२०७४ माघ ३ गते, बुधबार   वर्ष ३५, अङ्क ६
मिति(२०७४ माघ ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले चीनमा चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति कम्युनिस्ट पार्टीभित्रको आन्तरिक समस्या समाधानको दिशामा उठाइएको महत्वपूर्ण कदम बताउनु भएको छ । “यद्यपि त्यो क्रान्ति असफल भयो, तर त्यो कारणले सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व कम हुन्न” महामन्त्री सिंहले भन्नु भयो ।
अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) को आयोजनामा राजधानीमा डिसेम्बर २६, २०१७ (तदनुसार २०७४ पुस ११ गते) का दिन सम्पन्न एक सय पच्चिसौँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै महामन्त्री सिंहले भन्नु भयो– “कम्युनिस्ट पार्टीमा निम्न पूँजीवादी प्रवृत्तिले विभिन्न रूपमा विकास गर्दछ । कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरेपछि बारम्बार सर्वहारा सांस्कृतिक क्रान्ति गर्नु पर्ने आवश्यकताका पछाडि पार्टीभित्रको निम्न पूँजीवादी चिन्तनले काम गरेको छ ।” रूसको बोल्सेभिक कम्युनिस्ट पार्टीले त्यहाँको निम्न पूँजीवादी चिन्तनका विरुद्ध गौरवशाली सङ्घर्ष गरेको बताउँदै उहाँले चीनमा त्यहाँको कम्युनिस्ट पार्टीले कैयौँ गुना बढी निम्न पूँजीवादी चिन्तनका विरुद्ध सङ्घर्ष गर्नु परेको स्मरण गराउनु भयो । “निम्न पूँजीवादी चरित्रका विरुद्धको सङ्घर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट पार्टीले झनै कठोर र सम्झौताहीन प्रकारले अगाडि बढ्ने छ” महामन्त्री सिंहले प्रष्ट्याउनु भयो । “नेपालका कम्युनिस्ट पार्टी त झन् निम्न पूँजीवादी तत्वहरूबाटै बनेको छ” उहाँले अगाडि भन्नु भयो– “नेपालमा सर्वहारा अत्यन्त कम छन् । यहाँका मजदुरहरू मूलतः सर्वहारा होइनन्, तिनीहरू अर्ध मजदुर हुन् ।” उहाँले अहिले वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरू मजदुर नभएको, तर खालि अर्ध मजदुर मात्र रहेको दावी गर्नु भयो । “विदेशमा मिहिनेत गर्ने मजदुरहरू जमिनसित जोडिएका छन् र त्यस कारण उनीहरू अर्ध मजदुर नै हुन्” महामन्त्री सिंहले थप स्पष्ट पार्नु भयो ।
माओत्सेतुङको नेतृत्वमा चीन जस्तो अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुकमा क्रान्ति भएको बताउँदै महामन्त्री सिंहले माओत्सेतुङले सत्ता कब्जापछि पनि अन्तरपार्टी सङ्घर्ष कठोर रूपमा सञ्चालन भएको बताउनु भयो । “पिछडिएको मुलुकमा कम्युनिस्ट क्रान्ति कसरी गर्ने ? त्यस क्रममा नयाँ जनवादी क्रान्ति र सैन्य विज्ञानमा माक्र्सवादको सृजनात्मक विकास मात्र होइन, आधुनिक संशोधनवाद विरुद्धको सङ्घर्ष र समाजवादको निर्माण र रक्षाका लागि महान् सर्वहारा सांस्कृतिक क्रान्तिका लागि माओत्सेतुङको भूमिका धेरै नै महत्वपूर्ण छ” महामन्त्री सिंहले निष्कर्ष सुनाउनु भयो– “त्यस कारण माओ विचारधारा बिना क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन ।”
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मन्तव्य राख्दै चिनियाँ कम्युनिस्ट पार्टीको सर्वहारा क्रान्तिको बाटो नेपालका लागि पनि अनुसरणयोग्य भएको बताउनु भयो । “चीनको प्राकृतिक सम्पदामाथि जापानले कब्जा गरी रहेको थियो । च्याङकाई सेकसित माओले जापानको विरुद्धमा संयुक्त मोर्चाको प्रस्ताव गर्नु भयो । तर च्याङकाई सेक उल्टै कम्युनिस्ट पार्टीमाथि खनियो” उहाँले चिनियाँ इतिहासको जानकारी गराउनु भयो । अध्यक्ष केसीले चीनको जस्तै नेपालको अवस्था पनि जटिल र गम्भीर भएको बताउनु भयो । अहिले चीनमा समाजवादी व्यवस्था नभए पनि चीनको प्रगतिले अमेरिकालाई पनि आच्छुआच्छु परेको बताउँदै राजमो नेता केसीले चीनको यस्तो प्रगतिका पछाडि माओको नेतृत्वमा चीनमा सम्पन्न भएका आर्थिक गतिविधिले पनि काम गरेको दावी गर्नु भयो ।
नेपालको वर्तमान राजनीतिक परिस्थितिका बारेमा सङ्क्षिप्तमा चर्चा गर्दै उहाँले एमाले र माओवादी गठबन्धन कम्युनिस्ट तालमेल नभएको दावी गर्नु भयो । एमालेको प्रसङ्ग लिदै राजमो अध्यक्ष केसीले भन्नु भयो– “प्रजा परिषद समेत मिसिएर बनेको पार्टीले पनि समाजवाद ल्याउँछ ?” उहाँले व्यङ्ग्य गर्नु भयो– “यस्तो पार्टीले समाजवाद ल्याउँछ भनेर काङ्ग्रेस थर्थरी हुने ¤” चुनावपछि पार्टी एकता गर्ने भनिए पनि अहिलेसम्म उनीहरूको बीचमा एकता हुन नसकेको सन्दर्भमा उहाँले भन्नु भयो– “राजनीतिलाई पेसा मान्ने भएकाले नै एमाले–माओवादीबीचको एकतामा खिचपिच परेको हो ।”
“माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा विश्वभरिका लागि नै वैज्ञानिक विचारधारा हो” अध्यक्ष केसीले भन्नु भयो– “हामी मरे पनि वा यहाँ उपस्थित हामी सबैले कम्युनिस्ट पार्टी छोडे पनि माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा समाप्त हुन्न ।” उहाँले चुनावमा अपेक्षित विजय प्राप्त नभएकाले साथीहरूमा निराशा आएको बताउँदै यो स्थितिलाई अस्थायी मात्र भएको दावी पनि गर्नु भयो ।
अन्टुकका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता तथा का.वा. महासचिव लोकराज भुसालको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो । अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष अपत्य शर्मा, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष रेशम कँडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंह, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य साधुराम नेपाल र रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य गीता थापाले पनि कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा हाँक साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार गोविन्द सिंह थापा र अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव राम प्रकाश पुरीको पनि आतिथ्यता रहेको थियो । 
यसैबीच, माओको स्मृतिमा बुटवलमा पनि एक कार्यक्रमको आयोजना गरी जन्म दिवस मनाइएको थियो । उक्त कार्यक्रममा बोल्ने कम्युनिस्ट शुभचिन्तकहरूले माओको विचार र उनले प्रतिपादन गरेका सिद्वान्तहरू समय सान्दर्भिक रहेको बताएका थिए । कार्यक्रममा माओको योगदानबारे माक्र्सवादी विचार मञ्च नेपालका अध्यक्ष युवराज पन्थी र डा. सुरेन्द्र गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सन्त बहादुर नेपाली, माओवादी केन्द्रका हकिकुल्ला खाँ, राम प्रसाद वञ्जाडे, नेपाल कम्युनिस्ट पार्टीका शरद ओली, पुरुषोत्तम कँडेल, तुलसीराम शर्मा, मुकुन्द पोखरेल, झपेन्द्र जिसी, खुम वस्नेत, विन बहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियो । पुरन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal