२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष थपलियालाई प्रलेसको नियमित परिसंवाद कार्यक्रममा सहभागी भएर निस्कँदै गर्दा प्रलेसको केन्द्रीय कार्यालय परिसर अगाडिबाटै सादा पोशाकमा आएका प्रहरीहरूले १ मंसिरका दिन गिरफ्तार गरेका थिए । प्रगतिशील साहित्यकार थपलियालाई यतिबेला सार्वजनिक अपराधको मुद्दा लगाएर महानगरीय प्रहरी प्रभाग टेकुमा थुनिएको बुझिएको छ । थपलियाको रिहाइका लागि प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिले पहलकदमी अगाडि बढाइरहेकै बेला रक्तिमले पनि एक विज्ञप्ति जारी गर्दै तुरुन्त रिहाईको माग गरेको छ ।
रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगीले २०७४ मंसिर ५ मा एक विज्ञप्ति जारी गर्दै प्रगतिशील साहित्यकार थपलियाको गिरफ्तारीलाई “अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप बताउनुभएको छ । महासचिव योगीद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष खेम थपलियाको गिरफ्तारिप्रति रक्तिम सांस्कृतिक अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । विना कुनै कारण एउटा कलमजीवि स्रष्टालाई गिरफ्तार गर्नुलाई हामीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेपका रूपमा लिएका छौँ । नेपाली नाट्य विद्याका अध्येता सर्जक, संस्कृतिकर्मी एवं पत्रकार समेत रहनु भएका थपलियाले लेखन र पत्रकारिताको माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । एउटा श्रममजीवी स्रष्टालाई त्यसरी विना कारण पक्राउ गरिनु निन्दनीय छ । रक्तिम सांस्कृतिक अभियान–प्रगतिशील स्रष्टा खेम थपलियालाई विना सर्त तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछ ।”
पत्रकार डुम्रेको रिहाईको माग
यसैबीच प्रगतिशील पत्रकार सङ्घ नेपाल रूपन्देही जिल्ला समितिले २०७४ मंसिर ५ गते नै एक विज्ञप्ति जारी गर्दै पत्रकार प्रकाश डुम्रेलाई विना सर्त रिहाई गर्न माग गरेको छ । सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष श्यामलाल पोख्रेलद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“नेपाल पत्रकार महासङ्घ रूपन्देहीका सदस्य, क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा गर्जन साप्ताहिकका सम्पादक प्रकाश डुम्रेलाई २०७४ मंसिर ५ गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ ।
आस्थाको भरमा पत्रकार डुम्रेलाई गिरफ्तार गरेको विषयप्रति प्रगतिशील पत्रकार सङ्घ, रूपन्देहीको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।
एमाले, माओवादी गठबन्धनले ५ मंसिरका दिन बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी रहेका पत्रकार डुम्रेलाई पिछा गरी सादा पोशाकका प्रहरीले विना पुर्जी गिरफ्तार गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । पत्रकार डुम्रेलाई तत्काल विना सर्त रिहाई गरी अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न प्रगतिशील पत्रकार सङ्घ रूपन्देही सरकारसँग आग्रह गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal