२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
काठमाडौँ । मृगौला पीडित गायककार, सङ्गीतकार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई जापानमा रोजगाररत नेपालीहरूले ७५,६२८ रूपियाँ सहयोग गरेका छन् । जापान नेपाली एकता समाजका सल्लाहकार तथा जिग्री दोहोरी साँझका सञ्चालक राजु केसी र लोक गायक दुर्गेश कार्कीको विशेष सक्रियता तथा जापान नेपाली एकता समाजको पहलकदमीमा जापानका विभिन्न स्थानहरूमा रोजगाररत नेपालीहरूबाट सङ्कलन गरिएको सो सहयोग रकम नोभेम्बर १९, २०१६ अर्थात् २०७४ मङ्सिर ३ गतेका दिन एक समारोहका बीच पीडित गायककार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई काठमाडौँको वनस्थलीमा हस्तान्तरण गरिएको थियो । समारोहमा पीडित पूर्ण गुरुङलाई जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भिम केसीले उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
सो सहयोग हस्तान्तरण समारोहमा रक्तिमका सल्लाहकार तथा प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कार्यालय सचिव प्रकाश थापा मगर, राष्ट्रिय जनमोर्चा काठमाडौँ महानगरकी अध्यक्ष्ँ रितु केसी लगायतका अतिथिहरूको समेत आतिथ्यता रहेको थियो । समारोहमा आफ्नी जीवन सङ्गिनी सहित उपस्थित हुनु भएका गायक तथा सगीत संयोजक पूर्ण गुरुङले सहयोग रकम बुझ्दै आफूलाई यसरी सहयोग गर्नेहरूलाई “भगवान” को सङ्ज्ञा दिनु भयो । “मलाई जो जसले यसरी सहयोग गर्नु भएको छ, उहाँहरूलाई म एउटा भगवानकै रूपमा मान्दछु” पीडित गायक पूर्ण गुरुङले भन्नु भयो– “प्रवासको भूमिमा रहेर पनि मप्रति सहानुभूति प्रकट गर्दै मलाई सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति म हृदयदेखि नै कृतज्ञता र आभार व्यक्त गर्न चाहान्छु ।” समारोहमा बोल्दै जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भिम केसीले कलाकार राष्ट्रका गहना भएकाले उनीहरूको घाउमा थोरै भए पनि आफूहरूले मल्हम लगाउने प्रयास गरेको बताउनु भयो । उहाँले यस प्रकारको सहयोग अभियानलाई जापानमा रहेका नेपालीहरूले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । समारोहको सञ्चालन रक्तिम कलाकार तथा पत्रकार नारायण शर्माले गर्नुभएको थियो ।
गायक तथा सङ्गीत संयोजक पूर्ण गुरुङको दुवै मृगौला फेल भई अस्पतालमा भर्ना भएको खबर पाउनासाथ जापानमा सहयोग अभियान सञ्चालन गरिएको थियो । अभियानमा कमल कार्की–२१०००, राजु केसी–२००००, स्टार गु्रप–१००००, भिम केसी–२०००, दुर्गेश कार्की–२०००, राजु कँडेल–२०००, भिम मगर–२०००, गोपाल कृष्ण सापकोटा–२०००, विपिन सापकोटा–२०००, नेत्र कार्की–२०००, नेत्र रेग्मी–१०००, भगवति शर्मा गौतम–१०००, दिपक केसी–१०००, मेघराज रिष्मेली–१०००, जनक क्षेत्री–१०००, रहमत अली–१०००, भुवन सापकोटा–१०००, मिलन शर्मा–१०००, सुशील सहानी–१०००, यम सापकोटा–१०००, बेल बस्नेत–१०००, टङ्क थापा–१०००, ओम पुन काउचा–१०००, दिलु खत्री–१०००, भक्त सापकोटा–१०००, दिलु क्ष्ँेत्री चालिसे–१०००, डम्मर पुन–१०००, तेजु केसी–१०००, इन्दिरा क्ष्ँेत्री–१००० र हेमलाल गौतमले १००० गरी कुल ८५,००० जापानी यन सहयोग जुटेको थियो । सोही जापानी यन बराबरको नेपाली रूपियाँ ७५,६२८ पीडित गायक तथा सङ्गीतकार पूर्ण गुरुङलाई हस्तान्तरण गरिएको हो ।
गायक तथा सङ्गीत संयोजक पूर्ण गुरुङको जन्म पिता सुर बहादुर गुरुङ र माता देवलक्ष्मी गुरुङको कोखबाट २०२३ माघ १४ गते रूपन्देहीको भैरहवामा भएको हो । बाल्यकालदेखि नै स्कुले जीवनबाट गायन यात्रामा लाग्नु भएका गायककार पूर्ण गुरुङले २०४८ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गर्नु भएका थियो । लोकगीत र आधुनिक गीत र गजलहरू समेत गाउनु भएका पूर्ण गुरुङ सङ्गीत संयोजनमा निकै पोख्त मानिनु हुन्छ । चर्चित गीत “पानसमा बत्ति बालेको” र “छम्म–छम्म नाचिदेऊ” को सङ्गीत संयोजन उहाँले नै गर्नु भएको थियो । गायक पूर्ण गुरुङको “उडाओस् हुरीले–रुझाओस् झरिले” बोलको आधुनिक गीत निकै चर्चित मानिन्छ । नेपाली गीत सङ्गीतको विकासमा समर्पित भएर लाग्नु भएका गायक पूर्ण गुरुङको दुवै मृगौलाले काम गर्न छाडेपछि २०७४ साउनदेखि काठमाडौँको शिक्षण अस्पतालमा डाइलासिस गराई रहनु भएको छ । गत वैशाख महिनादेखि स्वास्थ्यमा समस्या भएपछि अस्पताल गई चेक गराउँदा दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । मृगौला प्रत्यारोपणको पर्खाइमा रहनु भएका गायक पूर्ण गुरुङको आर्थिक अवस्था कमजोर रहेको छ । यही कुरा बुझेरै हुनु पर्छ– जापानमा रोजगाररत रहेका नेपालीहरूले गायक पूर्ण गुरुङको उपचारार्थ जापानमा सहयोग सङ्कलन अभियान चलाएका थिए । जापानमा सङ्कलित सोही सहयोग रकम मङ्सिरका ३ गतेका दिन पीडित गायक पूर्ण गुरुङलाई हस्तान्तरण गरिएको हो ।


फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal