२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले आफूलाई दुखित तुल्याएको बताउँदै निधन भएका प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । राजमोले प्रकाशका पिता प्रचण्ड र उनको परिवार जनप्रति राजमोले हार्दिक समवेदना पनि व्यक्त गरेको छ । 
राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७४ मङ्सिर ४ गते जारी गर्नु भएको शोक वक्तव्यमा सो कुरा जनाइएको छ । वक्तव्यमा अध्यक्ष केसीले उदयपुरबाट राजमोका समानुपातिक उम्मेदवार रहनु भएका पूर्ण बहादुर सिंजाली मगरका २९ वर्षीय छोरा सुमन सिंजालीप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सुमन सिंजालीको निर्वाचन प्रचार प्रसारबाट घर फर्किदै गर्दा ३ मङ्सिरको साँझ मोटरसाइकिल दुर्घटनामा परी निधन भएको थियो ।
अध्यक्ष केसीद्वारा जारी उक्त शोक वक्तव्यमा अगाडि भनिएको छ– “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको हिजो २०७४ मङ्सिर ३ गते हृदयघात भई असामयिक निधन भएको छ । उनको निधनले हामीलाई दुःखी तुल्याएको छ । प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । पुष्प कमल दाहाल ‘प्रचण्ड’, उनका परिवार जन र शोकाकुल सबैप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
हिजै उदयपुर निवासी तथा राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार पूर्ण बहादुर सिंजाली मगरका २९ वर्षीय छोरा सुमन सिंजाली मगरको २०७४ मङ्सिर ३ गते निर्वाचनको प्रचार गरी घर फर्कदै गर्दा गाईघाट नजिकै साँझमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । उनको निधनले हामीलाई दुुःखी तुल्याएको छ । सुमन सिंजाली मगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । पूर्ण बहादुर सिंजाली मगर, उहाँका परिवार जन र उक्त निधनबाट शोकाकुल सबैप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal