२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
रहेनन् जनगायक खुशीराम पाख्रिन
चितवन । जनगायक खुशीराम पाख्रिन हामीबीच रहेनन् । वाम गठबन्धनको चुनावी सभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउन गएका पाख्रिनको चितवनमा २०७४ मङ्सिर ५ गते निधन भएो हो ।
जनगायक पाख्रिनले ‘उठ जाग युवा’ बोलको गीत गाएर युवाहरूलाई उत्साहित बनाएका थिए । त्यसपछि उनी मञ्चमा बसे । त्यसको केही बेरपछि उनले अप्ठ्यारो भयो भन्दै असहजिलो माने । त्यसको लगत्तै ढले । लगत्तै उनलाई माओवादीका स्थानीय कार्यकर्ताहरूले अस्पताल पुर्‍याएका थिए । अस्पताल जाँदा जाँदै पाख्रिने बाटोमा वान्ता गरेका पाख्रिनको शरीर चिसो भई सकेको थियो । उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको पाख्रिनलाई त्यहाँका डाक्टरहरूले ढिला भई सकेको बताएका थिए ।
डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुशीराम पाख्रिनको मृत्यु हृदयघातले मृत्यु भएको हो । पहिला अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे ।पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो । भरतपुर–९ को हाकिमचोकमा वाम गठबन्धनको चुनावी सभा थियो । त्यहीँ सहभागी हुन आएका थिए उनी । तर त्यही नै उनको अन्तिम कार्यक्रम बन्यो । 
पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । पहिलो संविधान सभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् । उनका कान्छा छोरा जनयुद्धका सहीद हुन् । 
पाख्रिनले गत ३५ वर्षदेखि जनवादी गीत लेख्दै आएका थिए । सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले पाँचँ सयभन्दा बढी गीत लेखेका थिए । ‘सगरमाथाको काखमा नेपाल देश छ’ गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कैयौँ गीत लेखेका थिए । त्यसैको सम्मानस्वरूप माओवादीले उनलाई सभासद बनाएको थियो । ‘के पायो नि कुल्ली दाइले’ गीत २०३८ सालमा लेखिएको उनको चर्चितमध्येको एक हो । ‘कालो बनको बीचैमा खेतालाको गाउँ’, ‘लाल झुपडीका मान्छेहरू’, ‘न्यायपूर्ण युद्धको लहरले’, ‘रक्तक्रान्तिको बेला हो यो’, ‘लडदै छाँै मुक्ति युद्ध’ जस्ता उनका गीतहरू चर्चित मानिन्छन् ।
२००९ सालमा गोर्खाको खरिवोट सिस्नेमा जन्मेका पाख्रिन इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका थिए ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal