२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
उषा भण्डारीलाई युएईबाट बिदाइ
दुबई । युएई नेपाली एकता समाज अन्तर्गतको नेपाली महिला समाजकी सक्रिय सदस्य उषा भण्डारी युएईबाट विदा भई स्वदेश फर्कनु भएको छ । लामो समय युएईमा रोजगाररत रहँदा नेपाली महिला समाजमा रहेर महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी भण्डारीलाई नेपाली महिला समाज युएईले १७ नोभेम्बर २०१७ अर्थात् २०७४ मङ्सिर १ गतेका दिन बरदुवईको चौतारी रेस्टुरेन्टको सभाहलमा एक बिदाइ समारोहको आयोजना गरी सम्मानका साथ बिदाइ गरेको थियो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीले विदा भई स्वदेश फर्कन लाग्नु भएकी उषा भण्डारी नेपाल गएर पनि जनतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गर्नु भयो । सम्मान ग्रहण पश्चात् समारोहमा बोल्दै उषा भण्डारीले युएईमा रहँदा युएई नेपाली एकता समाज र महिला विभागले पुर्‍याएको सहयोगप्रति आफू आभारी रहेको बताउनु भयो । उहाँले स्वदेश फर्की सकेपछि पनि आफू समाज सेवाको काममा लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । समारोहमा युएई नेपाली एकता समाजका अध्यक्ष्ँ शिवराज जैशी, सचिव विष्णु गैरे, निवर्तमान कोषाध्यक्ष्ँ लेखनाथ अधिकारी, बागलुङ सेवा समाजका कार्यवाहक अध्यक्ष बाबुराम गौतम, बागलुङ सेवा समाज बरदुबई क्ष्ँेत्रीय समितिका अध्यक्ष लाल बहादुर केसी र महिला विभागका सम्पूर्ण सदस्यहरूको समेत आतिथ्यता रहेको थियो ।
युएई नेपाली एकता समाज महिला विभागकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्ष्ँता र सचिव अर्चना सुवेदीको सञ्चालनमा सो बिदाइ समारोह अघि बढेको थियो । बिदाइ समारोहमा मञ्जु ढुङ्गाना, कुश्मा खरेल, माया थापा, रितु शर्मा, निरू शर्मा, रोजी केसी, शेर बहादुर क्ष्ँेत्री, बुनु कुन्तुबल, किशोर पन्थ, सानुमाया कार्की, शिव कुमारी खड्का र मीना घिमिरेले समेत मन्तव्य राख्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal