२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
‘वाम गठबन्धनको जीत सुनिश्चित’
बागलुङ बजार । बागलुङ प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण थापाले जनताको उत्साहका आधारमा वाम गठबन्धन जित सुनिश्चित भएको बताउनु भएको छ । २०७४ मङ्सिर १ गते जैमिनी नगरपालिका वडा नम्बर ३ दमेकमा भएको चुनावी कोण सभा तथा जन भेटघाटका क्रममा थापाले यस्तो दावी गर्नु भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शोभा प्रसाद शर्मा र जैमिनी नगरपालिका उपमेयर लीला रानाले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रम विष्णु पुनको अध्यक्षता तथा वेद बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसै क्रममा राजमो बरेङ गाउँपालिका वडा नम्बर १ को कार्यकर्ता भेला मङ्सिर २ गते धुल्लु बास्कोटमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गाना, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य गङ्गा पौडेल, अखिल (छैठौँ) बागलुङका अध्यक्ष सागर कुँवर र राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सकस बहादुर क्षेत्रीले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा चुनाव प्रचार प्रसारलाई चुस्तदुरुस्त पार्न सकस बहादुर क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय साविकको गाविस स्तरीय चुनाव प्रचार प्रसार कमिटी तथा शान्ता शर्माको संयोजकत्वमा २७ सदस्यीय महिला निर्वाचन चुनाव प्रचार प्रसार कमिटीको समेत गठन गरिएको थियो । कार्यक्रम राजमो बरेङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सकस बहादुर क्षेत्रीको अध्यक्षता र राजमोका सरोज थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस अघि कार्तिक ३० गते बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुँ थन्थापमा चुनावी जन भेटघाट सम्पन्न भएको थियो । भेटघाटमा राजमो उम्मेदवार कृष्ण थापाले सम्बोधन गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal