ र २ मा चुनाव प्रचारमा व्यस्त हुनु हुन्छ । उहाँलाई सरुमारानीका युवाहरूको व्यापक साथ र सहयोग रहेको बताइएको छ । प्रचार टोलीमा पूर्व सभासद धन बहादुर रायमाझी लगायतका नेताहरू सहभागी रहनु भएको छ । 
त्यस्तै, संयुक्त वाम गठबन्धन नजिकका शिक्षकहरूको स्वर्गद्वारी नगरपालिका र झिमरुक गाउँपालिका स्तरीय भेला सम्पन्न भएका छन् । झिमरुकको मच्छीमा भएको कार्यक्रमको अध्यक्षता डम्मर जिसी, सञ्चालन शिव बहादुर एमसीले गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य बालाराम पोखरेल, अखिल नेपाल शिक्षक महासङ्घ प्युठानका अध्यक्ष शेर बहादुर थापा, अखिल नेपाल शिक्षक सङ्गठनका गोपाल जिसी र माओवादी निकट शिक्षक सङ्गठनका कमल जिसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा वाम गठबन्धन निर्वाचन परिचालन समिति संयोजक सिद्धिमान जिसी झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले पनि सम्बोधन गर्नु भएको थियो । वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । 
त्यसै गरी स्वर्गद्वारीमा भएको शिक्षक भेलाको सञ्चालन यमराज शर्मा र अध्यक्षता ऋषिराम पोखरेलले गर्नु भएको थियो । शिक्षक सङ्गठनका नेताहरू भुपाल सिंह थापा, मिनराज शर्मा र रविलाल पोखरेलको सो कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य वीर बहादुर पुन, एमालेका नेता राम प्रसाद श्रेष्ठ र माओवादी केन्द्रका नेता ऋषिराम पुनले समेत मन्तव्य राख्नु भएको थियो । 

कपिलवस्तुमा घरदैलो तथा जनभेट तीव्र
कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले कपिलवस्तु क्षेत्र नम्बर १ मा घरदैलो तथा जन भेटघाट कार्यक्रम तीव्र बनाएको छन् । क्षेत्र नम्बर १ कपिलवस्तु निर्वाचन परिचालन समितिका संयोजक छविलाल गैरेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ क का उम्मेदवार दल बहादुर कँुवर, महिला नेतृ विमला श्रेष्ठ, छविलाल सिँजाली, चन्द्र पुरी, दिपक सेन, सुरज भुसाल, अम्बिका पौडेल, तेज प्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, लीलाराम रेग्मी सहितको टोलले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ४ लगायतका स्थानहरूमा जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
त्यस्तै, क्षेत्र नम्बर १ मा पनि घरदैलो तथा जन भेटघाट निरन्तर सञ्चालन भई रहेको छ । संयोजक छविलाल गैरेको नेतृत्वमा माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार दल बहादुर कुँवर, तेज प्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, टिकाराम सापकोटा, ज्ञानिश्वर पौडेल, सुरज भुसाल, कमल बिसी, दुर्गा शाही लगायतको टोलीले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ४ को ठाकुरापुर, गजेहडा बजार लगायतका स्थानहरूमा जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।
अभियानलाई निरन्तरता दिदै संयोजक छविलाल गैरेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार दल बहादुर कँुवर, टिकाराम सापकोटा, ज्ञानिश्वर पौडेल, विमला श्रेष्ठ, दधिराम आचार्य, हुमलाल आचार्य, यज्ञ आचार्य, भविलाल शर्मा, बेत प्रसाद आचार्य लगायतको टोलीले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ को सिमलखोरमा पनि जन भेटघाट गर्नु भएको छ । त्यसका साथै सिमलखोर क्षेत्रमामा पहिलो चरणको जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
मङ्सिर ३ गते राष्ट्रिय जनमोर्चा चुनाव प्रचार प्रसार समिति कपिलवस्तुले क्षेत्र नम्बर १ का विभिन्न स्थानमा घरदैलो तथा जन भेटघाट कार्यक्रम सञ्चालन गरी रहेको छ । निर्वाचन परिचालन समिति कपिलवस्तु मूल समितिका संयोजक राम प्रसाद बेल्बासेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार दल बहादुर कँुवरका साथै निर्वाचन प्रचार प्रसार समिति क्षेत्र नम्बर १ का संयोजक डबल सिंह जिसि सहित शिव पौडेल, विमला श्रेष्ठ, दधिराम आचार्य, भविलाल शर्मा, टङ्क जिसी, बी. शङ्कर पराजुली, कमल बिसी लगायतको टोलीले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ को मधुवनमा जन भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । सो अवसरमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले सम्बोधन गर्नु भएको थियो । त्यसका साथै मधुवन क्षेत्रमा पनि पहिलो चरणको जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

काठमाडौँ–६ मा राजमोका उम्मेदवार
समिर सिंहको लोकप्रियता बढ्दो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँ–६ मा चुनाव प्रचार प्रसारको कामलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । यस क्ष्ँेत्रमा राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाका लागि अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंहलाई उम्मेदवार बनाएको छ । युवा दार्शनिक नेताको छवि बोकेका समिर सिंह यस क्षेत्रमा लोकप्रिय उम्मेदवारका रूपमा देखिनु भएको छ । राजमोको चुनाव प्रचार प्रसार टोली काठमाडौँ–६ मा जनताको घरदैलोमा पुग्दा स्थानीय जनताले उत्साहजनक रूपमा समर्थन जनाई रहेको चुनाव प्रसार टोलीमा रहेका सदस्यहरूले बताएका छन् ।
“हाम्रँे आगमनलाई जनताले उत्साहजनक रूपमा लिएको पाइएको छ” चुनाव प्रचार प्रसार टोलीमा रहनु भएका विद्यार्थी नेता दुशान्त पौडेलले भन्नु भयो– जनता ठुला दलहरूप्रति आक्रोशित देखिन्थे । मोहन विक्रम सिंह, चित्र बहादुर केसी जस्ता नेता र राजमो जस्तो पार्टीको खाँचो छ । यो देशमा त्यसैले हाम्रँे भोट यस पटक राजमोको गिलास चिह्नमा नै जान्छ भनेर आश्वासन दिएका छन् हामीलाई काठमाडौँ–६ का जनताले ।” जनताले दिएको अपार समर्थनबाट राजमो प्रचार टोली निकै उत्साहित देखिन्छ ।
राजमो चुनाव प्रचार प्रसार टोलीले काठमाडौँ–६ अन्तर्गतको ठमेल एरियामा कार्तिक २८ गते, गल्कोपाखामा २९ गते, जाल्पाचोकमा ३० गते, नयाँ बसपार्क गङ्गबुमा मङ्सिर १ गते, काभ्रेस्थली, धर्मस्थली र झोर एरियामा २ गते र सामाखुशी एरियामा ३ गते जन भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेको थियो । मङ्सिर २ मा उक्त टोलीले काभ्रेस्थली, धर्मस्थली र झोर एरियामा मोटरसाइकिल र्‍याली समेत गरेको थियो । उम्मेदवार सहित राजमोको चुनाव प्रचार प्रसार टोली काठमाडौँ–६ का ती एरियामा पुग्दा स्थानीय जनताले उत्साहपूर्वक समर्थन जनाएका थिए ।
काठमाडौँ–६ मा चुनाव प्रचार प्रसारको कार्यक्रम अगाडि बढाउन राजमो काठमाडौँले मुक्त बहादुर केसीको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति बनाएको छ । जुन समितिका सदस्यहरूमा कमला पौडेल, बेगम खड्का, रेवती शर्मा, जगत रेग्मी, दिवाकर सुवेदी, रमा शर्मा, हिमाल विक्रम सिंह, टीका थापा, विसनसिंह खड्का, टङ्क जिसी, सन्तोष आचार्य, भोजेन्द्र जिसी, हिरा रोका जिसी, दान बहादुर खड्का, जगत श्रेष्ठ, भिम सुनार, बसन्त जिसी, शान्ता जिसी (पहाडी), रोशन जिसी, समुन्द्र सुवेदी, दुस्यान्त पौडेल, विश्वास पौडेल र दिवस पौडेल लगायत रहनु भएको छ ।

डोटीमा राजमोका चुनावी सभा सम्पन्न
डोटी । राष्ट्रिय जनमोर्चा डोटीले जिल्लाका विभिन्न स्थानमा सभा, जन भेटघाट लगायतका कार्यक्रम सम्पन्न गरी रहेको छ । यसै क्रममा २०७४ कार्तिक २८ गते जोरायल गाउँपालिकाको जन्नकत्तेमा सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं ७ नम्बर प्रदेशका प्रदेश सभाको समानुपातिक उम्मेदवार मनोज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बेणी माधव जोशी, सचिव केशवनाथ योगी, प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार कृष्ण पुन मगरको पनि आतिथ्यता रहेको थियो । राजमो जोरायल गाउँपालिकाको कडा नं. ३ का वडा अध्यक्ष यादव राज अवस्थीको अध्यक्षता, युवक सङ्घका जिल्ला अध्यक्ष प्रशान्त थापाको सञ्चालन र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार उजिर सिंह मगरको सञ्चालन रहेको थियो । त्यस्तै, छटिवनमा पनि चुनावी सभा कार्तिक २९ गते सम्पन्न भएको छ । राजमो नेता खड्क भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रशान्त थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य कृष्ण पुन मगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि मनोज भट्ट रहनु भएको थियो । त्यसै गरी कार्यक्रमका अन्य अतिथिहरूमा अखिल (छैठौँ) का कैलाली जिल्ला सचिव यकेन्द्र कडेल, केशव नाथ योगी, बेणी माधव जोशी लगायत हुनु हुन्थ्यो । 
त्यसै गरी, विपीनगरमा पनि सभा सम्पन्न भएको छ । मङ्सिर १ गते सम्पन्न सभाको अध्यक्षता राजमो स्थानीय नेता खड्क भट्टराईले गर्नु भएको थियो भने सञ्चालन प्रशान्त थापा र स्वागत मन्तव्य अखिल (छैठाँै) का ७ नम्बर प्रदेशका सदस्य यकेन्द्र कँडेलले गर्नु भएको थियो । मनोज भट्टको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमका अन्ये अतिथिहरूमा समानुपातिकतर्फको प्रतिनिधि सभाका उम्मेदवार कृष्ण बहादुर पुन मगर, प्रतिनिधि सभाका उम्मेदवार उजिर बुढा मगर र केशव नाथ योगी रहनु भएको थियो । एवं प्रकारले, प्रदेश सभा सदस्य पदको उम्मेदवार नरेश आलेको अध्यक्षतामा सानागाउँमा पनि सभा सम्पन्न भएको छ । मङ्सिर २ गते सम्पन्न सभाको प्रमुख अतिथि मनोज भट्ट र अन्य अतिथि बेणी माधव जोशी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो नेता हेम विक्रम चन्द र स्वागत प्रशान्त थापाले गर्नु भएको थियो । 
यस्तै, राजमोले बैतडी र दार्चुलाको संयुक्त सभा सम्पन्न गरेको छ । कार्तिक ३० गते गोकुलेश्वरमा सम्पन्न सभामा नेता मनोज भट्टको प्रमुख आतिथ्यता रहेको थियो । दार्चुला जिल्ला अध्यक्ष मनवीर दमाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल (छैठौँ) का केन्द्रीय सल्लाहकार भिष्मराज जोशी, राजमो बैतडी जिल्ला सचिव एवं प्रतिनिधि सभाका उम्मेदवार वीरेन्द्र भण्डारी, राजमो दार्चुलाका जिल्ला सचिव उमेश महरा लगायतका नेताहरूको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशान्त थापाले गर्नु भएको थियो भने स्वागत राजमो बैतडी जिल्ला अध्यक्ष अर्जुन मडैयले गर्नु भएको थियो ।

कञ्चनपुरमा चुनावी अभियान जारी
महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको चुनावी अभियान अन्तर्गत कृष्णपुरको गुलरियामा सभा सम्पन्न भएको छ । 
प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश १ अन्तर्गत कृष्णपुरको गुलरिया बजारमा सम्पन्न सभामा राजमो जिल्ला सदस्य लक्ष्मीदत्त बडुको अध्यक्षता रहेको थियो । राजमो केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार नन्दराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्य अतिथिहरू प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार राम बहादुर कार्की, प्रदेश (क) गोरख रैकाल, (ख) कमल सिंह साहु, जातीय समता समाजका महासचिव गोविन्द विक, रक्तिमका जिल्ला अध्यक्ष धर्मदेव पन्त, अखिल नेपाल युवक सङ्घका जिल्ला सहसचिव ध्वज बहादुर ठकुल्ला लगायतले चुनावी प्रचार प्रसार सभालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन चुनाव प्रचार प्रसार समितिका संयोजक तथा अखिल (छैठौँ) केन्द्रीय सचिव महेश जोशीले गर्नु भएको थियो ।
त्यसै गरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को सुक्लाफाटा नगरपालिका–१ बन्साहामा पनि चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा राम बहादुर कार्की, प्रदेश सभा ख का उम्मेदवारका कमल साहु, प्रचार समिति संयोजकका महेश जोशी, रक्तिमका धर्मदेव पन्तले मन्तव्य राख्नु भएको थियो । सम्पन्न कार्यक्रमको अध्यक्षता वीर बहादुर बोहराले गर्नु भएको थियो ।

कैलालीको विकट पहाडी बस्तीमा राजमोको चुनाव प्रचार टोली
धनगढी । राजमो कैलालीका अध्यक्ष युवा नेता लक्षीराम आचार्य उम्मेदवार रहनु भएको कैलाली–४ मा राजमोले चुनाव प्रचार प्रसारको कार्यलाई उत्साहजनक रूपमा अगाडि बढाई रहेको छ । राजमोको सङ्गठन नै नभएको यस क्ष्ँेत्रको विकट पहाडी बस्तीमा समेत यस पटक राजमोको चुनाव प्रचार प्रसार टोली पुगेर नयाँ नयाँ समिति निर्माण गरेको छ । कैलाली–४ का विकट पहाडी बस्तीहरूमा जन भेटघाट, घरदैलो र सभा जस्ता कार्यक्रमहरू गर्दै राजमोको टोली अगाडि बढी रहेको छ । 
 उम्मेदवार स्वयं लक्षीराम आचार्यको नेतृत्वमा उक्त क्ष्ँेत्रमा राजमोको टोलीले चुनाव प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेको छ । यस क्षेत्रको चुनाव प्रचार प्रसार टोलीमा हुकुम साउद, खगेन्द्र बुढा, उमेश कँडेल, हेमराज भट्ट, धर्मराज शर्मा, भानुभक्त आचार्य, खगेन्द्र धामी, बोम बहादुर धामी, टेक बहादुर धामी, मदन आचार्य, राजेश सापकोटा, इन्द्रजीत बुढा, राजेश आचार्य, वीरभान खवास, रमेश जोशी, दिपक आचार्य, अशोक आचार्य, भुवन आचार्य र हरिलाल कँडेल सहभागी रहनु भएको छ । 
टोलीले २७ कार्तिकमा चुरे गाउँपालिका–४ बालुवागडामा सभा सम्पन्न गरेको थियो । राजमोका स्थानीय नेता तुलाराम पौडेलको सभापतित्व र अखिल (छैठौँ) का ७ नम्बर प्रदेश समितिका सदस्य हेमराज भट्टको सञ्चालनमा अघि बढेको सो सभालाई टोली नेता तथा उम्मेदवार लक्षीराम आचार्यले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । अखिल (छैठौँ) का केन्द्रीय सदस्य उमेश कँडेलको स्वागत मन्तव्य रहेको सो सभालाई राजमो कैलालीका सचिव हुुकुम साउद र निर्वाचन क्ष्ँेत्र नं. ४ को ‘क’ बाट प्रदेश सभाका लागि राजमोका उम्मेदवार खगेन्द्र बुढाले समेत सम्बोधन गर्नु भएको थियो । सभा पश्चात् टोलीले अम्बास, सिस्ने, नागढुङ्गा, मालिका, साँझपानी र उचेपाथ्थर गाउँमा जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

राजमोमा प्रवेश
कैलाली–४ का पहाडी क्षेत्रमा चुनाव प्रचार प्रसारको कार्यक्रम अगाडि बढाई रहेको राजमोको यस टोली २८ कार्तिकमा मोहन्याल गाउँपालिका वडा नम्बर ५ को कटौजे गाउँमा पहिलो पटक पुगेको छ । टोलीले सो स्थानमा चुनावी सभा गरी रहँदा त्यस क्ष्ँेत्रका सात जना अन्य पार्टीमा क्रियाशील स्थानीय कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका थिए । यसरी राजमोमा प्रवेश गर्नेहरूमा हस्त बहादुर थापा, प्रकाश पुन मगर, कमल घर्ती मगर, वीर बहादुर बुढा मगर, राम बहादुर घर्ती, गेगा घर्ती र गणेश बहादुर बुढा रहनु भएको छ । उहाँहरूलाई समेटेर टोलीले त्यहाँ राजमोको टोल समिति गठन गरेको थियो, जसको संयोजक हस्त बहादुर थापा रहनु भएको छ । समिति गठन गर्नु पूर्व टोलीले कटौजेमा चुनावी सभा सम्पन्न गरेको थियो । सभालाई लक्षीराम आचार्य, हुुकुम साउद र खगेन्द्र बुढाले सम्बोधन गर्नु भएको थियो । उमेश कँडेलको सभापतित्वमा अघि बढेको सो सभाको सञ्चालन अखिल (छैठौँ) कैलालीका सहसचिव भानुभक्त आचार्यले गर्नु भएको थियो भने स्वागत मन्तव्य अखिल (छैठौँ) का स्थानीय नेता रमेश सापकोटाले राख्नु भएको थियो । सभा समापन पश्चात् टोली सोही वडाको कटौजे र पाल्सा गाउँमा जन भेटघाट तथा घरदैलो अभियान चलाएको थियो ।
टोल समिति गठन
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–५ को तल्लो घमकोटमा राजमोको टोल समिति गठन गरिएको छ । त्यस क्ष्ँेत्रमा चुनावी कार्यक्रम अगाडि बढाई रहेको राजमोको टोलीले २९ कार्तिकका दिन सो समिति गठन गरेको हो । गठित समितिको संयोजक भिम बहादुर भाट र सदस्यहरूमा नर बहादुर साउद, भिम बहादुर ताडी, कालुराम सार्की र चक्र बहादुर सार्की रहनु भएको छ । समिति गठन गर्नु पूर्व टोलीले तल्लो घमकोटको उक्त स्थानमा चुनावी सभा सम्पन्न गरेको थियो । सभालाई लक्षीराम आचार्य, हुकुम साउद, खगेन्द्र बुढा र सो निर्वाचन क्ष्ँेत्रको प्रदेश सभा स्तरीय चुनाव प्रचार समितिका संयोजक धर्मराज शर्माले सम्बोधन गर्नु भएको थियो । रमेश सापकोटाको सभापतित्व र भानुभक्त आचार्यको सञ्चालनमा अघि बढेको सो सभामा अखिल (छैठौँ) का स्थानीय नेता मदन आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो । सभा पश्चात् टोलीले सोही दिन चुरे गाउँपालिकाको वडा नम्बर २ हिम्जिरे सल्ली र सल्लिखोलामा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो ।
अभियान टोलीले ३० कार्तिकका दिन चुरे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने नौघरे, रापाखाली खैराला र वडा नम्बर ४ अन्तर्गतको पैसेनीमा जन भेटघाट तथा घरदैलो अभियान सम्पन्न गरेको थियो । जन भेटघाट पश्चात् टोलीले पैसेनीमा चुनावी सभा पनि सम्पन्न गरेको थियो । सभालाई लक्षीराम आचार्य, हुकुम साउद र खगेन्द्र बुढाले सम्बोधन गर्नु भएको थियो । भानुभक्त आचार्यको सभापतित्व र हेमराज भट्टको सञ्चालनमा सभको कार्यक्रम अघि बढेको थिया । सभा पश्चात् टोलीले सोही दिन वडा नम्बर ४ अन्तर्गत पर्ने कुर्ले, तल्लो भुजे र माथिल्लो भुजेमा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो । मङ्सिर १ गते टोलीले चुरे गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने गर्भा गाउँमा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो ।

अर्घाखाँचीमा चुनावी अभियानमा तिव्रता
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०७४ मङ्सिर २१ गते हुने निर्वाचनको प्रचार प्रसारलाई तीव्र रूपमा अगाडि बढाई रहेको छ । जिल्लाका नेतृत्वहरूलाई दुई वटा टोलीमा विभाजन गरी चुनावी कार्यक्रम गर्दै हिडेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पहिलो टोलीले मालारानीको बामरुक, खन र खनदहमा चुनावी भेला सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार सागर केसी, नेताहरू कृष्ण केसी, पशुपति ढकाल, कल्पना पोख्रेल, गिरी आचार्य, डिल बहादुर खत्री र वीर बहादुर कँुवरले भेलालाई सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रमको अध्यक्षता मान बहादुर खनालले गर्नु भएको थियो भने रेसम खत्रीको स्वागत मन्तव्य र नेत्र बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको उक्त भेलाले डिल बहादुर खत्री संयोजक रहेको नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै, खिमानन्द मरासिनी संयोजक रहेको पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र मान बहादुर खनाल संयोजक रहेको ८१ सदस्यीय निर्वाचन प्रचार प्रसाार समिति हंशपुर बामरुकमा गठन भएको छ भने खन र खनदहमा सम्पन्न भएको भेलाले हरि नेपालीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति, कृष्ण सुनारको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र झविन्द्र खड्काको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
यता, राष्ट्रिय जनमोर्चाको अर्को टोलीले सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ को संयुक्त अगुवा कार्यकर्ता भेला मसाल बजारमा सम्पन्न भएको छ । कृष्ण खनालको अध्यक्षता, दुर्गा प्रसाद खनालको स्वागत मन्तव्य र जीव नारायण खनालको सञ्चालनमा सम्पन्न सो भेलालाई राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश सदस्य शेर बहादुर बिसी र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार झविलाल थापा, राष्ट्रिय जनमोर्चाका नेताहरू गोपाल पौडेल, प्रदेश सभा समानुपातिक उम्मेदवार सकुन्तला राना, मीना बिसी, समानुपातिक केन्द्रीय उम्मेदवार उषा पुन, गोविन्द बिसी र कमल प्रसाद घिमिरेको आतिथ्यता रहेको थियो । भेलाले जीव नारायण खनालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, कमल प्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र दुर्गा प्रसाद खनालको संयोजकत्वमा एक सय ५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । 
गत कार्तिक २७ गते जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन मार्फत् प्रतिबद्धता पत्र र कार्यक्रम सार्बजनिक गरी औपचारिक रूपमा निर्वाचन प्रचारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अगुवा कार्यकर्ता भेलाको कार्यक्रम सम्पन्न भएको छ । दुई वटा टोलीद्वारा सञ्चालित अभियान अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर १ को टोलीले भुमिकास्थान नगरपालिकाको वार्ड नमबर १ र २ ढाकावाङमा भेला सम्पन्न भएको छ । बुद्धि बहादुर थापाको अध्यक्षता, मेघराज खनालको स्वागत मन्तव्य र नारायण खनालको सञ्चालनमा सो भेला सम्पन्न भएको थियो ।
भेलाले भूमिकास्थान–१ मा खड्क बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, भोजराज खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र बाबुराम खनालको संयोजकत्वमा एक सय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । यस्तै भेलाले भूमिकास्थान–२ मा जनक राज खनालको संयोजकत्वमा एक सय ३१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार सागर केसी, राजमो नेता कृष्ण केसी, पशुपति ढकाल, ५ नम्बर प्रदेश सभा समानुपातिक उम्मेदवार कविराम खनाल, कल्पना पोख्रेल, ठाकुर पन्थी, ढुन्डीराज खनालले पनि मन्तव्य राख्नु भएको थियो ।
यसैबीच, राष्ट्रिय जनमोर्चाको अर्को टोलीले सितगङ्गा–२ सीतापुरमा चुनावी भेला सम्पन्न गरेको छ । भेलाले सीतापुरका गाउँगाउँमा पुगेर राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउन र आफ्ना उम्मेदवारलाई भोट माग्न सम्पूर्ण टिम लाग्ने निर्णय गर्दैै कपिल खनालको संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचालन समिति, मिनराज घिमिरेको संयोजकत्वमा तनि सदस्यीय आर्थिक व्यवस्थापन समिति र कमल बिसी संयोजक रहेको ३१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी, राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार झविलाल थापा, प्रदेश सभा समानुपातिक उम्मेदवार सकुन्तला राना, नेता गोपाल पौडेल, गोविन्द बिसी र कुलराज खनालले मन्तव्य राख्नु भएको थियो । भेला मिनराज घिमिरेको अध्यक्षता, कमला बिसीको स्वागत मन्तव्य र कमल बिसीको सञ्चालनमा सम्पन्न भएको हाम्रा संवाददाता गोपाल प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal