२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । जनगायक शर्मा स्वास्थ्यमा समस्या आएपछि २०७४ मङ्सिर १देखि पोखराको फेवा सिटी अस्पतालमा उपचारत हुनु हुन्छ । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पोखराबाट राजमो कास्कीका सचिव आकास गौतमले बताउनु भयो । 
“जनगायक शर्मालाई निमोनिया भएको रहेछ । छाती र युरिनमा समेत इन्फेक्सन देखिएको छ । समयमा अस्पताल नल्याएको भए स्थिति खतरापूर्ण हुन सक्थ्यो” डाक्टरको भनाइ उद्धृत गर्दै पोखराबाट आकास गौतमले बताउनु भयो–“अहिले सुपरसिटी र सिप्प्रने औषधि पदइएको छ । अस्पतालको फलोअपमा रहँदै नियमित औषधि सेवन गरी दुई हप्ता बेड रेस्ट गरेपछि उहाँ आफ्नो नियमित काममा फर्कन सक्नु हुन्छ ।”
चिसो, धुवाँ र धुलोमा लगातार १५÷२० दिन रात्री बसमा यात्रा, दिनभर चुनावी सभाका कार्यक्रममा व्यस्त रहँदै आउनु भएको शर्माको स्वास्थ्यमा समस्या देखिएपछि बागलुङ गल्कोटबाट पोखरा ल्याई मङ्सिर १ गते फेवासिटी अस्पतालमा चेकजाँच गराइएको थियो । शर्माले बिरामी रहेकै अवस्थामा राजमो अध्यक्ष चित्र बहादुर केसी, एमाले अध्यक्ष केपी ओली, माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु ३० कार्तिकमा बागलुङको गल्कोटमा आयोजित विशाल सभामा साङ्गीतिक प्रस्तुति दिनु भएको थियो । त्यस अघि २८ कार्तिकमा दाङको लमहीमा, २५ गते नवलपरासीकै गैँडाकोटमा र २४ कार्तिकमा बागलुङको बुर्तिवाङमा उहाँ चुनावी कार्यक्रममा सहभागी हुनु भएको थियो । “कपिलवस्तुको कार्यक्रमपछि नै स्वास्थ्यमा समस्या महशुस भएको थियो, तर मैले वास्ता गरिनँ । ३० कार्तिकमा बागलुङको गल्कोटमा कार्यक्रम गर्दै गर्दा साह«ै अप्ठ्यारो महसुस भयो” जनगायक शर्माले हाँकलाई बताउनु भयो– “अहिले मेरो उपचारमा संलग्न फेवासिटी अस्पताल पोखराका डाक्टर र नर्स नियमित हेरचाह र सहयोग गर्नु हुने आकास गौतम लगायत पार्टी पङ्क्तिका साथी, देश–विदेशबाट स्वास्थ्य लाभको कामना गर्नु हुने साथीभाइ, आफन्त जन र सुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal