२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
बागलुङमा वाम गठबन्धनको जीत सुनिश्चित
काठमाडौँ । बागलुङ जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित देखिएको छ । बागलुङमा राजमो एमाले र माओवादी–केन्द्रका बीचमा संयुक्त चुनावी तालमेल भएपछि निर्वाचन प्रचार प्रसारको कार्यक्रम पनि संयुक्त रूपमा अगाडि बढाइएको छ । राजमो अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसी समेत यति बेला संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूको प्रचार प्रसार गर्दै बागलुङका गाउँगाउँमा जन भेटघाटमा व्यस्त रहनु भएको छ । संयुक्त वाम गठबन्धनको चुनावी प्रचार प्रसारको कार्यक्रम अगाडि बढ्दै जाँदा बागलुङमा स्थानीय जनता उत्साहित भई रहेका छन् भने नेपाली काङ्ग्रेसका नेता÷कार्यकर्ताहरूमा व्यापक नैराश्यता आएको देखिएको छ । वाम गठबन्धनप्रति जनलहर उर्लिएपछि बागलुङका विभिन्न गाउँहरूबाट नेपाली काङ्ग्रेसका स्थानीय नेता÷कार्यकर्ताहरूले नेपाली काङ्ग्रेस त्यागी वाम गठबन्धनमा सामेल हुन थालेका छन् । चुनावी प्रचार प्रसारको अहिलेसम्मको अवस्थाले बागलुङमा वाम गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित जस्तै देखाएको छ ।
संयुक्त वाम गठबन्धन बागलुङद्वारा ३० कार्तिकमा बागलुङको गल्कोटमा आयोजित विशाल सभालाई राजमो अध्यक्ष्ँ चित्र बहादुर केसी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु भएको थियो । उक्त विशाल सभालाई सम्बोधन गरे पश्चात् राजमो अध्यक्ष केसी बागलुङको गल्कोट एरियामा जन भेटघाटमा व्यस्त रहनु भएको छ । अध्यक्ष्ँ केसीका साथमा रहनु भएका जापान नेपाली एकता समाज प्रथम राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य विष्णु केसीले दिनु भएको जानकारी अनुसार अध्यक्ष केसी मङ्सिर १देखि ३ गतेसम्म गल्कोटको गल्याङ क्ष्ँेत्रमा, ४ गते दुधिलाभाटी र नरेठाँटीमा र ५ गते आँखेत र हरिचौरमा वाम गठबन्धनका उम्मेदवारहरूको पक्षमा मत माग्दै घरदैलो तथा जन भेटघाट कार्यक्रममा व्यस्त रहनु भएको थियो । बागलुङमा पहिलो चरण अन्तर्गत मङ्सिर १० गते निर्वाचन हुँदै छ । अध्यक्ष केसी निर्वाचनको अवधिसम्म नै बागलुङ जिल्लामै रहनु हुने बताइएको छ । 
यस्तै नेकपा (मसाल) का प्रवक्ता विमल शर्मा बागलुङको निर्वाचन क्ष्ँेत्र नम्बर २ मा खटिनु भएको छ । प्रवक्ता शर्मा र राजमो बागलुङका नेता गौरीश्वर पाण्डे लगायतका नेता÷कार्यकर्ताहरू बागलुङको सो क्ष्ँेत्रमा निर्वाचन प्रचार प्रसारको कार्यक्रममा व्यस्त रहनु भएको छ । जिल्ला समन्वय समिति बागलुङका संयोजक तथा राजमोका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गङ्गा पौडेल, पूर्व सांसद एवं अनेमसङ्घकी अध्यक्ष्ँ मिना पुन, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेल र राजमो केन्द्रीय कार्यालयका व्यवस्थापक लगायतका नेताहरू बागलुङको बरेङ एरियामा खटिनु भएको छ । जिल्लाबाट प्रतिनिधि सभा तथा ४ नम्बर प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार रहेका राजमोका नेता कार्यकर्ताहरू जिल्लाका प्रायः सबै क्ष्ँेत्रमा व्यापक रूपमा चुनावी कार्यक्रमहरूमा सरिक भैरहनुभएको छ । सबै क्ष्ँेत्रमा संयुक्त वाम गठबन्धनको टोली बनाएर बागलुङमा चुनाव प्रचार प्रसारको कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढाइएको छ ।
बागलुङ निर्वाचन क्ष्ँेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एमालेका सूर्य पाठक र २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल प्रतिनिधि सभाका लागि वाम गठबन्धनको साझा उम्मेदवार रहनु भएको छ । प्रदेश सभाका लागि निर्वाचन क्ष्ँेत्र नम्बर १ को ‘क’ बाट एमालेका इन्द्रलाल सापकोटा, १ कै ‘ख’ बाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, निर्वाचन क्ष्ँेत्र २ को क बाट माओवादी केन्द्रका चन्द्र बहादुर बुढा सागर र २ को ‘ख’ बाट राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्ती मगर वाम गठबन्धनका साझा उम्मेदवार रहनु भएको छ । संयुक्त वाम गठबन्धनका छ वटै उम्मेदवारहरूको बागलुङमा जीत सुनिश्चित देखिएको छ । “बागलुङमा वाम गठबन्धनका उम्मेदवारहरूको विजयलाई अब कसैले पनि रोक्न सक्ने अवस्था छैन” राजमो बागलुङले गठन गरेको चुनाव प्रचार प्रसार समितिका संयोजक सागर कुँवर भन्नु हुन्छ– “हाम्रो चुनावी कार्यक्रम अगाडि बढ्दै जाँदा जनतामा उत्साह देखिएको छ भने नेपाली काङ्ग्रेसका नेता÷कार्यकर्ताहरूमा व्यापक नैराश्यता देखिएको छ । काङ्ग्रेसी जनहरूको हाउभाउ हेर्दा उनीहरूले अहिले नै पराजय स्वीकारेको जस्तो देखिन्छ । राङखानी, छिस्ती लगायतका कतिपय क्ष्ँेत्रबाट त काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताहरू काङ्ग्रेस त्यागी वाम गठबन्धनमा नै सामेल भएका छन् । बागलुङमा वाम गठबन्धनको जीत अब सुनिश्चित भई सकेको छ ।” बागलुङमा संयुक्त वाम गठबन्धनले २४ कार्तिकसम्म प्रत्येक वडासम्म पुगेर चुनावी सभाको कार्यक्रम गरेको थियो भने ३० कार्तिकमा गल्कोटमा विशाल चुनावी सभा भएको थियो । “हामीले २४ कार्तिकसम्म स्थानीय निकायका प्रत्येक वडाहरूमा पुगेर चुनावी सभाहरू गर्‍यो” बागलुङबाट सागर कुँवरले बताउनु भयो– “२५ कार्तिकदेखि उम्मेदवारहरू सहित संयुक्त वाम गठबन्धनको चुनाव प्रचार प्रसार टोलीले मतदाता भेटघाट र घरदैलो अभियान चलाई रहेको छ । हाम्रो यो अभियान निर्वाचनको मौन अवधि सुरु नहुञ्जेलसम्म निरन्तर चली रहने छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal