२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिदै जाँदा दोस्रो चरण अन्तर्गत मङ्सिर २१ मा निर्वाचन हुने प्युठान जिल्लामा संयुक्त वाम गठबन्धनले चुनावी प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । प्युठानबाट प्रतिनिधि सभाका लागि राजमोकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल वाम गठबन्धनको साझा उम्मेदवार रहनु भएको छ । प्रदेश सभाका लागि क्ष्ँेत्र ‘क’ बाट एमालेका हरि प्रसाद रिजाल र ‘ख’ बाट माओवादी केन्द्रबाट कृष्णध्वज खड्का साझा वाम उम्मेदवार रहनु भएको छ । गत स्थानीय निर्वाचनमा यी तीन वाम पार्टीले जिल्लामा प्राप्त गरेको मत हेर्दा नेपाली काङ्गे्रसभन्दा वाम गठबन्धन ४२ हजार मतले अगाडि देखिन्छ । प्युठानमा वाम गठबन्धनले त्यो मतान्तरलाई अझ बढाउने हिसाबले चुनावी प्रचार प्रसारको कार्यलाई अगाडि बढाई रहेको छ ।
प्युठानमा संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक बहुमतले विजय बनाउन राजमोका केन्द्रीय नेताहरू विशेष जिम्माका साथ जिल्लाका विभिन्न क्ष्ँेत्रमा खटिनु भएको छ । अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरव राज रेग्मी, उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, राजमोका केन्द्रीय सदस्य बासुदेव पोख्रेल, राजमोका नेता आनन्द शर्मा, अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोख्रेल र रक्तिमका केन्द्रीय सचिव दल बहादुर विक लगायतका नेताहरू प्युठान पुगेर विभिन्न क्ष्ँेत्रमा लागी रहनु भएको छ । जिल्ला समन्वय समिति प्युठानका संयोजक केशव आचार्य, राजमो ५ नम्बर प्रदेशका संयोजक बोम बहादुर खत्री, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खड्का, केन्द्रीय सदस्य गोपाल नेपाली लगायत राजमो प्युठानको जिल्ला नेतृत्व यति बेला चुनावी अभियानका कार्यक्रमहरूमा निकै व्यस्त छ । संयुक्त वाम गठबन्धनको चुनावी कार्यक्रम प्युठानमा निकै प्रभावकारी किसिमबाट अगाडि बढी रहेको छ ।
राजमो प्युठानले गठन गरेको निर्वाचन प्रचार प्रसार समितिका सदस्य सुवास जिसीले दिनु भएको जानकारी अनुसार मङ्सिर १ गतेदेखि प्युठानमा संयुक्त वाम गठबन्धनले स्थानीय स्तरमा चुनावी सभाका कार्यक्रमहरू अघि बढाई रहेको छ । १ मङ्सिरमा अर्घा, रजवारा, २ गते पूजा र लिवाङमा, ३ गते बाङ्गेसाल ४ गते, मरन्ठाना, जसपुर र बडडाँडामा र ५ गते तिराम र मर्कावाङमा चुनावी सभाहरू सम्पन्न भएका छन् । ती सभाहरूलाई प्रतिनिधि सभाका लागि साझा वाम उम्मेदवार दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा राजमोकी समानुपातिक उम्मेदवार तारा जिसी, राजमोका केन्द्रीय सदस्य गोपाल नेपाली लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो । ती चुनावी सभाहरूमा केन्द्रीय सचिव दल बहादुर विकको नेतृत्वमा उषा तरामु, जनक श्रीस र पिमलाल पुन लगायतका कलाकारहरू सहभागी रहनु भएको रक्तिमको टोलीले बेजोड सांस्कृतिक प्रस्तुतिहरू दिएको थियो । स्थानीय चुनावी सभाको यो सिलसिला निर्वाचनको मौन अवधि सुरु नहुञ्जेल जारी रहने बताइएको छ ।
“संयुक्त वाम गठबन्धनले प्युठानमा चुनावी प्रचार प्रसारको कार्यक्रम अगाडि बढाई रहदा स्थानीय जनता पनि व्यापक रूपमा उत्साहपूर्वक सहभागी भई रहेका छन् । गत स्थानीय निर्वाचनमा प्युठानमा वामपन्थीहरूले प्राप्त गरेको मतको आँकडा हेर्ने हो भने संयुक्त वाम गठबन्धन नेपाली काङ्ग्रेसभन्दा झण्डै ४२ हजार मतले अगाडि देखिन्छ” प्युठानबाट सुवास जिसी भन्नु हुन्छ– “त्यो मतान्तरलाई अझ फराकिलो पार्ने किसिमबाट प्युठानमा संयुक्त वाम गठबन्धनको चुनावी कार्यक्रम अगाडि बढी रहेको छ । प्युठानमा वाम गठबन्धनका उम्मेदवारहरूले नेकाका उम्मेदवारहरूलाई दुई–तिहाइको मतान्तरले जित्ने निश्चित प्रायः देखिन्छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal